सुनसरीका २० जना पत्रकारको स्वाब परीक्षण

सांकेतिक तस्वीर

इटहरी । सुनसरीका पत्रकारहरूको पीसीआर विधिबाट कोरोनाको परीक्षणका लागि थ्रोट स्वाब लिइएको छ ।

इटहरीको जनता माविमा भएको परीक्षणमा पहिलो चरणमा अग्रभागमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्ने सुनसरीको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब सङ्कलन गरिएको हो ।

पत्रकार महासंघ सुनसरीका सभापति अमर खड्काका अनुसार जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र इटहरी अस्पतालसँगको समन्वयमा २० जना पत्रकारको स्वाब संकलन गरी परीक्षणका लागि पठाएएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर