राजविराज । घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्केका दाइ–भाइमध्ये बेहोस भएर भाईको मृत्यु भएको छ ।
शनिवार बिहान सप्तरीको शम्भुनाथ नगरपालिका–१ निवासी १३ बर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो । खेल मैदानबाट घर फर्केलगत्तै आगनमा बेहोस भई ढलेका उनको तत्कालै मृत्यु भएको बुवा किसुनदेव यादवले बताए ।
संगै घर फर्केका १६ बर्षीय दाजु रुपेश भाइ लडेर बेहोस भएको देख्ना साथ उनी पनि बेहोस भई ढलेको उनको भनाई छ । रुपेशको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
मृत्युको कारण भने खुल्न सकेको छैन् । एकथरीले खेल मैदानको साइडमा रहेको झारपातमा बिषालु सर्षले डसेको हुन सक्ने अनुमान गरेका छन् भने अर्को थरीले बिषादीयुक्त खानेकुराले त्यस्तो घटना भएको हुनसक्ने अनुमान व्यक्त गरेका छन् ।
मृत्युको यकिन कारण खतोल्ने प्रयास गरिहेको प्रहरी नायव उपरीक्षक पुरीले बताए । उनले मृत्युको कारण यकिन गर्न शनिवार नै मृतकको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइ थप अनुसन्धान भईरहेको जनाएका छन् ।
सम्बन्धित समाचार
बेपत्ता १२ वर्षीया बालिकाको तस्बिर युवकले फेसबुकमा पोस्ट गरेपछि…
सर्लाहीमा ब्रह्म्पुरी गाउँपालिका अध्यक्षको छोरा २४ घण्टापछि हिरासतमुक्त
सप्तरीको हैजाप्रभावित बस्तीमा सचेतनासँगै सामग्री
उच्च निगरानीमा सहकारीमा जोडिएका ‘हाई प्रोफाइल’
एनआईसियू कक्षमा विद्युत सर्ट भएपछि नवजात शिशु घाइते, अस्पतालमा तनाव
मधेश प्रदेशको मुख्यमन्त्रीको राजीनामा माग्दै टायर बालेर प्रदर्शन
सल्यानमा अवैध रुपमा संचालनमा रहेका ४ वटा जीप प्रहरी नियन्त्रणमा
मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु






