अभिभावक प्रति समर्पित ‘परान’ चलचित्र घरमा

काठमाडौं । शुक्रवार १४ कात्तिक (आज)बाट नेपालका चलचित्र घरहरूमा नयाँ नेपाली चलचित्र ‘परान’ रिलिज भएको छ । यो चलचित्रको बिहीबार बेलुका काठमाडौँमा प्रिमियर सो गरियो । चलचित्रको प्रिमियर सोमा सहभागीहरूले खुलेर प्रशंसा गरे । हाल निर्माण भइरहेका आम मसालेदार नेपाली चलचित्र भन्दा यो चलचित्र आफूहरूले निकै फरक पाएको प्रिमियरमा सहभागी चलचित्रकर्मी तथा सञ्चारकर्मीले बताए ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ मुलुकका एक सय भन्दा बढी चलचित्र घरबाट रिलिज हुँदै छ । यो चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रत राज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्या दीप आचार्यलगायतको अभिनय रहेको छ ।

यो चलचित्रलाई गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले निर्माण गरेका हुन् । यि दुबै घरना यही चलचित्रबाट चलचित्र निर्माणमा उत्रिएका छन् । अजय उपाध्याय यसका कार्यकारी निर्माता हुन् ।

चलचित्रको अग्रिम ‘परान’को बुकिङ बुधबार राम्रो भए पनि बिहीबार वर्षातका कारण केही कम भएको छ । तर शुक्रवार रिलिजको दिन चलचित्रले राम्रो दर्शक पाउने विश्वास निर्माण पक्षको छ ।

यस अघि रिलिज भएको तीन नेपाली चलचित्र मध्य ‘मैझारो’को व्यापार कमजोर रहेको र अर्को चलचित्र ‘सोल्टिनी’ असफल भएका कारण पहिलो हप्ताबाटै धेरै चलचित्र घरबाट उत्रिएको छ । सोही कारण ‘परान’ले राम्रै सो पाएको यसको निर्माण पक्षले जनाएको छ । यसका वितरक करण श्रेष्ठका अनुसार ‘परान’ले एक सय भन्दा बढी चलचित्र घरमा सोहरु पाएको छ र चलचित्रले पिक अप लिएपछि बाँकी सो थप्ने चलचित्र घर सञ्चालकहरुले बताएका छन् ।

हुर्किएका सन्तानबाट अभिभावकले राख्ने आशा एवम् भरोसाको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । त्यो आशा एवम् भरोसा टुट्दा अभिभावकमा पर्ने मानसिक असरको कथा पनि यो चलचित्रमा प्रस्तुत गरिएको छ । यो भावनात्मक पारिवारिक कथामा आधारित चलचित्र हो । जसमा केन्द्रीय पात्रको रूपमा अभिनेता निर शाह रहेको छन् । उनको वरिपरि यो चलचित्रको कथा घुमेको छ । एक अभिभावकलाई उनका सन्तानले थात थलोबाट अन्तै लगेर राख्दा ती अभिभावकमाथि पर्ने मानसिक समस्यालाई यो चलचित्रमा निकै गहन रूपमा प्रस्तुत गरिएको छ ।

यो चलचित्र हेरेपछि हरेक सन्तानले आफ्नो आमा बुबाको लागि मैले सही भूमिका निर्वाह गरेको छु की छैन भनेर सोच्न बाध्य हुने भनाई यो चलचित्रका निर्देशक दीपक प्रसाद आचार्य (काकु)को रहेको छ । विभिन्न टेली चलचित्रको निर्देशन गरिसकेको भए पनि दीपकको यो चलचित्र डेब्यू निर्देशन हो ।

यो चलचित्रको छायांकार (डि.ओ.पी)मा शिवराम श्रेष्ठ र सम्पादकमा मित्र डी. गुरुङ रहेका छन् । चलचित्रका गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । चलचित्र ‘परान’को गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कंडेलको संगीत रहेको छ । चलचित्रका गीतहरूमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन् । यो चलचित्रका प्रोडक्सन म्यानेजर अनीश अधिकारी र समर चौलागाईं हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद