राजगढमा दोश्रो संस्करणको अध्यक्ष कप सुरु

राजविराज । दोश्रो संस्करणको अध्यक्ष कप टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता आईतवार देखी सप्तरीको राजगढ गाउपालिकामा सूरु भएको छ । बेल्ही चपेना स्थित रामजानकी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गाउपालिका अध्यक्ष ओम प्रकाश मण्डलले ब्याटिङ्ग तथा उपाध्यक्ष रेणु मण्डलले बलिङ्ग गरी उदघाटन गरेका छन ।

सो अवसरमा अध्यक्ष मण्डलले पालिकामा खेलकुदको विकासका लागी विभिन्न गतिविधी संचालनमा ल्याइएको र भविष्यमा समेत यसलाई निरन्तरता दिइने बताए । उनले कुनै पनि खेलको वास्तविक विकासका लागी प्रतियोगिता संगै मुलभुत आवश्यक्ता भनेको भौतिक पूर्वाधार नै भएको भन्दै यसका लागी पनि पालिकाको श्रोत साधनले भ्याए सम्म काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अतिथीहरुलाइ स्वागत तथा प्रतियोगिता ’bout विस्तृत जानकारी गराउँदै प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार झाले ग्रामिण क्षेत्रमा यस्ता प्रतियोगितका माध्यमले पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्मका खेलाडी उत्पादन गर्ने लक्ष्य प्राप्तीमा ठुलो टेवा पु¥याउने विश्वासु ब्यक्त गरे ।

उनले पालिकाले पछिल्लो समय अन्य क्षेत्र संगै खेलकुद क्षेत्रलाई पनि प्राथमिक्तामा राखी आवश्यक बजेट विनियोजन गर्दै लगेको बताए । प्रतियोगिताको उदघाटन खेलमा वडा नं.३ ले वडा नं २ टिमलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको वडा नं. २ टिमले निर्धारित ओभरमा ७ विकेटको क्षतीमा १ सय ५ रनको योगफल खडा गरेको थियो ।

१ सय ६ रनको विजय लक्ष्य लिएर मैदानमा ओर्लेको वडा नंं ३ टिमले ४ विकेट मात्र गुमाई विजय लक्ष्य प्राप्त गरेको थियो । प्रतियोगिता अन्तरगत सोमवारको खेल वडा नं ३ ए र वडा नंं ४ टिम बीच हुने प्रतियोगिता समितीका संयोजक समेत रहेका शिक्षक जयप्रकाश यादवले जानकारी दिए । १७ मंसिर सम्म चल्ने प्रतियोगिताका विजेताले ट्रफी सहित ३१ हजार तथा उपविजेताले २१ हजार नगद पुरस्कार पाउनेछन ।

यस्तै वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, म्यान अफ द सिरीज लगायत विभिन्न विद्यामा समेत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रमुख प्रशासकिय अधिृत झाले जानकारी दिए ।

राजगढ गाउँ कार्यपालिका कार्यालयको आयोजनमा सूरु भएको प्रतियोगितामा पालिका भित्रका सबै वडा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा वडा १, २, ५ र ६ का १–१ तथा ३ र ४ का २–२ वटा गरी कुल ८ टिमको सहभागिता रहेको छ । जनसंख्याको हिसाबले ठुलो वडा रहेकाले वडा ३ र ४ बाट २–२ वटा टिमलाई सहभागि गराइएको आयोजक गाउँपालिका कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

भाडामा लिएको गोदामबाट मलखाद्यको कालोबजारी