सामाजिक सद्भाव र सञ्चारमाध्यमको भूमिका

नेपाली समाजमा सामाजिक सद्भाव बढाउन मिडियाको योगदान महŒवपूर्ण र बहुआयामिक हुन्छ । आमसञ्चारमाध्यम समाजका ऐना मात्र होइनन्, परिवर्तनका सशक्त संयन्त्र र वाहक पनि हुन् । नेपालका सन्दर्भमा आमसञ्चारमाध्यमले विभिन्न जाति, धर्म, भाषा, लिंग र आमजनताबीच आपसी समझदारी र सद्भाव बढाउन महत्तम भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

आमसञ्चारमाध्यमले कतिपय हल्लाका रूपमा आएका कुरा पनि समाचारका रूपमा प्रस्तुत गरिदि“दा सिंगो मिडियाकै निधारमा कलंकको टीको लागेको देखिन्छ । मिडियाले अल्पसंख्यक, दलित, पिछडावर्गलाई प्रोत्साहन गर्न सकेको योगदान गर्न बिर्सन हुँदैन ।

जेनजी आन्दोलनको ऐतिहासिक परिवर्तनपछि खगेन्द्र सुनार मन्त्री बन्ने चर्चा चुलिएपछि केही आमसञ्चारमाध्यमले उनीमाथि नानाभाँतीका हिलो छ्यापेर अवरोध गरेका कुरालाई आमदलित समुदायमा मात्र होइन, समाज परिवर्तन गर्न कलम, कुची र आवाज बोकेर हि“डेका जो कोहीका दाँतमा ढुंगो लागेको यथार्थ घामजत्तिकै छर्लंग छ । कपोलकल्पित, भ्रामक र तथ्यहीन कुरा जनसमक्ष ल्याएर आमसञ्चारले खेलेको नकारात्मक भूमिकालाई क्षमायाचनाले मात्र चोख्याउन सक्दैन । यस्तै कुराबाट दलितप्रति हाम्रो समाज व्यक्तिमा सकारात्मक भाव पैदा गराउन अहम् भूमिका निर्वाह गर्न सक्नुपर्ने टड्कारो आवश्यकता हो । दलितमाथि न्याय गर्न नसकेका कारण हाम्रै छिमेकी देश भारतमा ‘तिलक, तराजु और तरबार यिनका मारो जुत्ता चार’ भन्नेजस्ता नारा घन्केको धेरैले बिर्सेका छैनन् ।

विविधता झल्काउने सामग्री प्रसारण
नेपाल सांस्कृतिक, जातीय, भाषिक, धार्मिक र भौगोलिक विविधता भएको मुलुक हो । यहा“ विश्वको सर्वोच्च शिखर सगरमाथादेखि सामुद्रिक सतहभन्दा होचो भाग केचना कवलसमेत छन् । नेपाली आमसञ्चारमाध्यमले देशको सांस्कृतिक, जातीय, भाषिक र धार्मिक विविधता झल्काउने कार्यक्रम प्रसारण गरेर विभिन्न समुदायबीच पारस्परिक सम्मान र समझदारी बढाउन गहन योगदान पु¥याएको कुरा कसैले अस्वीकार गर्न सक्दैन । कुनै पनि मिडियाले प्रकाशन प्रसारण गर्ने समाचारमा होस् वा विचारमा कुनै सांस्कृतिक, जातीय, भाषिक, धार्मिक र भौगोलिक समुदायलाई कसैलाई उचाल्ने, कसैलाई पछार्ने गर्ने हो भने समाजमा विद्वेष मच्चिएर नराम्रा दुर्घटना हुन बेर लाग्दैन । त्यसैले सबै समुदायबीच आपसी सद्भाव र मित्रता कायम गराउनेखाले सामग्री प्रस्तुत गरेर समाजलाई सुन्दर गोरेटोतर्फ अग्रसर गराउनेखाले सामग्रीले फुट्न खोजेका समाजका कतिपय पक्षलाई जुटाउने काम गर्दछ ।

समावेशी पत्रकारिता
समाजमा विभिन्न समुदाय हुन्छन् । समाजका महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक, मुस्लिम आदि मुलुकका आमसञ्चारमाध्यमबाट विमुख हुनुहुँदैन । समाजका अपहेलनामा परेका, शोषण र दमनमा परेका, सामाजिक अन्यायको जाँतोमा पिसिएर पीडित बनेका समुदायको उत्थानका लागि समाचार र विचार प्रवाह गरेर त्यस्ता समुदायलाई प्रेरणा दिन प्रयत्नशील हुनुपर्ने देखिन्छ । नेपाली समाजमा महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम आदिका आवाज आमसञ्चारमाध्यममार्फत उजागर हुनसक्नुपर्छ । यसका लागि ती समुदायका युवालाई नै सञ्चारकर्मी बन्न प्रोेत्साहन गरेर, उनीहरूलाई नै विभेदका घाउ’bout लेखन, छायांकन गरेर प्रसारण गर्ने हो भने बिस्तारै समाजमा विभेदका रेखा धमिला बन्दै गएर अन्त्यमा हराउनेछन् ।

युगौंदेखि उपेक्षित रहेर पछाडि पारिएका दलित समुदायको प्रतिनिधित्व बढाएर सामाजिक समावेशिता र सद्भावलाई प्रोत्साहन गर्न महत्तम भूमिका निर्वाह गर्नुपर्नेमा ती समुदायका मानिसलाई अवसरबाट वञ्चित गराउन यदि कसैले मन, वचन, कर्ममा खराब नियत राख्छ भने त्यसको असर समाजमा सकारात्मक हुन सक्दैन ।

शिक्षा तथा जनचेतनामूलक कार्यक्रम
परम्परागत नेपाली समाज महिला, दलित, मधेशी, अल्पसंख्यक, मुस्लिम, जनजाति र पिछडिएका वर्गप्रति निकै असहिष्णु थियो । आमसञ्चारमाध्यमले ती समुदायका हकहित र भलाइका लागि विविध कार्यक्रम चलाएर समाज परिवर्तनको महŒवपूर्ण कदम चाल्न सक्छन् । यसका लागि रेडियो नाटक, कुराकानी, समाचार विश्लेषण, टेलिफिल्म प्रसारण र त्यस समुदायका व्यक्तिबाट उनीहरूको समुदायका विचार प्रतिनिधित्व हुनेगरी लेखरचना लेखी आमसञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारणका व्यवस्था गर्दा त्यसले समाजमा गहन परिवर्तनका सकारात्मक कुरा देखि“दै आएका छन् ।

जेनजी आन्दोलनको ऐतिहासिक परिवर्तनपछि खगेन्द्र सुनार मन्त्री बन्ने चर्चा चुलिएपछि केही आमसञ्चारमाध्यमले उनीमाथि नानाभाँतीका हिलो छ्यापेर अवरोध गरेका कुरालाई आमदलित समुदायमा मात्र होइन, समाज परिवर्तन गर्न कलम, कुची र आवाज बोकेर हिँडेका जो कोहीका दाँतमा ढुंगो लागेको यथार्थ घामजत्तिकै छर्लंग छ

आजको वैज्ञानिक युगमा जातीय विभेदको घिनलाग्दो अवस्थाले नेपाली समाज नै अन्तर्राष्ट्रियजगत्मा अपमानित हुन पुगेको छ ।

संकटका बेलामा एकता सन्देश
मुलुकमा बाढीपहिरो, भूकम्प, अनिकाल र महामारीजस्ता संकट फैलिएका अवस्थामा आमसञ्चारमाध्यमले आपसी सद्भाव, सरसहयोग र भाइचारा भावना अभिवृद्धि गराउन भूमिका खेल्नुपर्छ । राष्ट्रिय संकट परेका बेला आमसञ्चारमाध्यमले एकता सन्देश प्रवाह गर्दै सबै नेपालीलाई साथ दिने भावना बढाउनुपर्छ । पत्रकारिता पेसाभन्दा अधिल्लो पंक्तिमा मानवता राख्न सक्नुपर्छ । किनकि, कोही पनि व्यक्ति पत्रकार हुनुभन्दा पहिले ऊ मानव हो भन्नेप्रति आँखा चिम्लन हुँदैन ।

सन् १९९३ को कुरा हो, दक्षिणी सुडान अनिकालको चपटेमा थियो । अनिकालग्रस्त क्षेत्रमा भोकले आकुल व्याकुल एक बालिका यूएन मिसनले खाद्यान्न बाँडिरहेका ठाउँतिर घस्रेर जाँदा एउटा गिद्धले ‘ती बालिका मर्लिन् र खाउँला’ भनेर पर्खिरहेको थियो । त्यस्तो अवस्थाको दारुण तस्बिर केभिन कार्टर नामका फोटो पत्रकारले खिचेर पत्रपत्रिकामा छपाए । मिडियामा फोटो प्रकाशित भएपछि त्यो फोटो विश्वभर ‘भाइरल’ बन्यो ।

केभिन कार्टरले त्यही फोटोका कारण सन् १९९४ मा ‘पुलित्जर पुरस्कार’ प्राप्त गरे । त्यस फोटोले अत्यधिक भोकमरी, युद्ध र अभावको त्रासदीपूर्ण यथार्थले विश्व समुदायलाई नै स्तब्ध बनायो । त्यसपछि ती पत्रकारलाई मानिसले टेलिफोन गरेर बालिकाको पछिल्लो अवस्था’bout सोध्न थाले । पत्रकारले ‘आफूले ती बालिका र उनलाई खान पर्खिरहेको गिद्धको फोटो खिचेर हि“डेको’ बताएपछि केविन कार्टरको चारैतिर ठूलो आलोचना हुन थाल्यो ।

केभिन कार्टर पहिले मानव हुन्, अनि मात्र फोटो पत्रकार । उनले ‘बालिकाप्रति मानवता देखाउनुपथ्र्यो’ भन्ने आवाज सबैतिर गुन्जिए । केही मानिसले कार्टरलाई फोन गरेर ‘बालिकाछेउमा दुई गिद्ध रहेछन्, एउटा गिद्ध कतिखेर बालिका मर्ली र खाउँला भनेर पर्खेको अनि अर्को गिद्धले चाहि“ क्यामेरा लिएको रहेछ’ भन्नेखाले कुरा सुनाएपछि केविन कार्टरलाई असह्य पीडा भयो । त्यही पीडा खप्न नसकेर १९९४ जुलाईमा कार्टरले आत्महत्या गरे । भोकमरीपीडित बालिकाको फोटो मानवताका लागि कठोर ऐना बन्यो । जसले मानव मात्रका प्राथमिकता, संवेदना र पत्रकारिताका नैतिकतामाथि गम्भीर प्रश्न उठायो । त्यसपछि संसारमा पेसाकर्मीले पनि ‘आफ्नो पेसाभन्दा मानवतालाई प्राथमिकता दिनुपर्छ’ भन्ने सोच प्रगाढ बन्यो ।

पत्रकारितामा नैतिकताको प्रश्न
पत्रकारिता तथ्यसत्य सम्प्रेषण विषयमा कुरा गर्दा पत्रकार जेनेट लेसिल कुक (सन् १९५४)ले सन् १९८० मा ‘वासिङ्टन पोस्ट’मा समाचारदाताका रूपमा काम सुरु गरिन् । कुकको ‘जिमीको संसार’ शीर्षक विचारोत्तेजनक समाचार १५ अप्रिल १९८१ मा प्रकाशित भयो । त्यस समाचारमा आमाको चरित्र खराब हुँदा जिमी लागूपदार्थको दुव्र्यसनीमा फसेको उल्लेख थियो । समाचार तुरुन्त ‘भाइरल’ बन्यो । त्यस्तो खोजपूर्ण समाचारका लागि ‘पुलित्जर पुरस्कार’ले जेनेट कुकलाई सम्मान गरियो ।

त्यस विषयमा सरकारले खोजी गर्दा जेनेट कुकले समाचारमा उल्लेख गरेका ठाउँमा आमाछोरा रहेको, छोरा राम्रोसँग विद्यालयमा पढिरहेको उनकी आमा पनि समाजमा सहयोगी महिला, चरित्रमा समाजमा कुनै प्रश्न नउठेकी हुँदा त्यस समाजका धेरै मानिस ‘हावादारी समाचार’ लेखेको भनेर पत्रिका र समाचारदाता जेनेट कुकसँग रिसाए । त्यसपछि त्यससम्बन्धी अनुगमन समाचार प्रकाशित भएपछि ‘पुलित्जर पुरस्कार’ फिर्ता गरियो । सन् १९८१ मा ‘भाइरल’ हुने लोभमा ‘गलत समाचार लेखेको’ भनी सबैसँग क्षमा मागेर जेनेट कुकले पत्रकारिता पेसा छाडिन् । अनुजा बानियाँ र रसेन्द्र भट्टराईका समाचार नेपालमा त्यसैगरी ‘भाइरल’ भए । यस्ता समाचारले पत्रकारिताको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठ्न सक्छ ।

विवादमा समन्वयकारी भूमिका
नेपाल बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक देश हुनाले यदाकदा धार्मिक, जातीय वा भाषिक विवाद र द्वन्द्व पनि उत्पन्न हुने सम्भावना भएका घटना पनि देखा नपरेका होइनन् । त्यस्ता अवस्थामा ‘यो वा त्यो धर्म’ र समुदायका व्यक्तिलाई उचालेर, ‘यो वा त्यो समुदाय’लाई थेचारेर समाचार र विचार प्रवाह नगरी मिडियाले सन्तुलित र तथ्यमा आधारित रिपोर्टिङ गरेर तनाव घटाउने बाटोमा प्रयत्नशील बनेर लाग्नुपर्छ । आमसञ्चारमाध्यमले द्वन्द्वका समय दन्केको आगोमा घिउ र पेट्रोल छर्कने काम नगरी बरू पानी हाली दन्केको आगो निभाउने समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ ।

कतिपय आमसञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बलिएको अवस्थामा अझ बिग्रन सक्नेखाले उत्तेजक, पक्षपाती तथा एकांगी सामग्री सम्प्रेषण गरेर स्थिति भड्काउने, समाजलाई बिगार्नेखाले आपत्तिजनक सामग्री प्रसारण तथा प्रकाशन गर्ने गरेका देखिन्छन् । त्यस्ता आमसञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई ‘काउन्सिलिङ’ खाँचो हुन्छ ।

आज सशक्त आमसञ्चारमाध्यम सामाजिक सञ्जाल फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स आदिबाट फैलिने कपोलकल्पित, तथ्यहीन र भ्रामक सूचनाले सामाजिक सद्भाव खलबल्याउने काम गर्नसक्ने सम्भावना निकै देखिन्छन् । आमसञ्चारमाध्यम सशक्त, जिम्मेवार बने भने निहीत स्वार्थ समूहबाट समाज भाँड्नका लागि फैलाइने गलत सूचना सहजै नियन्त्रण गर्न सकिन्छ । त्यसैले आमसञ्चार सचेतनासम्बन्धी अभियान चलाएर अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन सकियो भने यसमा न्यूनीकरण हुनसक्छ ।

नेपालका आमसञ्चारमाध्यमले सामाजिक सद्भाव बढाउनका लागि धेरैभन्दा धेरै सकारात्मक काम गरिरहेका छन्, ती आमसञ्चारमाध्यमलाई अझ बढी उत्तरदायी, समावेशी र तथ्यमा आधारित पत्रकारिताको अपरिहार्य आवश्यकता भएको हुनाले मुलुकको चौतर्फी विकासमा आमसञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी, जनउत्तरदायी, विश्वसनीय, भरपर्दो बनाउन नागरिक, सञ्चारकर्मी र राज्य सबैको सहकार्य आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण