अभिनेता प्रेम चोपडाको स्वास्थ्यमा सुधार

मुम्बई । बलिउड अभिनेता धर्मेन्द्रसँगै बिरामी भएका ९२ वर्षीय बलिउड अभिनेता प्रेम चोपडाको स्वास्थ्यमा सुधार आएको छ । मुम्बईको लीलावती अस्पतालबाट सोमबार उनलाई डिस्चार्ज गरिएको छ । भाइरल इन्फेक्सन र उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनलाई करिब एक हप्ता अघि भर्ना गरिएको थियो ।

कार्डियोलोजिस्ट डा. नितिन गोखलेले उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेको बताएका छन् । डा. गोखलेका अनुसार उनको मुटुको अवस्थासँगै भाइरल संक्रमण भएको रिपोर्ट आएको थियो । सोही कारण प्रेम चोपडाको मुटुसँगै फोक्सोको विशेष उपचार भएको पनि यी डाक्टरले बताएका छन् ।

अस्पतालका डाक्टरहरूले सावधानीपूर्वक अवलोकन र उचित उपचार गरेपछि उनको अवस्था अहिले सुधार भएको परिवार सदस्यले जनाएका छन् । सोमबार घर फर्किएका उनले अब घरमै आराम गर्ने छन् ।

प्रेम चोपडा विशेष गरी हिन्दी चलचित्रमा खल भूमिकाका लागि परिचित छन् । आफ्नो ६ दशक लामो करियरमा, उनले ३८० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल