हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री कार्कीको चासो

काठमाडौँ । हायात होटलले सेवा बन्द गरेर कर्मचारी प्रवेशमा निषेध गरेको भन्ने खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापनसँग कुरा गरी जानकारी लिएका छन् । अर्थमन्त्री खनालले कुराकानीको क्रममा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरे।

अर्थमन्त्री खनालले भने, ‘तपाईँहरू आत्तिनु भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार यस’bout आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्ने र आवश्यक पहल गर्ने बताइएको छ।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि व्यवस्थापनले होटलको सेवा बन्द गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

गगन र विश्वको नाममा कसले बनायो आफूअनुकूल उम्मेदवारको सूची ?