चीनको चहक र महक

मित्रराष्ट्र चीनको हुबेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसको औपचारिक निम्तोमा भ्रमणमा जाने अवसर जु¥यो । नेपाली शैक्षिक अभियन्ताका रूपमा ललितपुर फुल्चोकी माविको प्रतिनिधित्व गर्दै उत्तरतर्फ लागियो । चिनियाँ प्रोफेसर डा. लीसहित हामी १५ नेपाली शैक्षिक अभियन्ता समूहमा थियौं । हाम्रो उद्देश्य चीनको शैक्षिक, व्यापारिक तथा पुराना ऐतिहासिक सहर अवलोकन गर्नु थियो ।

चीनलाई हेर्नु मात्र होइन, नजिकबाट नियाल्नु पनि थियो । वास्तवमा हेर्नु, देख्नु र नियाल्नुमा अन्तर छ । देखाइले हामीमा सिकाइ हुन्छ । अलग र अनौठो अनुभूत गर्ने सोचाइमा एउटा संसार हल्लाउने देशमा पाइलो टेकाइमा गएका थियौं । हाम्रो विकास चीनको हेरेर चकित पर्नु मात्र उद्देश्य थिएन, त्यसबाट केही सिकाइ उपलब्धि आफ्नो दैनिकीमा र आफूले प्रतिनिधित्व गरेको संस्थालाई संस्थागत फाइदा गराउन पनि हाम्रो उद्देश्य थियो । मूलतः हामी छेन्दु सिचुवा र बेइजिङका लागि उडेका थियौं ।

चीनको पहिलो पाइलो चकित
नेपालबाट चीनतर्फ प्रवेश गर्दा चेन्दुमा हाम्रो ‘ट्रान्जिट’ परेको थियो । चेन्दु एयरपोर्टको कडा सुरक्षा जाँचपछि हामीले एक साताका लागि चीनमा बस्न अनुमति प्राप्त ग¥यौं । सुरक्षाक्रममा त्यहाँका कर्मचारीले थोरै प्रश्न गरे, धेरै जवाफ खोजे, किनकि त्यहाँ निश्चित समय काम गर्ने निश्चित समयमा सक्ने र छोटो समयमा उपयुक्त काम गर्ने नीति, सिद्धान्त रहेछ ।

भाषागत रूपमा थोरै मात्र अंग्रेजी बोल्ने उनीहरू अधिकांश समय आफ्नै देशका भाषामा रमाइरहेका देखिन्थे । न आउजाउ गर्ने, न त मानिससँग धेरै कुरा, न कर्मचारी कर्मचारीबीच वार्तालाप, न एकैछिनको फुर्सद । उनीहरू अत्यन्तै व्यस्त देखिन्थे । फुर्तिला देखिन्थे र ठूलाठूला स्वरले बोलेजस्ता सुनिन्थे । यसले नै पहिलो पाइलोमा हामीलाई चकित पारिसकेको थियो ।

चाहे बजारमा होस् या बसेको ठाउँ, या कर्मचारीसँग होस्, त्यहाँ ‘नो’ भनेपछि ‘नो’ नै हुँदोरहेछ । कतैबाट ‘कन्भिन्स’ गर्ने, बुझाउने वा आफ्नो तर्क दिने, त्यहाँ न अवसर मिल्दोरहेछ न त फुर्सद नै । किनकि, सबैको सरोकार त्यहाँनेर काममा थियो । समय खर्च गर्नेमा थिएन । समय बिताउनु थिएन ।

स्मोकिङ जोन
केही मानिस मस्तले चुरोट पिइरहेका देखिन्थे । यतिसम्म कि एउटा समूह नै चुरोट तानिइरहेको देखेपछि लाग्यो, ‘यो स्मोकिङ जोन हुनुपर्छ ।’ चुरोट यति मजाले तानिरहेका थिए कि मुखमा हालेको चुरोटमा हातसमेत लगाएका थिएनन् ।

सायद खुला ठाउँमा धूमपान नगर्नु, तोकेको ठाउँमा मात्रै गर्नु अनुशासन हुनसक्छ । हुन त, धूमपान स्वास्थ्यका लागि हानिकारक छ । तर, त्यहाँ अर्थतन्त्रका लागि सायदै धूमपानमा धेरै मानिस रमाइरहेका देखिन्थे भने खाना खाइरहँदा पनि बियर प्रयोग भएको देखिन्थ्यो । त्यो खुवाइ र रोजाइ आफ्नो स्वतन्त्रता पनि हुनसक्छ । जे होस्, मज्जा लिइरहेका थिए ।

हेर्दै हराइने हरियाली
बडो मजा र चाखलाग्दो कुरा त के थियो भने हरेक घरका अगाडि या कार्यालयका अगाडि केही न केही प्रकारको रूख रोपिएको हुन्थ्यो । बगैंचा बनाइएको हुन्थ्यो । जे सम्भावना छ, त्यही रोपेर हरियाली बनाइएको देखिएको थियो । ठूलाठूला अपार्टमेन्ट र सरकारी कार्यालयवरिपरि पनि पर्खाल लगाइएको थिएन । बरु, विद्यालय होस् अथवा युनिभर्सिटी, वरिपरि फलफूलका बोटबिरुवा थरीथरीका प्रशस्त मात्रामा लगाइएको थियो । त्यहाँ एउटा हाँगा पनि भाँचिएको थिएन, फल पनि टिपिएको थिएन ।

करिब १ अर्ब ५० करोड मानिसको बसोबास भएको चीनमा सडकमा अलपत्र अवस्थामा छरिएर बसेका गफ गरेर बसेका वा चियागफमा ठाँटिएका मानिस भेट्टाउन सकिएन ।

सडकछेउमै राखिएका स्कुटर र साइकल ‘स्क्यान’ गरेर चलाउन सकिने व्यवस्था रहेछ । जहाँ जान मन लाग्यो, त्यहीँसम्म जाने र त्यतै साधन छोड्नसक्नेसमेत अवसर त्यहाँनेर रहेछ र सर्वसाधारणका लागि विशेष प्राथमिकता दिइँदोरहेछ । चीन घुम्न गएका त्यहाँ चार तहसम्मका सडक हेर्दा र कतै पनि जाम नभएको देख्दा घरिघरि मनमा प्रश्न उठ्थ्यो

सडकछेउमै राखिएका स्कुटर र साइकल ‘स्क्यान’ गरेर चलाउन सकिने व्यवस्था रहेछ । जहाँ जान मन लाग्यो, त्यहीँसम्म जाने र त्यतै साधन छोड्नसक्नेसमेत अवसर त्यहाँनेर रहेछ र सर्वसाधारणका लागि विशेष प्राथमिकता दिइँदोरहेछ । बल्लबल्ल ललितपुर ग्वार्कोको देशकै एउटा मात्रै फ्लाइओभर देखेर चीन घुम्न गएका त्यहाँ चार तहसम्मका सडक हेर्दा र कतै पनि जाम नभएको देख्दा घरिघरि मनमा प्रश्न उठ्थ्यो । हामी पनि त केही गर्न सक्छौं ।

मुख्य भ्रमण स्थान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हामी लागेका थियौं, सिजियाजुआङ (हुबेई प्रान्तको राजधानी)तर्फ । बेइजिङ राजधानीचाहिँ बुलेट रेलमा लाग्यौं ।

शैक्षिक र सांस्कृतिकस्थल
झेङडिङको पुरानो सहर हुबेई अर्थशास्त्र तथा व्यापार विश्वविद्यालय, हुबेई विश्वविद्यालयको सम्मेलन हल, हुबेई विश्वविद्यालयअन्तर्गत चिनियाँ प्रारम्भिक शिक्षा नमुना विद्यालय, हुबेई विश्वविद्यालयको विदेशी भाषा विभाग, जुन लेबाओ (आधुनिक चिनियाँ उद्योग), नान सान्तियाओ (चिनियाँ व्यापार नमुना क्षेत्र), चिनियाँ भाषा तथा संस्कृति शिक्षा केन्द्र, भाषा शिक्षा तथा सहकार्य केन्द्रका साथै हामीले ऐतिहासिकस्थल तियानआनमेन चोक, निषेधित सहर, चीनको ग्रेटवाल, हजार गाई पालिएको हुवे गाई फार्म शैक्षिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणबाट अद्भूत अनुभव प्राप्त ग¥यौं ।

हुबेई प्रान्तको प्रमुख सार्वजनिक विश्वविद्यालय सन् १९५३ मा स्थापना भएको रहेछ । यस विश्वविद्यालयमा अर्थशास्त्र, व्यवस्थापन र कानुनमा विशेष छ । साथै, विज्ञान, इन्जिनियरिङ र कला पनि पढाइने बुझियो । यसका मुख्य विशेषतामा १६ स्नातक संकाय र ७० भन्दा बढी अनुसन्धान संस्थान छन् । मनमोहक हरियालीयुक्त परिसरमा अवस्थित ‘राष्ट्रिय हरियाली नमुना इकाइ’ उपाधि प्राप्त यहाँ अन्तर्राष्ट्रिय शिक्षा र भाषा विभाग सक्रिय रहेको पाइयो ।

त्यस्तै, प्रारम्भिक विद्यालय चिनियाँ शिक्षा प्रणालीको नमुना हो, जहाँ ६ देखि १२ वर्षका बालबालिकालाई गुणस्तरीय शिक्षा दिइन्छ । खासगरी अनुशासन, खेल, प्र्रतिस्पर्धा र प्राविधिक प्रयोगमा आधारित शिक्षण पद्धतिले विद्यार्थीको सामाजिक, बौद्धिक र शारीरिक विकासमा जोड दिएको पाउँदा गर्व लाग्यो । मलाई त लाग्छ, शिक्षक, प्रशिक्षण र शिक्षा सुधारका लागि यो प्रयोगशाला हो ।

चीनको ग्रेटवाल
चीन उत्तरी सीमामा रहेको ऐतिहासिक सुरक्षा पर्खाल हो, जसको निर्माण २ हजार वर्षभन्दा पुरानो इतिहासमा फैलिएको छ । युनेस्को विश्व सम्पदामा सूचीकृत यो चर्चित क्षेत्र सैन्य, सांस्कृतिक र पर्यटन दृष्टिले महŒवपूर्ण रहेछ ।

निषेधित सहर
बेइजिङ केन्द्रमा रहेको यो पुरानो सम्राटीय दरबार हो, जहाँ मिङ र छिङ वंशका सम्राट बस्ने गर्थे । यो १४०६–१४२० मा निर्माण गरी ७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अर्काे कुरा १६ दशमलव ७ मिलियन वार्षिक पर्यटक आउने प्रमुख सांस्कृतिकस्थल यो निषेधित सहर रहेछ । जहाँको सुरक्षा अत्यन्तै कडा छ । विश्व सम्पदामा सूचीकृत चिनियाँ वास्तुकलाको उत्कृष्ट नमुना हेर्दा हामी गौरावान्तित भयांै ।

चीनको शिक्षा मन्त्रालयअन्तर्गतको संस्था हो, जसले अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षालाई प्रवर्धन गर्छ । ‘कन्फुसिअस इन्स्टिच्युट नेटवर्क’ व्यवस्थापनसहित शिक्षक प्रशिक्षण, भाषा परीक्षा र शैक्षिक अनुसन्धानमा सक्रिय यस संस्थाले बहुसांस्कृतिक सहकार्य र चिनियाँ भाषा प्रसारका लागि विश्वभर काम गर्दै आएको छ । अचम्म त के भने यस्तो महŒवपूर्ण स्थानरिपरि निगालो घारी छ ।

जुन्लेवाओ डेरी फार्म
हुबेई प्रान्तको जुन्लेवाओ डेरी फार्म चीनको अत्याधुनिक गाईपालन केन्द्र हो । यहाँ हजारौं दुधालु गाई छन् र प्रविधिको उच्चतम प्रयोग गरिन्छ । चीनको हुबेई प्रान्तमा रहेको यो डेरी उद्योग विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गर्ने डेरी फार्ममध्ये एक हो । यहा“ प्रत्येक दिन औसत ३० हजार लिटर दूध उत्पादन हुन्छ । हामी दूध दुने, दाना खुवाउने, गाईलाई नुहाउनेलगायत काम स्वचालित प्रणालीबाट गरेको देख्दा दंग प-यौं । यहाँ मानवस्रोत प्रयोग न्यूनतम छ । अब भविष्यमा रोबोटमार्फत गाईको हेरचाह गर्ने योजना छ, जसले फार्मलाई अझ ‘स्मार्ट’ बनाउनेछ भन्दा हामी हेरेको हे¥यै भयौं ।

फार्ममा स्मार्ट सेन्सर, स्वचालित मिल्किङ सिस्टम, फिड डिस्पेन्सर र गाईको स्वास्थ्य निगरानी प्रणाली जडान गरिएका छन् । गाईको गतिविधि, खानपान र स्वास्थ्य अवस्था ‘डेटा एनालिटिक्स’मार्फत ट्र्याक गरिन्छ । चीनको डेरी उद्योगमा पुरै प्रविधि प्रयोग छ । चीन दूध उत्पादनमा विश्वको तेस्रो अग्रणी देश पनि हो । जुन्लेवाओ फार्म चीनको कृषि प्रविधि विस्तारको प्रतीकसमेत मानिन्छ ।

निष्कर्ष
हामीले छिमेकी मुलुक चीनबाट धेरै कुरा सिक्न जरुरी छ । मित्रता कायम राख्न जरुरी छ । कयौंपटक कयौं टोली त्यस भूमिमा पुगे होलान्, तर त्यसबाट सिकेका सकारात्मक अभ्यास कार्यान्वयन भएको भए आज कति राम्रो हुन्थ्यो होला ! चीनको चहकले एक साताभित्र यसरी मन छोएको छ कि अबका केही समय हामीले अरूका राम्रा कुरालाई लिएर प्रयोगमा ल्याउन सक्नुपर्छ । नयाँ परिवर्तनमा जानुपर्छ र नवीनतम समाज निर्माण गर्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले