काठमाडौं । जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवास जलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओली कुटी’ बन्ने भएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमै अध्यक्ष ओलीका लागि ‘ओली कुटी’ निर्माणको संकल्प गरिएको घोषणा गरेका हुन् ।
बस्नेतले भक्तपुरका स्थानीयले आफ्नै पहलमा घर बनाउन थालेको जानकारी दिए । उनले आफू संयोजकको भूमिकामा रहने बताए । ‘ओली कुटी कस्तो देखिन सक्छ ?’ भनेर प्रश्न गर्दै उनले अहिले नै फोटो संकलन सुरु भइसकेको जानकारी दिए । बस्नेतले यसका लागि देशभरबाट सुझाव र समर्थन बढिरहेको बताए ।
निवर्तमान प्रधानमन्त्री ओली संविधान दिवसका दिन भक्तपुरको गुण्डुमा भाडाको घरमा बसाइँ सरेका छन् । जेनजी आन्दोलनकारीले जलाइदिएको घर हेर्न बुधबार बालकोट पुगेका ओलीले पनि जलेको घर मर्मत नगरिने बताए । ओलीले बालकोट निवास आफ्नो निधनपश्चात् संग्रहालयका रूपमा राज्यलाई दिने गरी पास भइसकेको स्मरण गराए ।
सम्बन्धित समाचार
महिनापछि ब्युँझिए दलहरू
नेतृत्व जोगाउने कि पार्टी ?
राप्रपा अध्यक्ष लिङ्देनमाथि चोरीको आरोप लगाउने दुर्गा प्रसाईंविरुद्ध कानुनी उपचार खोज्न सुझाव
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण
फागुन २१ को चुनाव वैशाखमा सार्न कांग्रेस बैठकमा प्रस्ताव
स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँः राष्ट्रपति पौडेल
जेनजीको पहिलो दलः नेतृत्वदेखि एजेन्डासम्म रहस्यम






