भारतको राजस्थानमा गुडिरहेको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

राजस्थान । भारतको पश्चिमी राज्य राज स्थानमा एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक मंगलवार आगो लागेको सरकारी अधिकारीहरूले बताएका छन् । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।

अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पुरै आगोमा परिणत भयो र धेरै यात्रुहरू बसमै फसे ।

केही घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन