सुन्दरहरैंचा(मोरङ) । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय विजय लिम्वु, इटहरी-५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ बर्षीय आभाष कार्की, इटहरी-४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन ।
घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको अपराधिक उपद्रव गर्न नहुने कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको हुँदा आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा तथा प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन कोशी प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ। साथै सूचना उपलव्ध गराउनेको नाम गोप्य राखिने समेत जनाएको छ।
सम्बन्धित समाचार
झापाको बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
सङ्खुवासभामा प्रहरीमाथि आक्रमण, भाग्न खोजेपछि गोली हानेर पक्राउ
कोशीमा भयावह भन्दै लागू औषध कारोबार
लागू औषधसहित फार्मेसी संचालक दम्पती पक्राउ
इटहरीमा ९ दिनदेखि हराएकी मञ्जुको शव सर्दुको खोल्सामा
बलात्कार आरोपमा पक्राउ परेकाको म्याद थप गरी अनुसन्धान हुँदै
प्रहरीको हतियार लुटपाटमा संलग्न ३ जना गोलीसहित पक्राउ
भोजपुर खोक्सिकका ९५ प्रतिशत नागरिक केन्द्रीय विद्युतको पहुँचमा






