चलचित्र निर्माता संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको १९ औँ वार्षिका साधारण सभा तथा अधिवशेनले उदय कुमार सुब्बा (इङनाम) अध्यक्षमा नयाँ कार्यसमित चयन गरेको छ । सोमबार अवेर साँझ सम्पन्न निर्वाचनमा अर्का निर्माता सुनिल कुमार थापालाई हराउँदै सुब्बा संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोही निर्वाचनमा किरण नेपालीलाई हराउँदै अभिनेता एवम् निर्माता खगेन्द्र लामिछाने महासचिब बने । सचिबमा भने किसान पोखरेललाई हराउँदै युवराज गिरी बिजयी भए । संघको बाँकी पदाधिकारी भने निर्विरोध चयन भए ।

जसमध्ये उपाध्यक्षमा ज्योति राज राई र रौनक बिक्रम कँडेल, कोषाध्यक्षमा रामप्रसाल रिजाल निर्विरोध चयन भए । संघको केन्द्रिय सदस्यमा राज कुमार पण्डित, चुम्बन जंग शाही, श्रीधर पौडेल, टंक बुढाथोकी, धनेन्द्र थपलिया, मनोज कुमार अधिकारी, प्रविण कार्की निर्विरोध चयन भए ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे