काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएको छ । खनालसँगै तीन जनै एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो । ज्ञवाली खनालकै वैकल्पिक ब्याचका अधिकारी हुन् ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)






