अरिंगालले टोकेर ८२ वर्षीय बृद्धको मृत्यु

लमजुङ । लमजुङमा अरिंगालले टोकेको कारण ८२ वर्षीय बृद्धको मृत्यु भएको छ । अरिंगालले टोकेको अवस्थ भएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेसीसहर नगरपालिका– ११, चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको उपचारका क्रममा आज सोमबार विहान निधन भएको प्रहरीले जनाएको छ । तिवारीलाई हिजो आइतबार साँझ बाटोमा हिड्दै गर्दा अरिंगाललले टोकेको थियो । अरिंगालको टोकाई घाइते भएका तिवारीको प्रदेश अस्पताल लमजुङमा प्रार्थमिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा हिजै रिफर गरिएको थियो ।

त्यहाँ उपचारको क्रममा आज विहानी उनको निधन भएको खबर आएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर साहले बताए । उनका अनुसार बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिंगाललले टोकेर ती बृद्धलाई घाइते बनाएको थियो । उनले भने, ‘तत्काल उपचारका लागि बेसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा ल्याइए पनि थप उपचारका लागि आइतबार साँझ चितवन पठाइएको थियो ।

उनको बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी साहले भने । उनका अनुसार तिवारीको मृत्यु भएपछि शव परीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले शव बुझ्ने प्रवन्ध गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

फोहोर व्यवस्थापन दीगो बनाउन महानगरको नयाँ सम्झौता