लागू औषध प्रकरणमा मुछिए अभिनेत्री श्रद्धा र नोरा

मुम्बई । बलिउड स्टारहरू फेरी लागू औषधसँग जोडिएको समाचार आएको छ । यति बेला विवादमा रहेको २५२ करोड रुपैयाँ बराबरको लागू औषध तस्करी मुद्दामा बलिउडका दुई अभिनेत्रीहरू, श्रद्धा कपूर र नोरा फतेहीको नाम जोडिएको छ । नोराको छवि पार्टी गर्लको रूपमा भए पनि श्रद्धाको सम्बन्ध नाइट पार्टीसँग नरहेकाले उनको समेत नाम जोडिँदा धेरै चलचित्रकर्मी अचम्ममा परेका छन् । त्यसैले श्रद्धाका समर्थकहरूलाई अहिले यो लागू औषध तस्करी मुद्दाको समाचार पत्याउन गाह्रो परिरहेको छ ।

अन्डरवल्र्ड डन दाऊद इब्राहिमसँग लागू औषध तस्करीको यो मुद्दाको प्रत्यक्ष सम्बन्ध रहेको रिपोर्ट गरिएको छ । श्रद्धा कपूर मात्र होइन, उनका भाइ सिद्धान्त कपूरको पनि लागू औषध अनुसन्धानमा तानिएका छन् । ‘नार्कोटिक्स कन्ट्रोल ब्युरो’ (एएनसी)ले उनीहरूलाई अहिले अनुसन्धानको घेरामा राखेको छ । उनीहरुलाई एएनसीको अनुमति विना बिदेश यात्रा नगर्न पनि सूचना दिएको छ ।

२५२ करोड रुपैयाँको लागू औषध तस्करी मुद्दामा श्रद्धा उनको भाइ र नोरासँगै ओरी, अब्बास मस्तान र जीशान सिद्धिकीको समेत नाम जोडिएको छ । यी सबै स्टारहरू माथि अवैध रूपमा मध्य रातमा हुने ड्रग पार्टीहरूमा लागूपदार्थ आपूर्ति गरेको आरोप छ । यी सबैमाथि एएनसीले अहिले छानबिन गरिरहेको छ ।

दुबई र मुम्बईमा भएका पार्टीहरू दाऊदको गिरोहका सदस्य मोहम्मद सलीमले आयोजना गरेको एएनसीको अधिकारीहरूको कथन छ । एएनसीले एस्प्लेनेड अदालतलाई लागूपदार्थ पार्टीहरू र त्यसमा सहभागी भएका सेलिब्रेटीहरूको ’boutमा जानकारी गराएको छ । अधिकारीहरूले आवश्यक परेमा यी सबै स्टारहरूलाई सोधपुछ गर्न सकिने बताएका छन् । यो मामिला कहाँ पुग्छ भनेर हेर्न बाँकी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही समय अघि, अभिनेता शाहरुख खानका छोरा आर्यन खानको नाम पनि लागूपदार्थ मुद्दामा जोडिएको थियो । उनलाई लागू औषधको प्रयोगकै लागि मध्यरातमा आयोजना गरिएको क्रुज जहाजको पार्टीबाट पक्राउ गरिएको थियो । यद्यपि आर्यन विरुद्धका सबै आरोपहरू पछि अदालतमा निराधार पाइयो । आर्यन खान समेतले आफ्नो वेब शृंखला ‘द ब्याड्स अफ बलिउड’मा यो कुरा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई