जेनजीका लागि ‘चुनाव’ महत्वपूर्ण होइन !

जेनजी आन्दोलनको सफलताले देशको राजनीतिमा नयाँ विमर्श जन्माएको छ । देशका स्थापित राजनीतिक दलको कार्यशैली र चिन्तनलाई औचित्यहीन र असान्दर्भिक साबित गर्दै युवाले देशमा केही नयाँ गर्न चाहेका छन् । उनीहरूले जनतालाई परिवर्तन अनुभूति गराउन चाहेका छन् ।

यद्यपि, कतिपय विषयमा जेनजी अनुसन्धान र कार्यदिशामा अनुभव कमी देखिन्छ तर तिनका नियतमाथि शंका गर्ने ठाउँ भने छैन । युवा राष्ट्र र जनताका लागि पवित्र मनले केही ठोस एवं नयाँ काम गर्न चाहन्छन् । संसदीय राजनीति र पद एवं सत्ता भागबन्डामा रमाएका पुराना राजनीतिक खेलाडीले जेनजीलाई आफ्नो मार्गको ठूलो अवरोध ठानेका छन् ।

नेकपा एमालेले त जेनजीको विरोधमा लड्न भिड्नका लागि फोर्सकै गठन गरेको छ । माध्यमिक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढिरहेका छात्रछात्राका गुनासा र जायज चिन्ता’bout अध्ययन गरी पुराना नेताले आफूलाई समयानुकूल परिवर्तन गर्नुपर्नेमा यथास्थिति कायम राख्न हठ एवं दमनको सहारा लिने सोचले अन्ततः देशका पुराना राजनीतिक दललाई नै क्षति पु¥याउने देखिन्छ । जेनजी आन्दोलन सार्थक निष्कर्षसम्म नपुगी रोकिनेवाला छैन । यस’bout कही“कतै भ्रम छ भने त्यसको निवारण हामी आफैंले गर्नुपर्नेछ ।

कुनै पनि राजनीतिक परिवर्तनको अर्थ हुन्छ, जनताको जनजीवनमा आमूल परिवर्तन ल्याउनु । यस्तो परिवर्तन केवल दुई तरिकाले सम्भव हुन सक्छ । पहिलो आमजनतालाई रोजगार दिएर र दोस्रो तिनलाई जीविकोपार्जनका लागि पुँजी प्रदान गरेर । आर्थिक स्वरोजगारका लागि प्रदान गरिने ऋण निःशुल्क अथवा साह्रै न्यून ब्याजदरको हुनुपर्छ ।

दुर्भाग्य ! आजसम्म नेपालमा जति पनि राजनीतिक परिवर्तन भएका छन् । त्यसले जनताको जनजीवनमा आमूल परिवर्तन ल्याउन सकेन । मह“गी बढेकै छ, गरिबी कम भएको छैन । बेरोजगारी बढ्दै गएको छ । देशभित्र काम नपाएर युवा वैदेशिक रोजगारमा जान बाध्य छन् । यो संख्या निरन्तर रूपमा बढ्दै गएको छ । देशका राजनीतिक दल बाह्य रूपमा सत्ता पक्ष र प्रतिपक्षमा बसेजस्तो अभिनय गरे पनि आन्तरिक रूपमा सत्ता र पद बाँडफाँटमा सधैं एकजुट नै देखिएका छन् ।

जनताका समस्यालाई लिएर न संसद्मा न त सडकमा नै अर्थपूर्ण संवाद, बहस अथवा विरोध प्रदर्शन भए । बढ्दो भ्रष्टाचारका कारण नेपाल पटकपटक ‘ग्रे लिस्ट’मा परेको देखियो । वंशवादी राजनीतिका कारण युवा झन् बढी दुःखी थिए । आफ्ना सुनौलो भविष्य बाजीमा राखेर देशका नवयुवा विकृत राजनीतिमा सुधार ल्याउन सडकमा उत्रे । नवयुवा–युवा समूह (जेनजी)को आन्दोलन केवल २०८४ सालमा हुने निर्वाचन २०८२ सालमा गराउनका लागि भएको होइन । सत्ता र सोच परिवर्तनका लागि हो । भ्रष्टाचारमा लिप्त राजनीति र प्रणाली बचाउनका लागि हो । तिनको नजरमा निर्वाचनभन्दा बढी महŒवपूर्ण देश हो ।

सरकारको ध्यान देशको लुटिएको सम्पत्ति राज्यकोषमा दाखिला गराउनेमा केन्द्रित हुनुपर्छ । यो जिम्मेवारी बहन गर्न सरकारलाई समय दिनुपर्छ । २ वर्ष निर्वाचन भएन भने अनर्थ हुने होइन । यदि, सरकारले २१ फागुन २०८२ मै निर्वाचन गराउने हो भने दुई महिनाभित्र भ्रष्टाचारीको धन राष्ट्रियकरण गर्नुपर्छ, होइन भने निर्वाचनप्रति जनताको आकर्षण रहनेछैन । नेपाल ट्रष्टको जग्गा ‘गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरण’मा नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम चर्चामा आएपछि एमाले अत्यधिक नै आक्रोशित एवं उग्र भएको छ । ‘कथित भोलन्टियर फोर्स’ गठन गरी त्यसलाई जेनजीको विरोधमा उतार्ने र देशभित्र मुठभेडको अवस्था ल्याउने एमालेको नियतलाई देशले बुझिसकेको छ । ओलीलगायत एमालेका नेतामाथि भ्रष्टाचार, अनियमितता र अपराधलगायत विषयमा ‘छानबिन हुनुपर्दैन’ भन्ने नियत एमालेको देखिन्छ । देशभित्र मुठभेड अवस्था ल्याउनेगरी अनावश्यक दबाब दिने मानसिकता एमालेको देखिन्छ । उसको ‘भोलिन्टयर फोर्स’ले कानुन व्यवस्था हातमा लिई जथाभावी हस्तक्षेप गर्ने नियतले कार्य गर्ने सोचलाई दुर्भाग्यपूर्ण नै मान्नुपर्छ । कुनै जमानामा माओवादीले पनि ‘वाईसीएल’ गठन गरी यस्तै गर्न खोजेको थियो तर यसले गर्दा झनै सो पार्टीको लोकप्रियता खस्कि“दै गएको थियो । यस्तो उन्मादको अवस्था ल्याउनेगरी आफ्नो पार्टीको वर्चस्व स्थापित गर्ने वा देखाउने एमालेको सोच प्रत्युत्पादक साबित हुनसक्छ ।

जेनजी आन्दोलन मुख्यतः दुई कारण भएको थियो, पहिलो– राजनीतिमा व्याप्त भ्रष्टाचार अन्त्य, भ्रष्टाचारमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न राजनीतिज्ञलाई राजनीतिबाट हटाउनु, सुशासन र पारदर्शिता कायम गर्न, दोस्रो– देशमा रोजगारका लागि पर्याप्त अवसर सिर्जना गर्नु, देशका युवा विदेशमा गएर जागिर गर्ने अथवा जागिर खोज्ने अवस्था अन्त्य तथा देशको अर्थतन्त्रमा सुधार यसका निहितार्थ छन् । तेस्रो– राजनीतिमा व्याप्त परिवारवाद वा वंशवाद अन्त्य गर्नु ’cause परिवारवाद नै भ्रष्टाचारको मूल कारण हो ।

भ्रष्टाचारविरुद्ध ‘बचाऊ आन्दोलन’मा होमिएका युवा पुस्ताको बलिदानी र त्यसबाट सिर्जित उज्यालोको आशा खेर नजाओस् । ‘देश बचाऊ आन्दोलन’विरुद्ध हुने कुनै पनि षड्यन्त्रलाई पराजित गर्दै अगाडि बढ्ने साहस सबैमा हुनु आवश्यक छ । देशका नवयुवा तथा युवाले त हाम्रा लागि ज्यानसमेत गुमाए, आफ्नो सुनौलो भविष्य र सपना दाउमा राखेर हाम्रा लागि त्याग गरे । अब हाम्रो दायिŒव भनेको तिनका सपना साकार गर्नु हो । कुहिएका, गन्हाएका, भ्रष्ट र तानाशाह प्रवृत्तिका नेता र तिनका समर्थकको मनोबललाई परास्त गरी हामी पनि जेनजी आन्दोलनमा सहयोगी साबित हुनसक्छौं ।

राजनीतिलाई व्यापार बनेका, शोषक, सामन्त र भ्रष्ट कुनै पनि दल, नारा र चुनाव चिह्न लिएर जनतामा आए पनि त्यस्ता प्रवृत्ति र प्रवृत्तिका अनुहारलाई हामीले अस्वीकार गर्न सक्नुपर्छ । यथास्थितिमा निर्वाचन गराइएमा उही पुराना भ्रष्ट आफ्नो अकूत सम्पत्ति दुरुपयोग गरी चुनाव जितेर आउनेछन् । भ्रष्टाचारीका सम्पत्ति जफत नगरी, तिनीहरूलाई तिनका कसुरअनुसारको सजाय नदिलाई निर्वाचन गराउनु भनेको उनीहरूलाई ६ महिनाका लागि सत्ताको राजनीतिबाट अल्पविराम दिनु मात्रै हो ।

संसद्मा उही बेइमान र भ्रष्ट नेताको जमघट भएमा सत्तामा पूर्ववत् ‘म्युजिकल चेयर’मा आउन सक्नेछ । संविधानको धारा ३०५ मा अध्यादेशमार्फत भए पनि केही विधेयक ल्याएर भ्रष्टाचारविरोधी कानुन निर्माण आवश्यक छ । अन्तरिम सरकारमा केही स्वच्छ एवं इमानदार छविका राजनीतिज्ञलाई पनि समाहित गराइनु आवश्यक छ । ठोस निर्णय लिने तथा त्यसको कार्यान्वयन राजनीतिज्ञबाट मात्रै सम्भव हुनसक्छ । अवकाशप्राप्त कर्मचारी ‘बोल्ड डिसिजन’ गर्न सक्दैनन् । ’cause कर्मचारीमा जोखिम लिने साहस हुँदैन ।

निर्वाचन पनि आवश्यक नै छ । अन्तरिम सरकार लामो समयसम्म रहनुहुँदैन ’cause यसले कुनै ठूलो नीतिगत निर्णय लिन सक्दैन । परराष्ट्र सम्बन्धलाई पनि बढी प्रभावकारी बनाउन सक्दैन तथापि अहिलेसम्म सुशीला कार्की सरकारद्वारा भएका कार्य सह्रानीय नै छन् । भ्रष्टाचारको विरोधमा ठोस एवं प्रभावकारी पाइला चाल्नु आवश्यक छ । निर्वाचन दुई–चार महिना ढिलो भए पनि हुन्छ तर देशको ढुकुटी लुटेका भ्रष्टाचारीमाथि कारबाही आवश्यक छ । जेनजी आन्दोलनको मर्म र भावनाको सम्मान हुनुपर्छ ।
(यो लेखकको निजी धारणा हो)

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले