प्रहरीको चुस्त अनुसन्धान दोषी पूर्पक्षका लागि चलान

वीरगन्ज । दशैैं मेला हेर्दै गर्दा २०८२ असोज १४ गते राति करिब ११ः३० बजे वीरगन्ज महानगरपालिका वडा नं. १० गीता मन्दिर सडकखण्डमा कुटपिट र चक्कु प्रहारमा गोल्डेन भनिने शिवम् साह कानु सामूहिक आक्रमणमा परेका थिए । उपचारका क्रममा तत्काल नारायणी अस्पताल पु-याइएका उनको ११.५० बजे नै डाक्टरले मृत घोषणा गरे ।

सो घटनाले चाडपर्वको समयमा भीडभाडमा हुने गलत हर्कतले प्रहरीलाई चुनौति थपियो । तर सामूहिक आक्रमणमा परी एक जनाको निधन भइसकेपछि मात्र सूचना पाएको प्रहरीले घटनाका दोषी उम्कने ठूलो सम्भावनालाई चुक्न दिएन । अनुसन्धान अधिकृत सहित तत्काल घटनास्थल पुगेको पर्सा प्रहरीले अनुसन्धान थालेको ४८ घण्टाभित्र घटनामा संलग्न ५ जनालाई पक्राउ गरी तत्काल सार्वजनिक पनि ग¥यो । जस्तो सुकै घटना भए पनि प्रहरीले ईमान्दार भएर लागे दोषी उम्किन सक्दैन भन्ने यो घटनाले तथ्य बोलेको छ । पर्सा जिल्ला अदालतको अस्ती शुक्रबारको आदेशले सो घटनामा संलग्न मध्ये ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने र थप तीनजनालाई पनि धरौटी लिएर मात्र छाड्न दिएको आदेशले उक्त घटनामा प्रहरी सही अनुसन्धानमा रहेछ भन्ने पुष्टि भएको छ ।

जेनजीको नाममा गएको भदौ २३ र २४ गते मुलुकमा ठूलो वितण्डा मच्चिदा पनि प्रहरीको मनोवल खस्किने हर्कत भएका थिए । तर पनि प्रहरी आफ्नो कार्यमा कमजोर छैन भन्ने पर्साको मुटु वीरगन्जमा खटेको उक्त घटना र प्रहरी तथा अदालतको कार्यसम्पादनले देखाएको स्थानीयको निष्कर्ष छ ।

एक्लै मेला हेर्दै गरेका गोल्डेनलाई साँघातिक आक्रमण गरी बाँसको भाटा, मुक्का र चक्कु समेत प्रहार गरी हत्या गर्ने जेनजी उमेर समूहका वीरगन्ज महानगर–२४ रामगढवाका वर्ष १९ को गौतम पटेल, वर्ष २० को सुभांकर चौरसिया, वर्ष २२ को अमिरी पटेल भन्ने करण प्रसाद पटेल वीरगन्ज कारागार चलान भएका छन् । १६ वर्षीय अर्का एक बालक चाही वीरगन्जस्थित बाल सुधार गृहमा चलान भएको पर्साका प्रहरी उपरिक्षक सुदिपराज पाठकले बताए । प्रहरीको अनुसन्धानमा मुख्य योजनाकार देखिएका व्यक्ति २१ असोजमा नामथर वतन परिवर्तित गरी (३४ जिल्ला २०८२÷०८३, रामगढवा) भनी सार्वजनिक भए । उनी नाबालक रहेका छन् । उनलाई पनि अदालतले दोषी पाएपछि पूर्पक्षका लागि बाल सुधार गृह पठाएको छ ।

वीरगन्ज नेपाल भारत सीमाना नजिक पर्ने भए पनि प्रहरीले सो घटनामा चलाखी गर्दा पर्साको भिष्वा गाउँबाट दुई जनालाई र घटना भएकै दिन राति तीन जनालाई वीरगन्जबाट पक्राउ गर्न सफल भएको पुष्टि गरेको थियो । तर उक्त दुई जना भारतको बिहार राज्य पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेको अवस्थामा भारतीय सुरक्षा निकायसँगको समन्वयमा दोषीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिन सकेको खुलेको छ । प्रहरीले चाहे दोषी भागेर उम्किदैन । जेनजी समूहका नाममा भएका घटनामा पनि प्रहरीले आम नेपालीको सकारात्मक साथ पाए सफलता प्राप्त गर्न सक्छ भन्ने मत स्थानीय बुद्धिजिबीको छ ।

गोल्डेन हत्याका घटनाका मुख्य योजनाकार भनी प्रहरीले निष्कर्ष निकालेका नाबालकले सामाजिक सञ्जालबाटै गोल्डेनलाई ‘घरमै बस्नु नत्र मारिदिन्छु’ भनेर धम्क्याएको तथ्य प्रहरीले फेला पारेको थियो । प्रहरी अनुसन्धानले ‘खुनी दरिन्दे’ नामक ह्वाट्स एप ग्रुप बनाएर कुराकानी गर्दै सामूहिक आक्रमण गर्ने युवाको हर्कत बाहिर ल्याएपछि प्रहरीको अनुसन्धान स्तरीय रहेको तथ्य अदालतको आदेशले पुष्टि गरेको छ ।

घटनामा कर्ततु अनुसार अमन पटवा र चन्दन चौरसियासँग अदालतले २÷२ लाख र मन्टु बाबु साहसँग ५० हजार धरौटी माग गरी छोड्न आदेश दिनुले दरिन्दे समूह चलाउने युवाहरुको चंगुल पनि समाप्त भएको पर्सा प्रहरीको ठम्याई छ । तथापि ‘खुनी दरिन्दे’ समूहले एक युवक गोल्डेनको हत्या भने गर्न भ्याएको पर्सा प्रहरीका प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले तर्क गरे ।

‘गहवामाईको मेला हेर्न जान्छु’ भनि घरबाट निस्किएका गोल्डेनमाथि एक्लै पारेर हत्या हुने गरी चक्कु समेत प्रहार गर्ने समूहसँग सोभन्दा पहिले पनि एक आपसमा वादविवाद तथा झै–झगडा गर्ने गरेको पनि तथ्य सतहमा आएको छ । पर्सामा भर्खरै आएका प्रहरी प्रमुखसहितको प्रहरी संगठनलाई दशैंको भीडमा भएको घटनाले चुनौति थपिए पनि सो समयको चुस्त अनुसन्धानमा सिसिटिभी क्यामेराको फुटेजले बलियो साथ दिएको पाइएको छ । सिसिटिभी फुटेज नहुँदो हो त हाम्रो अनुसन्धानमा केही बिलम्व हुन सक्यो पर्सा प्रहरी प्रमुखको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ