पोखरा । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको बिरौटामा उपशाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले बिहीबार उक्त शाखाको उद्घाटन गरे । कम्पनीले बिहीबार नै तनहुँको दुलेगौडामा पनि उपशाखा संचालनमा ल्याएको जनाएको छ । उक्त उपशाखाको प्रमुख कार्यकारी अधिकृत पराजुलीले नै उद्घाटन गरेका हुन् ।
पराजुलीले कम्पनीको सेवा विस्तार गर्ने उदेश्यसहित उपशाखा बिस्तार गरिएको बताए । ग्रासरुटमा कम्पनीलाई बिस्तार गर्ने नीतिअन्तर्गत बिस्तार गरिएको पराजुलीले स्पष्ट पारे । गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति के छ, अहिले भइरहेको बजारभन्दा पनि नयाँ बजारको खोजी गर्न उनले मातहतका कर्मचारी, प्रतिनिधिलाई निर्देशन दिए ।
नेपाल बिमा प्राधिकरणका गण्डकी प्रमुख मिश्रले बीमितलाई सेवासुविधा दिन आग्रह गरे । प्राधिकरणमा अभिकर्ताको विषयमा प्रश्न उठेकाले मिश्रले बिमा अभिकर्ता छनोट गर्दा ध्यान दिन कम्पनीलाई सुझाव दिए । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), गण्डकी अध्यक्ष बद्री पौडेलले बिक्रीपछिको सेवालाई ध्यान दिन सक्नुपर्ने बताए । नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकी प्रमुख शहदेव अधिकारीले बिमा बजारको सम्भावना अध्ययन गरेर बिरौटामा उपशाखा संचालनमा ल्याइएको बताए ।
कम्पनीको पोखरा न्यूरोडमा सुविधासम्पन्न प्रादेशिक भवन छ ।
सम्बन्धित समाचार
कार्यालय अन्यत्र सार्ने निर्णयबिरुद्ध व्यवसायी आन्दोलित
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यसायी सडक संर्घषमा
बृजा तालमा स्टिमरको यात्रा सुरु
खड्का र शाक्यका कारण भारतबाट आयात हुने विद्युत् महँगो: प्राधिकरण
दूधपोखरीको तामाङ वस्तीमा घन्कियो लोपोन्मुख ठाडोभाका
सोमबार ह्वात्तै बढ्यो सुनको मूल्य
मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी
विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिँदै ‘यशोधरा’





