शिक्षा विकास समन्वय एकाई प्रमुखको लपरवाहीले सेवाग्राही आर्जित

बारा । शिक्षा विकास समन्वय एकाई प्रमुखको लपरवाहीले सेवाग्राही आर्जित बनेका छन् । शिक्षा विकास समन्वय ईकाई बारा कलैयाको निमित्त इकाई प्रमुख अशोक रौनियारको लपरवाहीले सेवाग्राही आर्जित बनेका हुन ।

शिक्षा विकास समन्वय एकाई कलैयामा आफ्नो पेन्सनको सिफारिस गराउन आएका कोल्भी नगरपालिका पिडारी विधालयका अवकाश प्राप्त शिक्षक नन्दप्रसाद चौधरी भन्छन, ‘ घरबाट खाना खाएर १२ बजे कार्यलय आए प्रमुख न आउदा दुख पाएको गुनासो गरे ।

समयमा कार्यलय आइदिँदा सिफारिस गरेर काठमाडौं जानुपर्ने उनले बताए । सिफारिस कागजात लिएर बुझाउदा काठमाडौंबाट पेन्सनको कागज पाए पछि नेपाल सरकारको नियम अनुसार तलबको पचास प्रतिशत पेन्सन पाउने चौधरीले बताए ।

त्यस्तै सोही नगरपालिकाका अर्का अवकाश प्राप्त शिक्षक कृत नारायण चौधरीको पनि सोही समस्या रहेको गुनासो गरे । अवकाश शिक्षकको अब पेन्सन नै एक शाहारा रहेको उनीहरूले बताए ।

एसईई दिएका विधार्थीहरुको जन्ममिति सच्याउन आएका कोल्भी, कलैया लगायत जिल्ला भरीका दर्जनौ विधार्थीहरु विहान १० बजे देखि कार्यलयमा आर्जित पनि निमित इकाइ प्रमुख नहुदा आर्जित बनेका छन् ।

निमित्त इकाइ प्रमुख तीन बजे सम्म पनि कार्यालयमा नआउदा सेवाग्राही आर्जित बनेको विषयमा प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रसँग बुझ्दा आफुलाई केही जानकारी नभएको, तुरुन्तै बुझने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?