राजनीतिक प्रणाली जस्तोसुकै भए पनि शासन सञ्चालन गर्नेहरू असल भइदिने हो भने देश विकास हुन त्यति समय लाग्दो रहेनछ । सिंगापुर, मलेसिया र दक्षिण कोरियाको उदाहरण दिन सकिन्छ । विश्वमा राम्रो ठहरिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली हामीले अपनाई आएका छौं । खै त विकास भएको ? त्यसकारण बुझ्नुपर्ने कुरा के रहेछ भने शासन प्रणाली राम्रो हुँदैमा केही हुँदो रहेनछ । मुख्य कुरो राजनीतिक पात्रमा धेरै कुरा भरपर्दा रहेछन् । एउटा मात्र राजनीतिक पात्र खराब भइदियो भने देशलाई बर्बाद पार्दोरहेछ भन्ने सबैलाई थाहै छ ।
२००७ सालमा देशमा प्रजातन्त्र आयो । ‘अब केही होला †’ भन्ने मानिसमा आशा थियो । अवस्था यसरी बिग्रि“दै गयो कि देशले गति लिनै सकेन । शासन प्रणाली फेरिए तर जनताको अवस्थामा कुनै परिवर्तन आएन । ‘२०१५ सालको प्रजतान्त्रिक सरकारले केही गर्छ कि ?’ भन्ने थियो, त्यो पनि त्यसै सेलाएर गयो र देश अघि बढ्नै सकेन । जनताको जीवनस्तर खस्क“दै गयो । यस आलेखको मुख्य आशय केही यथार्थता उजागर गर्नु मात्र हो ।
सामाजिक सञ्जाल नियमन गर्ने सन्दर्भमा ‘ओली सरकार’ले फेसबुक, टिकटकलगायत सञ्जाल बन्द नै गरिदियो । विश्वमै प्रमुख स्थान ओगटेको सामाजिक सञ्जाल एकैचोटी बन्द गर्दा प्रयोगकर्तालाई प्रतिकूल असर पर्नु स्वाभाविकै थियो । कतिको रोजगारी गुम्यो । कतिको व्यवसाय बन्द भयो । कतिलाई जीवन चलाउन मुस्किल भयो । पठनपाठन र जानकारीमूलक सूचना अभाव हुन गयो । कतिको आम्दानीको स्रोत नै बन्द भयो ।
यसमा पनि अहिले ‘जेनजी’ भनेर भनिने समूहलाई बढी असर पर्न गयो । ’cause, उनीहरू सामाजिक सञ्जालभन्दा बाहिर रहेर बस्नै सक्दैनथे । उनीहरूको जे छ, यही सामाजिक सञ्जाल नै हो र उनीहरू प्रत्येक पाइलामा अभ्यस्त भइसकेका छन् । उनीहरूलाई नै लक्षित गरेर सरकारले सामाजिक सञ्जाल बन्द गरेको हुनाले यो समूह बढी आक्रोशित हुन पुग्यो । गत २३ भदौको आन्दोलन केवल सामाजिक सञ्जाललक्षित थियो र उनीहरूको माग पनि सामाजिक सञ्जाल बन्द गरेको विरोध मात्र थियो । पछि, भ्रष्टाचार र बेथिति जोडिएर आएका हुन् ।
अहिले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्था छ । लामो समयदेखि भ्रष्टाचार बढ्दै आएकामा अहिले त देशलाई नै संकटमा पार्नेगरी अनगिन्ती घटना घटिरहेका देखिन्छन् । लाउडा, धमिजाजस्ता काण्डको त कुरै नगरौं । यसपछिका कुरा गर्दा पनि पत्याउ नै गाह्रो छ ।
यहाँ सन्दर्भ छ, जेनजीकै । जेनजीका साधारण माग भए पनि सरकारले पूरा गरिदिएन र परिणामस्वरूप आन्दोलन चर्किंदै गयो । आन्दोलनको माध्यम बनाएर अन्य ‘स्वार्थी समूह’को घुसपैठ हुन गयो । यसरी घुसपैठ हुनेमा टीओबी, आभारा, राजनीति दलकै असन्तुष्ट भ्रातृ संगठन र अन्य स्वार्थी समूहको प्रवेशका कारण आन्दोलनले उग्ररूप लिनपुग्यो ।
यहाँ पात्रको उल्लेख गर्नु आवश्यक नै पर्दैन ’cause सबैले देखेका र बुझेकै छौं । केही समयअघि ‘नक्कली भुटानी शरणार्थी काण्ड’ भएको थियो । सायद यो काण्ड अहिलेको मात्र थिएन, धेरै पहिलेदेखि ‘नेपालीलाई नक्कली भुटानी’ बनाएर विभिन्न देशमा नेपाली जनतालाई बेचेर अकुत सम्पत्ति कमाए । त्यसरी मानिस बेचेर अकुत सम्पत्ति आर्जन गर्ने क्षमता भएका माथिल्ला तहका राजनीतिक भएका कुरा पुष्टि हुँदै आएको देखिन्छ । साधारण मानिसले त आफूले पसिना बगाएर उत्पादन गरेको उखुसमेत बेच्न सकेको छैन भने मान्छे बेच्ने त कुरै भएन । त्यसकारण ‘भुटानी शरणार्थी प्रकरण’मा उच्चतहका गृहमन्त्री, सचिवलगायत मुछिएका देखिन्छन् । अहिले उनीहरू हिरासतमा रहेका छन् भने कतिपय धरौटीमा छुटेका छन् । यसरी ‘भ्रष्टाचार नियन्त्रण नभई किन बढ्दै गयो त ?’ भन्ने सम्बन्धमा मुख्य कुरो दण्डहीनता नै हो । समयमै कारबाही गरिएको थियो भने यसरी भ्रष्टाचार मौलाउने थिएन । मुख्य कारण उच्चतहको ‘राजनीतिक आडभरोसा नै हो’ भन्ने गरिन्छ ।
अहिले कानुनी प्रक्रियामा गइसकेको हुनाले भविष्यले बताउनेछ । नेपालको अस्मिता यसरी धमिलिएको छ कि अन्तर्राष्ट्रिय जगतमा समेत ‘नेपाल भ्रष्टाचार गर्ने मुलुक हो’ भनेर चिनिएको अवस्था छ ।
‘शीतल निवास जग्गा प्रकरण’को कुरो गर्नुहोस् वा ‘पतञ्जली जग्गा प्रकरण’ वा नेपाल आयल निगमको जग्गा खरिदको कुरा गर्नुहोस्, यी सबैमा उच्च राजनीतिक र उच्च प्रशासन मुछिएका छन् । यी त केही प्रतिनिधिमूलक दृष्टान्त हुन् । यस्ता त कति छन् कति ।
यहाँ सन्दर्भ छ, जेनजीकै । जेनजीका साधारण माग भए पनि सरकारले पूरा गरिदिएन र परिणामस्वरूप आन्दोलन चर्किंदै गयो । आन्दोलनको माध्यम बनाएर अन्य ‘स्वार्थी समूह’को घुसपैठ हुन गयो । यसरी घुसपैठ हुनेमा टीओबी, आभारा, राजनीति दलकै असन्तुष्ट भ्रातृ संगठन र अन्य स्वार्थी समूहको प्रवेशका कारण आन्दोलनले उग्ररूप लिनपुग्यो । देशमा यो अवस्था आउनुमा धेरै कारण भए पनि मुख्य कारण भनेको देशमा भएको भ्रष्टाचार र बेथिति नै हुन् ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनबाट राज्यको केन्द्रीय सचिवालय, संसद् भवन, सर्वोच्च अदालत, व्यापारिक प्रतिष्ठान, आवास गृह, निजी भवनलगायत सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी भए र ७६ जनाको ज्यानसमेत गयो । राज्यले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुप¥यो ।
अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि धमिलिन पुग्यो । ’cause, आन्दोलन खास गरेर ठूलाठूला नेता तथा कार्यकर्तालक्षित थियो । नेता तथा कार्यकर्ता आफ्नो ज्यान बचाउन सुरक्षा निकायको शरण लिनपुगे । यस्तो अवस्था आउनु भनेको राज्यका लागि निश्चय नै राम्रो होइन ।
जेनजी आन्दोलनपछि भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्ति भइन् र उनको नेतृत्वमा मन्त्रीमण्डल गठन भयो । प्रारम्भिक चरणमा सानो आकारको मन्त्रीमण्डल गठन भए पनि पूर्णता पाउन भने लामै समय लाग्यो । प्रधानमन्त्रीले उपयुक्त व्यक्ति पाउन नसकेको हुनाले लामो समय लागेको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय मन्त्रीका लागि सिफारिस भएर नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएकामध्ये दुई जना व्यक्ति अदालतमा मुद्दा खेपिरहेका पुष्टि हुन आयो । अहिले मन्त्रीमण्डलले पूर्णता पाए पनि लामो समय लिएको भने निश्चय नै हो । सानो आकारको मन्त्रीमण्डल बनाउँदा पनि दाग नलागेको मानिस पाउन नसक्नाले हाम्रा राजनीति पात्र ‘कस्ता रहेछन् ?’ भन्ने स्पष्ट हुन आउँछ ।
अहिले नेपालको अवस्था नाजुक नै रहेको देखिन्छ ’cause सद्दे मानिस त भेट्टाउनै मुस्किल पर्दोरहेछ । राजनीतिकर्मी जनताका नजरमा कोही चोखा देखिएनन् । अन्य व्यक्ति पनि पाउन मुस्किल रहेछ । त्यसकारण नेपालको राजनीतिमा चोखा र सद्दे मानिस भेटाउन त ‘जोतिसकेको बदाम बारीमा सिलो’खोज्नुजस्तो पो रहेछ ।






