पढाइ जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तकबिनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महŒव रहँदैन । पुस्तकबिनाको जीवनले ढुंगेयुग स्मरण गराउँछ । समाजमा आज जे जति विकास परिवर्तन भएका छन्, यसमा पुस्तकको ठूलो देन छ । पुस्तक विद्यार्थीदेखि अनुसन्धानकर्तालगायत इच्छुक अध्येतालाई आवश्यक ज्ञान सागर हो । जुन नपढी आफ्नो उद्देश्य पूरा गर्न असम्भव भएकाले पुस्तकालय प्रयोग गरी पर्याप्त मात्रामा लाभ लिई पूर्ण ज्ञान हासिल गर्न सकिन्छ । आफ्नो कक्षा वा तहको निर्दिष्ट पाठ्यपुस्तकबाहेक सहायक र सन्दर्भ सामग्रीका रूपमा अन्य पुस्तक अध्ययनमा रुची नहुँदा शिक्षा प्रमाणपत्र धारण गर्नेमा सीमितले गुणस्तरीय शिक्षाका लागि पुस्तक अध्ययन संस्कृतिमा कमी आएको छ । र, असल पाठक खोज्नुपर्ने दिन आउन बेर छैन ।
साधारणतया विभिन्न विधाका विद्धान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावना लिपिबद्ध गरिएको पृष्ठको संगठित स्वरूप वा ठेलीलाई पुस्तक भनिन्छ । पुस्तकलाई संस्कृत भाषामा ‘ग्रन्थ’ भनिन्छ भने जर्मन भाषाको द्यइप् बाट पुरानो अंग्रेजी द्यइऋ हुँदै द्यइइप् र अरबी भाषाबाट ‘किताब’मा आउँदा नेपाली बोलिचालीमा कितापसम्म भएको पाइन्छ । नेपाली बृहत् शब्दकोशमा ‘पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको ग्रन्थ’ भनिएको छ । मानिस गतिशील सामाजिक उत्तरदायिŒव बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशल संरक्षण संवर्धन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधन उपयोग गरिन्छ ।
प्राचीनकालदेखि नै जनचेतना विकासपछि मानिसले आफ्नो धर्म, दर्शन, कला र संस्कृति लेख्ने कला तथा सीप विकास गर्दै चीरकालसम्मका लागि सुरक्षित र संवर्धन गर्न नरम माटो, काठका टुक्रा आदिमा लेख्ने कोर्ने गर्न थाले । सुमेरियनले सर्वप्रथम ईपू ३१०० देखि २३५७ सम्ममा आफ्नो इतिहास, धर्म, संस्कृति, दर्शन तथा चौपायाका चित्र नरम माटोमा लेख्दै सुकाएर ग्रीक रोमन, चीन र भारतीयले भोजपत्र, ताडपत्र, कछुवाको सेल, बाँसको बोक्रामा कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर पाटीपौवा, चैत्य गुम्बामा ज्ञान सामग्रीका रूपमा संरक्षण गर्दै जाँदा पुस्तक र पुस्तकालय विकास भएको हो । पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभव अझ परिस्कृत बनाउन पुस्तकजन्य पाठ्यसामग्री गहण अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । सन् १४४० मा जोहान गुटेनवर्गले छाप्ने मेसिनका रूपमा प्रिन्टिङ प्रेस आविष्कार गरेपछि पुस्तकले आधुनिक स्वरूप ग्रहण गरेको हो ।
नेपालमा पुस्तकालय र विकासक्रम
भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लका मितछोरा पृथ्वीनारायण शाहले भक्तपुरमा रहँदा उनले भक्तपुरको रहनसहन, कला संस्कृति, सैनिक प्रशासन तथा वैदिक र शस्त्र अस्त्रसम्बन्धी तान्त्रिक ज्ञान हासिल गरेको तथ्य इतिहासमा अध्ययन गर्नुपर्छ । जसअनुसार हालको ‘साकोथा’ भन्ने ठाउँको नामकरणमा त्यहाँ मल्लकालमा विविध तान्त्रिक, वैदिक र सैनिक प्रशासनसम्बन्धी हातेपुस्तक संग्रह संकलन गरिन्थ्यो भन्ने प्रमाणका रूपमा पुरानो घर साफुकोठाको भग्नावशेष अहिलेसम्म यथावत् छ ।
साझा संस्कृति र सम्पदासम्मको खुला पहुँचमा आममानिस स्वतन्त्र हुँदा विभिन्न समुदायबीच मित्रता, अन्य समुदायलाई भाषा सिकाइमा सहजता तथा युवाका लागि सार्वजनिक स्थान शान्त रूपमा निःशुल्क उपलब्ध गराउने पुस्तकालयको सामाजिक सिद्धान्त प्रयोगविहीन अवस्थामा छ
नेपालमा औपचारिक रूपमा १५ भदौ १८६९ मा पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरिन्छ । त्यसबेला राजा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तकालय अधिनियम’मा लालमोहरसहित पारित गराई पण्डित केदारनाथ झालाई नै पुस्तक रेखदेख र संरक्षणका लागि नेपालको ‘पहिलो लाइबेरियन’का रूपमा माने पनि पुस्तकालय व्यवस्थापनमा अध्ययन तालिम नलिएकाले भारत दिल्ली विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमा स्तानक पूर्णप्रसाद अमात्यलाई तत्कालीन शिक्षामन्त्री शारदा शमशेरले २००९ सालमा त्रिचन्द्र कलेजको ‘लाइबेरियन पद’मा नियुक्ति दिइ नेपालमा ‘लाइबेरियनसिप’ थालनी गरियो ।
१९०८ सालमा जंगबहादुर राणाले बेलायतबाट फर्कंदा ल्याएको हातेगिद्धे प्रेसले नेपालमा आधुनिक छापाखाना तथा पुस्तक विकास भएको हो । १९१९ सालअघि ठहिटीमा स्थापना भएको मनोरञ्जन प्रेसले संस्कृत भाषाको ‘मोक्षसिद्धी’ छापेर व्यावसायिक पुस्तक प्रकाशन थालनी भयो भने १९२८ सालमा स्थापना गरेको नारायणहिटी छापाखानाको २२ वर्षपछि १९५० सालमा पाशुपत प्रेसले निजी क्षेत्रमा पुस्तक प्रकाशन सूत्रपात ग¥यो । तर पनि शिक्षामा जहाँनिया राणा शासनको एकलौटी अधिकार हुँदा सर्वसाधारण जनतामा पहुँच नपु¥याउन अनेकौं कुरामा वञ्चित अवस्था थियो । यसक्रममा १९७६ सालमा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले शिक्षालगायत अन्य क्षेत्रमा लगाएको बन्देजविरुद्ध ‘मकैको खेती’ नामक व्यंग्य साहित्यिक पुस्तक हजार प्रतिमध्ये एकप्रति फेला नपर्दा जेल सजायका कारण त्यहीँ नै जीवन त्याग गर्नुप¥यो । जसलाई नेपाली पुस्तक इतिहासमा ‘मकै पर्व’ भनेर चिनिन्छ ।
नेपालमा पुस्तकालय स्थापना संघर्ष
१९८७ सालमा विश्वमा फैलिएको शिक्षा प्रचारप्रसार, पुस्तक पुस्तकालयले जनमानसमा पारेको सकारात्मक प्रभावबाट भारतमा अध्ययनपछि फर्केका धर्मराज थपलिया र लक्ष्मीप्रसाद देवकोटालगायत ४५–४६ जना युवाले ‘सरस्वती गुठी’ नामक संस्थाबाट पुस्तकालय खोल्ने जमर्को श्री ३ भीमशमशेरको अगाडि बिन्ती गर्दा रामचन्द्र अधिकारी पोल खोलिदिएपछि ‘गाथगादी ताकेको’ आरोपमा जनही सय रुपैयाँ जरिमाना लगाई दण्ड दिइएको थियो । जसलाई नेपालको पुस्तकालय विकास इतिहासमा ‘पुस्तकालय पर्व’को नामले चिनिन्छ । पुस्तकालयका गतिविधि र त्यसको आवश्यकता’bout जानकारी गराउने उद्देश्यसाथ नेपालमा १५ भदौ २०६५ देखि जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले ‘पुस्तकालय दिवस’ मनाउन सुरु गरिएको हो ।