काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेर स्वास्थ्यमा समस्या भएको र बन्धक बनाईएका ४ नेपाली महिलाको उद्धार गरिएको छ। राेजगारकाे सिलसिलामा विगत १७ महिना अघि काठमाडौं त्रिभुवन विमानस्थल हुँदै ईराककाे अर्बिल शहरमा पुगेकी सिन्धुपाल्चोकको सागाँचाेकगढी नगरपालिका – ११ फाल्टेकी स्वस्थानी दमाई काम गर्ने सिलसिलामा बिरामी भई काम गर्न नसकेपछि एजेन्टसँग समन्वय गरी नेपाल उद्धार गरिएको छ।
सरकारी निकायको छैन चासो उद्धारमा एनआरएन कै भर !
गैरआवासीय संघ (एनआरएन) इराकका अनुसार लगभग २ हजार डलर पठाई सके पश्चात् कम्पनीले बारम्बार फेक टिकट बनाउदै नपठाएपछि अर्बिल प्रशासनमा कानुनी प्रक्रिया मार्फत पैसा पठाएको पेपर सहित कम्प्लेन गए पश्चात् पुन दूतावास मार्फत पनि प्रेसर दिने काम भए फेक टिकटलाई पुन: सक्कली टिकट बनाई नेपाल फर्काएको जनाएको छ।
यस्तै, सामाजिक संजालमा ब्याप्त रुपमा शुशिला श्रेष्ठको स्वास्थ स्थिती बिग्रीएको र उद्दारको लागि साना श्रेष्ठको टिकटकको भिडियो एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठ कोमा धेरै ब्यक्ति मार्फत आए पश्चात् तुरुन्त कम्पनी पत्ता लगाई बिरामीको जानकारी लिइ उद्दारको लागि समन्वय भयो। सामाजिक संजालकै माध्यमबाट जोडिकी हाल युके निवासी सामाजिक ब्याक्तित्व चित्रकला गुरुङले नेपाल पठाउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाईन्।
सामाजिक संजालमा आएको भिडियोले साना श्रेष्ठलाई समस्या पारिन खोजेको जानकारी भए पस्चात कम्पनीसँग समन्वय गरी कुनै समस्या नगराईदिन र शुशिला श्रेष्ठले घरमा तिर्नु पर्ने रकम दुई हजार अमेरिकन डलर तिरी आफैले हवाई टिकट ब्यबस्था गरेर नेपाल जान सकिने कुरा कम्पनीमा गएर फाइनल भए पश्चात् युकेबाट मनका धनी चित्रकला गुरुङ पठाएको सहयोग २५३५ डलर बाट कम्पनिलाई तिर्ने रकम तिरी हवाई टिकट नेपाल फर्काइएको एनआरएनएले जनाएको छ।
यसैगरी,नवलपरासीको देवचुली २ डुमकौली घर भएकी धनु परियार गत भाद्र ७ गतेका दिन नेपालबाट कुर्दिस्तान सुलेमानी आइ पुगेको र काम गर्ने घरमा बन्धक बनाई खाना नदिने र अस्वस्थ भएको भनि उद्धारका लागि कुवेतस्थित नेपाली दूतावासमा गरेको र उक्त पत्र एनआरएनए अध्यक्ष श्रेष्ठ कहाँ पुगे पश्चात् एजेन्टलाई समन्वय गरी पिडित परियारलाई एक हप्तापछि घर बाट फिर्ता गर्ने पिडित र एजेण्ट दुबैलाई सम्झौता गरिएको थियो।
एनआरएनएको रहोवरमा यथार्थ बुझी आउने , राहदानी दिने,तीन हजार अमेरिकन डलर र भिसा निकाल्ने एजेण्टले कम्पनिमा दिनुपर्ने बाँकी खर्च सबै ब्यहोर्ने गरी हवाई टिकट आफैले ब्यबस्था गर्नु पर्ने गरी नेपाल पठाउने निष्कर्षमा पुगेको र हवाइ टिकटको निमित्त खर्च नजुटे पश्चात् एनआरएनएको तर्फबाट हवाई टिकट उपलब्ध गरी नेपाल फर्काइएको जनाएको छ।
यस्तै,स्वास्थ समस्या लगायत अन्य समस्या भएको उद्दारको लागि यचना गरेपछि सिन्धुपाल्चोक घर भएकी चमेली नेपालीलाई पनि एजेण्टसँग समन्वय देखि एक्जिट्को प्रयास मार्फत इराक बासरा शहरबाट नेपाल फर्काइएको एनआरएनए अध्यक्ष श्रेष्ठ जानकारी दिए। लामो समय देखि एनआरएनए इराकले समस्यामा परेका नेपालीहरुलाई उद्धारमा सहजीकरण गर्दै आएको छ।






