गत २६ कात्तिकको राजधानी राष्ट्रिय दैनिकको वर्ष २५, अंक १४६ को पृष्ठ ३ मा प्रकाशित ‘पुनर्निर्माणकर्ता र राजनीतिक–सामाजिक व्यक्ति उपेक्षित’ शीर्षकको समाचारले यस स्तम्भकारको ध्यान आकर्षित ग-यो । ऐतिहासिक राष्ट्रिय दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा आस्था र लवीकै आधारमा गरिएको विभेदित व्यवहार’bout यथार्थ चित्रणसहित प्रकाशित समाचारका लागि राजधानी परिवारलाई धन्यवाद छ । सरोकारवाला परिवारकै वंश सदस्यको हैसियतले यो स्तम्भकार स्वयं त्यस समारोहमा उपस्थित हुँदा महसुस गरेकै अधिकांश कुरा समाचारमा चित्रित पाउँदा गौरवान्वित छु ।
प्रकाशित समाचारमा उठाइएका ‘विवादास्पद ऐतिहासिक एवं अनुमानमा आधारित भ्रामक कुरा तथ्यमा आधारित बनाउने दायिŒव’ हामी सबैको हो । यसैले समाचारले नै औंल्याइसकेका कुरा पुनः दोहो¥याउनुभन्दा त्यससम्बद्ध प्रमाणित आधार र वास्तविकता उजार गर्नु उत्तम हुन्छ । यसक्रममा जवाफमा आउने यही यथार्थताले उल्लिखित समाचारमा ‘के कुरा उठाइएको थियो ?’ भन्ने सन्दर्भको आशय पनि स्पष्ट हुने नै छ भन्ने स्तम्भकारको दृष्टिकोण छ । यसमध्येका धेरै कुरा प्राप्त भइसकेकै ऐतिहासिक तथ्य बाहिर गई केवल मनगढन्ते र अनुमानमै आधारित पारिएका छन् । युद्ध विजय गरेको दिन पनि किनलकले टिपोट गरेको डायरीमै उल्लेख छ । युद्ध भएको २४२ वर्षपछि योगेश राजले ८ जुलाई २००९ मा लन्डनबाट प्रकाशित ‘किनलकको डायरी दोस्रो संस्करण’का फुटनोटमा मिति नै उल्लेख छ । अहिलेसम्मको प्राप्त सिन्धुलीगढी युद्ध विजयको भरपर्दो दिन त्यसैलाई मान्नुपर्ने हुन्छ ।
स्मरण रहोस्, यस स्थाम्भकारकै पुर्खा रामचन्द्र प्रसाई सिन्धुलीगढी युद्ध सन्दर्भका प्रमुख सूचना सूत्रकार भएकाले युद्धका विविध पक्ष’bout स्तम्भकारले पहिलेबाटै खोज अनुसन्धान गर्दै आएको व्यहोरा अवगत गराउँछु । माथि उल्लिखित विषयवस्तुमध्ये नेपाल पत्रकार महासंघले गरेको कार्य’bout नकारात्मक टिप्पणी त कसैको हुन नसक्ला † राज्यकै तर्फबाट गर्नुपर्ने कार्य प्रारम्भ गरेकामा पत्रकार महासंघ प्रसंशाको पात्र छँदै छ । महासंघप्रति स्तम्भकारको दृष्टिकोण पनि त्यही हो । ऐतिहासिक तथ्यलाई कसैले पनि सधैंकै लागि लुकाउन सक्दैन । इतिहास सत्य कुरा बोलिरहहेको हुन्छ । त्यसैलाई अनुसरण गर्नुपर्छ भन्ने स्तम्भकारको मान्यता छ । तथ्य लत्याएर कल्पनामा आधारित बनाउन खोजिएको ‘सिन्धुलीगढी युद्ध’सम्बद्ध उल्लिखित ऐतिहासिक तथ्य र तत्सम्बन्धी प्रमाण उजागर नगरिए सिन्धुलीगढीको ऐतिहासिक युद्ध नै काल्पनिक बन्नसक्ने भएकाले त्यस’bout वास्तविकता यहाँ उल्लेख गर्दछु ।
पहिलो कुरो युद्ध लड्ने गोरखाली सेनापति सिकारी वंशु गुरुङ होइनन्, रामकृष्ण कुँवर हुन् । सिकारी वंशु त सेनापति रामकृष्ण कुँवरका सहायक थिए । युद्ध लड्ने राज्य पक्षका सेनापति रामकृष्ण कुँवर, सहायक सिकारी वंशु गुरुङ, सहायकमै वशराज पाण्डे र खाजाञ्ची वीरभन्द्र उपाध्यायले रज्यपक्षको चारै सैन्य टोलीको कमान्डर भएर युद्ध लडेका थिए । उनीहरूअन्तर्गत राज्यका अन्य कर्मचारीमा अर्याल थिए । युद्ध लड्ने सामान्य नागरिककै हैसियतका जनसेनाको कमान्डर रामचन्द्र प्रसाई र जयनारायण थापामगर थिए । उनीहरूले गोरखाली सैन्य शक्तिलाई मजबुद बनाउन राजा पृथ्वीनारायण शाहको आदेशानुसार रामेछाप र सिन्धुली भेगकै झारा वा भोलेन्टियर जनसेना बटुलेर युद्धमा सरिक भएका थिए । रामचन्द्र प्रसाईले जनसेनाप्रमुखकै भूमिकामा गोरखाली सेनापति रामकृष्ण कुँवरसँगै युद्ध लडेका थिए ।
अंग्रेजको ४–५ सय होइन २–३ सय हातहतियार र एक थान तोप नेपालीले कब्जा गरेका थिए । ५ सय नेपाली सैनिकले ज्यान गुमाएको सैनिक इतिहासमा उल्लिखित कुरा पनि भ्रामक हो । सैनिक र जनसेनालगायतका युद्ध लड्ने नेपाली ५–६ सयको संख्यामा मृत्यु भएको अनुमान गरिएको थियो । संख्या एकिन छैन । टेकबहादुर कामीको पुस्तकसम्बद्ध इतिहासकार दिनेशराज पन्तको ‘किनलकको डायरी’इंगित ‘कात्तिक पहिलो साता वा २४ कात्तिक १८२४ मा युद्ध भएको’ भनिएको दिन पनि गलत हो । किनकि, माथि उल्लिखित सन् २००९ मा प्रकाशित ‘किनलकको डायरी’ दोस्रो संस्करणको पृष्ठ २९ को फुटनोटमा ‘आश्विणमासे दिनगता १५ रविवासरे दिन चतुर्थ प्रहर पौवामा फिरंगी हाडिसाहेवसमेत २ पल्टन हटायाको दिन हो’ भन्ने उल्लेख छ । सोही कुरो इतिहासकार बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृतान्त २०२२’ पुस्तकको पृष्ठ १५७ मा उल्लिखित ९ असोज १८२४ तदनुसार २१ सेप्टेम्बर १७६७ मा किनलकको फौज हरिहरपुर आइपुगेको कुराले पनि पुष्टि गर्छ । यसअलावा यसलाई पुष्टि गर्ने अन्य ऐतिहासिक आधार पनि छन् ।
सन् १६०० वा विसं १६५६ तिरै उत्तर अमेरिकाको हालले क्यानडा राज्यमा पर्ने तत्कालीन स्वतन्त्र राज्य न्यूफाउन्डल्यान्ड कब्जा गरी प्रारम्भ गरेको ब्रिटेनको उपविनेशवादी नीति क्रमशः विस्तारित हुँदै सिन्धुलीगढी युद्ध भएको समयसम्म आइपुग्दा करिब १ सय ७० वर्षको अवधिमा दुई तिहाइ विश्व नै ब्रिटेनले कब्जा गरिसकेको थियो । त्यतिखेरसम्म कतै हार नखाई विश्व विजेता बन्दै आएको अंग्रेजलाई नेपाली वीरहरूले सिन्धुलीगढीमा ठूलो क्षतिसाथ पराजित गराएका थिए । तर, सिन्धुलीगढीमै राखिएका कतिपय युद्ध वृत्तान्तको सचित्र झलक नै कल्पनामा आधारित बनाइराखेको पाइयो । त्यस’bout स्पष्ट पार्न युद्धकै सूचना सूत्रकार रामचन्द्र प्रसाईलाई पृथ्वीनारायण शाहले पठाएको तलको जवाफी पत्रलाई यहाँ उल्लेख छ । जुन पत्र कीर्तिपुरमा मुकाम गरी कान्तिपुर कब्जा गर्ने उद्देश्यले उपत्यकाकै नाकाबन्दी गरेर योजना बनाइरहेका पृथ्वीनारायण शाहलाई ‘जयप्रकाश मल्लको सहयोगार्थ आउने निहुँमा नेपाल उपत्यका कब्जा गर्न अंग्रेज फौज असोजभित्रै ‘नेपहाल’ आउँदै छ, त्यसलाई सिन्धुली भन्ञ्जाङबाटै लखेट्नुपर्दछ, बरु के गर्नुपर्छ म पनि सहयोग गर्न तयार छु’ भनी रामचन्द्र प्रसाईले पठाएको सूचनामूलक पत्रकै जवाफमा पृथ्वीनारायण शाहले लेखेका थिए ।
पहिलो कुरो युद्ध लड्ने गोरखाली सेनापति सिकारी वंशु गुरुङ होइनन्, रामकृष्ण कुँवर हुन् । सिकारी वंशु त सेनापति रामकृष्ण कुँवरका सहायक थिए । युद्ध लड्ने राज्य पक्षका सेनापति रामकृष्ण कुँवर, सहायक सिकारी वंशु गुरुङ, सहायकमै वशराज पाण्डे र खजाञ्ची वीरभन्द्र उपाध्यायले रज्यपक्षका चारै सैन्य टोलीको कमान्डर भएर युद्ध लडेका थिए
सो पत्रको पूर्ण व्यहोरा यस्तो छ,
‘स्वातिश्री गिरिराज चक्रचुडामणि नरनाराणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्रीमन्महाराजाधिराज श्रीश्रीश्री मत्यृथ्वीनारायण साहदेवनां सदासमर विजयिनाम्…
स्वतिश्री सर्वोपमा जागेत्यादि श्री रामचन्द्र पसैको पत्रमिंद ञाहाँ कुसल तहा कुशल चहिथे परमानन्दहोई पत्र आयो अर्थमालुम भयो आग्ये ञाहाको समाचार भलो छ उप्रान्त सिन्धुलीमाफिंलुगे चढ्छ भन्या फाँकिन्छ कसोगन्र्या हो भनि पठाया छौ भलो गरेउ गोरषा नेपाल भनु येकैहो वेलाथ्यफेरले पेट बस्यो त जले पाया पनि आफेंमा रहन्या हो उ सिन्धुलीमा फिंलुगी चढछ भन्याको निस्तुक हो जयप्रकाशको भरमै आयापनि हिन्दुस्तान खान्याले नेपाल छाडला भन्नु छैन गोर्षा भन्नु नेपाल भन्नु उनै गोरखानाथ हुन त दुवै एकैहुन फिलुंगी भनेको ब्वाँसो हो आज उचाढयो भन्या सबैले वाँच्नु छैन ऊ ठानापारी धाचल्थाजाती होला भनी विन्ती पारी पठायाछौं आज निगाल्यामा ठानु वाथापनि हल्ह भन्ज्याङमा वलियोगरी वस्न्या हो तरयानी जानुछैन फिलुंगीले पेट पाउला आफ्नुपेट कसो ग¥या पनि दिनु छैन पेटपायो भन्या थामन गाह्रो पर्ला जयनारानले खुर्कोट उभोकोझारा वटुल्या छतपनि ततिले पुग्ना होइन अरू भरतिम्रैछ चाडो गरी आफ्नु वलली हाम्राकाजिहरूथ्यै जाव आड वलियोगरी बनाउन्या हो उ दुईहजार रूपैयाँ भया आजको काजटर्ला अंनपानी आजपुग्या पनि कल्ह कसोहोला जानिसक्नुछैन पुग्दो मिलाव षेतभन्या पनि काजिले सही हाल्या जति हो मोहर गरिवक्सौला पछि रूपैयाँ नै भन्छौ त पनि सावाब्याजसवै सदर तिमी भन्याका वडा मानिस हौ आजकाजिले भन्याजतिहोतति पु¥याव ञाहाँबाट पनि अरू मारालाईविदा गरेउ तताको भरतीम्रैछ आज तिमीले मिहिनतग¥या पछि तिमीलाई छाडी कल्लाई गर्नुछकाज पु¥याव विज्ञेशु किमधिकम भाद्र वदि ९ रोज ३ मुकाम किर्तिपुर सुभम…’
(साभार : १. साहकाली ऐतिहासिक चिठीपत्र संग्रह भाग २ को पाना नं ६८, ६९, राष्ट्रिय अभिलेखालय २. ‘प्राचीन नेपाल’को संख्या १४ पृष्ठ ५७।२०२७ माघ अंक, पुरातŒव विभागको मुखपत्र, राष्ट्रिय अभिलेखालय काठमाडौं । ३. सम्बद्ध अन्य ऐतिहासिक पुस्तक)
रामचन्द्र प्रसाई कान्तिपुर राज्यकै पूर्वीभेगका सुपरिचित समाजसेवी थिए । उनले राजा जयप्रकाशकै सहयोगीको रूपमा कार्य गर्दै आएका थिए । त्यसताका काठमाडौं ओटुस्थित गिर्जाघरमा धर्म प्रचारकका रूपमा रहेर गोरखालीको गतिविधि’boutको सुराक गोप्य रूपमा अंग्रेजलाई दिँदै आएका पादरी जोसेपी जयप्रकाश मल्लको पनि सहयोगी मानिन्थे । पादरी जोसेपीसँग रामचन्द्र प्रसाईको पनि राम्रो हेलमेल थियो । उनै पादरी जोसेपीकै सल्लाहमा जयप्रकाश मल्लले सहयोग अपेक्षा राख्दै कम्पनी सरकारको गभर्नर जनरल बेरलेस्टलाई पत्र लेखेका थिए ।
जयप्रकाश मल्लका दूतहरू मुख्तियार उम्दा र रामदास वैरागी पत्र लिएर बेतिया क्षेत्रका अंग्रेज अधिकारी मिस्टर गोल्डिङकहाँ पुगिहाले । मिस्टर गोल्डिङले पनि जयप्रकाशको पत्र निम्नअनुसारको सिफारिससहित ६ अप्रिल १७६७ तदनुसार २७ चैत १८२३ मै कलकत्ता पठाउनेक्रममा पटनाका अधिकारी मिस्टर टम्स रम्बोल्डसम्म पु¥याइदिए । मिस्टर गोल्डिङले बेतियाबाट गरेको यही सिफारिसको व्यहोरा पादरी जोसेपीबाटै रामचन्द्र प्रसाईले थाहा पाएर ‘आफ्नै मल्ल राजाको सहयोगी भएर नेपाल गुमाउनुभन्दा गोरखाली राजालाई सहयोग गरेरै भए पनि राष्ट्रको रक्षा गर्नु’ उत्तम ठानी पृथ्वीनारायण शाहलाई आफूले थाहा पाएको सम्पूर्ण वृत्तान्तसहितको उपरोक्त पत्र पठाई सजग गराएका थिए ।
वेतियाका मिस्टर गोल्डिङले यस्तो सिफारिस गरेका थिए
‘नेपालका मल्ल राजाले सैनिक सहयोग मागेका छन् । ढिलो वा छिटो हामीले गोरखालीसँग युद्ध त लड्नु नै छ तर अनुकूल अवसर यही हो । ढिलो नगरी हाम्रो फौज पठाउनुपर्दछ । अन्यथा हामीले भन्दा पहिले नै नेपाल उपत्यका गोरखालीको कब्जामा पर्नेछ । त्यो अवस्थामा हामीले कल्पना गरेको सल्लाह योजनाबाट सदाको निम्ति हात धुनुपर्नेछ । अहिले त हाम्रो खर्च पनि लाग्दैन, मल्ला राजाले नै व्यहोर्नेछन् ।’
(साभार : (नेपालको संक्षिप्त वृतान्त २०२२, पृष्ठ १५४÷५५, ले. बाबुराम आचार्य)
यस प्रसंगको महŒवपूर्ण कुरा के हो भने पृथ्वीनारायण शाहको उल्लिखित पत्र काल्पनिक होइन । शंका लागे साभार गरिएका सामग्री ‘चेक’ गर्न सकिन्छ । विजयोत्सव सम्बद्ध भ्रामक कुरा सच्याउँदै जानुपर्छ । ऐतिहासिक तथ्य खुल्दै जाने कुरा हुन् । सिन्धुलीगढी युद्ध हुँदाका समय नेपाली सेना त न्वारन मात्र भएको पाँचवर्षे अबोध बालकजस्तै थियो । किनकि, पृथ्वीनारायण शाहले ५ असोज १८१९ मा सर्वप्रथम पुरानो गोरखा, श्रीनाथ, कालिबक्स, वर्दबहादुर र सबुजदल गरी पाँच सैन्यगण स्थापित गरी हातहतियार र युद्धकला’bout ज्ञान दिलाई एकीकरणमा प्रयोग गराएका थिए । पछि देखापर्दै आएका अहिलेसम्मका सैनिक अनुसन्धानकर्ता पनि तथ्यको गहिराइमा पुगेको देखिएन ।
राष्ट्रिय महोत्सवलाई दन्त्य कथाजस्तो गुमराहटमा राख्नु हुँदैन । नेपाली सेनाले २०७७ सालमा प्रकाशित गरेको ‘एकीकरणको इतिहास’ लेखनमै सरिक गराएका केही राष्ट्रिय सुपरिचित इतिहासविज्ञले नै सिन्धुलीगढी युद्धको पृष्ठभूमिकै परिचय गराउने पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईलाई पठाएको माथिको पत्र नै देखाउन कन्जुस्याइँ गरे । यो उनीहरूको बदनियत हो वा अज्ञानता ? उनीहरू नै जानून् । तर, यस स्तम्भकारले भने त्यस’bout सटीक टिप्पणी उतिखेरै सार्वजनिक गरी चर्चा र बहसको विषय बनाएको थियो ।
राष्ट्रिय उत्सव, आयोजक सीमित समूह र पदाधिकारीको मात्र होइन, सम्पूर्ण नेपालीकै चासो र सरोकारको विषय हो । योद्धाहरूकै सन्ततिका निम्ति त यो इज्जत प्रतिष्ठा र गौरवकै क्षण नै हो । रामचन्द्र प्रसाई र जयनारायण थापासँग युद्ध लड्ने स्थानीय सम्पूर्ण सिन्धुलीका बासिन्दा नै थिए । अहिले ती जिल्लामा ८० प्रतिशत बासिन्दा योद्धाकै सन्तति छन् । उनीहरूलाई नै युद्ध महोत्सवमा उपेक्षित गरियो । वैचारिक आस्था र लवीका आधारमा विभेदित गरियो । केही आमन्त्रित अतिथिलाई पनि मुख्यमन्त्रीदेखि नगरपालिकाका १५ वटै वडाध्यक्षलाई ‘भीआईपी’ बनाई आसनग्रहण गराउँदा ताली बजाउने कार्यमा सीमित राखियो । आयोजक कमलामाई नगरपालिकाका पदाधिकारीको संकुचित मानसिकताले राष्ट्रिय महोत्सव नै खल्लो भएको हुँदा यसतर्फ राज्यको सम्बन्धित पक्षले ध्यान पु¥याओस् ।






