मुम्बई । भारतको गोवा सहरमा जारी भारत सरकारद्धारा आयोजित प्रतिष्ठित ‘भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (आईएफएफआई) मा दिवंगत अभिनेता धर्मेन्द्र र अर्का अभिनेता अमिताभको चलचित्र ‘शोले’ प्रदर्शनको लागि तयारी हुँदै थियो । तर यति बेला यो चलचित्रको प्रदर्शन रद्द गरिएको छ ।
यस अघि चलचित्र महोत्सवमा धर्मेन्द्रको स्वास्थ्यको कामना गर्दै यो चलचित्र प्रदर्शनी गरिने भनेर प्रदर्शन सूची तयारी गरिएको थियो । तर धर्मेन्द्रको निधन भएपछि महोत्सवको समापन समारोहमा उनी प्रति श्रद्धाञ्जली अर्पण गरिने आयोजक पक्षले जनाएको छ । धर्मेन्द्र प्रति समर्पित श्रद्धाञ्जली समारोहमा ‘शोले’का निर्देशक रमेश सिप्पी पनि उपस्थित हुनेछन् ।
यो महोत्सवका आयोजक राष्ट्रिय चलचित्र विकास निगमका प्रबन्ध निर्देशक प्रकाश मगदुमले बुधवार सञ्चारकर्मीलाई भने, ‘हामी यो चलचित्र महोत्सवको समापन समारोहमा हाम्रा महान अभिनेता धर्मेन्द्रलाई श्रद्धाञ्जली अर्पण गर्ने छौं । हामीले सोमबार अभिनेता धर्मेन्द्रको निधनको दुखद खबर पाएपछि महोत्सवलाई उनी प्रति समर्पण गरेका छौँ’, धर्मेन्दको निधनको खबर पाएपछि महोत्सवको चलचित्र बजार सम्बन्धी विशेष समारोहमा उनको सम्झनामा एक मिनेट मौन धारण गरिएको पनि प्रबन्ध निर्देशक प्रकाशले बताए ।
सो महोत्सवमा चलचित्र ‘शोले’ को पुनस्र्थापित फोर के संस्करण बुधवार २६ नोभेम्बरमा प्रदर्शन गरिने तय भएको थियो । यो चलचित्रले हालै आफ्नो प्रदर्शनीको स्वर्ण महोत्सव मनाएको थियो । यति बेला विविध कारणले यो चलचित्रको प्रदर्शन स्थगित गर्नु परेको पनि प्रबन्ध निर्देशक प्रकाशले बताएका छन् । चलचित्रलाई महोत्सवमा अव देखाउने की नदेखाउने भन्ने ’bout उनले बताएका छैनन् ।
प्रवन्ध निर्देशक प्रकाशले अगाडि भने, ‘हामीले चलचित्र शोलेको प्रदर्शन रद्द गरेको भए पनि भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले धर्मेन्द्रलाई विशेष रूपमा सम्झेको छ । उनको सम्मानमा चलचित्र शोलेमा धर्मेन्द्रले सवार गरेको मोटरसाइकललाई चलचित्र महोत्सवमा
धर्मेन्द्र र अमिताभको चलचित्र ‘शोले’को विभिन्न पोस्टरहरू सहित महोत्सवमा राखिएको मोटरसाइकल देखेर धेरै दर्शकहरू भावुक समेत भएका छन् । त्यहाँ चलचित्र महोत्सव सुरु भएबाटै धर्मेन्द्र अर्थात् वीरूले चलचित्र ‘शोले’मा चढेको मोटरसाइकल सो महोत्सवमा राखिएको हो । तर उनको निधनपछि यो स्थानमा ‘शोले’का विभिन्न पोस्टरहरू पनि राखिएको छ । त्यसलाई धर्मेन्द्र प्रति श्रद्धाञ्जली स्थल बनाइएको छ ।
त्यो मोटरसाइकल देखेपछि सो स्थानमा राखिएको श्रद्धाञ्जली पुस्तिकामा धेरैले चलचित्र ‘शोले’ र धर्मेन्द्रसँगको आफ्नो सम्झनाबाट श्रद्धाञ्जली भावलाई अक्षर मार्फत प्रस्तुत गरेका छन् । विगतको सुन्दर सम्झना जस्तो लाग्ने कुरालाई अहिले मन छुने सायरीमा दर्शकले उतारिरहेको पनि महोत्सव आयोजक पक्षले जनाएको छ ।
‘शोले’को मोटरसाइकल अगाडि उभिएर सोमबार अघिसम्म दर्शकहरूले मुस्कुराउँदै सेल्फी लिइरहेका थिए, तर धर्मेन्द्रको निधनपछि उनको तस्बिरमा नमस्कार गर्दै त्यहाँ पुगेका दर्शकहरू भावुक हुने गरेका छन् । रमेश सिप्पीद्वारा निर्देशित चलचित्र ‘शोले’ प्रदर्शन भएको ५० वर्ष पुगेको छ । यसले भारतीय चलचित्र इतिहासमा फरक स्थान बनाएको छ । यो चलचित्रबाट जय (अमिताभ) र वीरू (धर्मेन्द्र)को मित्रतालाई दर्शकले सधैँ सम्झिरहने महोत्सव आयोजक प्रकाशले बताएका छन् ।
सम्बन्धित समाचार
अध्यादेशबाट चलचित्र विधेयक पारित गर्न चलचित्रकर्मीको माग
‘यो मन त मेरो नेपाली हो’लाई अमेरिकामा अवार्ड
अभिनेता प्रेम चोपडाको स्वास्थ्यमा सुधार
चलचित्र निर्माताका थरी थरी समस्या
अभिनेत्री साम्राज्ञीले गरिन इन्गेजमेन्ट
परानले गर्यो यो वर्षको सबैभन्दा धेरै व्यापार
नाच्न नजान्ने नायक खगेन्द्रको कथा
दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान






