सुनसरी । रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षिय देवेन्द्र भट्टराईको शव सशस्त्र प्रहरीले बुधबार फेला पारेको छ ।
उनीसँगै नुहाउन गएका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१३ बस्ने ५४ वर्षिय रोहित काफ्लेलाई भने उद्धार गरी उपचारको लागि साई अस्पताल झुम्का पठाईएको छ । उनीहरुसँगै नुहाउन गएका ५८ वर्षिय भिमराज काफ्ले नुहाएर फर्कदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुवेको जानकारी गराएका थिए ।
सो लगत्तै मन्दिर सुरक्षार्थ खटिएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बावुकाजी कटुवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीले रोहित काफ्लेलाई जिवितै उद्धार गरेको थियो भने देवेन्द्र भट्टराईको शव घटनास्थल भन्दा करीव ५० मिटर तल फेला पारेको हो । उद्धार गरिएका देवेन्द्र भट्टराईको अवस्था भने सामान्य रहेको बताइएको छ ।
सम्बन्धित समाचार
पौवादुङमाको च्यांग्रे्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण
नेपाल–चीन सीमा स्तम्भको निरीक्षण
पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने
जापानमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’
झापाको बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला
विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिँदै ‘यशोधरा’






