धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा विकेन्द्रीकरणको अभ्यास थालिएको छ । यो उपमहमनगरले वडा कार्यालयलाई आर्थिक आर्थिक अधिकार प्रत्यायोजन गरेको छ । धनगढीमा आर्थिक वर्ष २०८०–८१ बाट वडाको बजेट वडाबाटै खर्च गर्न थालिएको हो ।
वडामै आर्थिक अधिकार प्रत्यायोजन गरेपछि वडाको बजेट वडाबाटै खर्च हुने थालेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीका १९ वटै वडामा वडा सचिवमा अधिकृत स्तरको कर्मचारी खटाइएको छ। यस्तै खाता सञ्चालन गर्न र भुक्तानी दिन सबै वडामा लेखापाल पठाइएको छ ।
वडालाई नै खाता सञ्चालनको अधिकार दिएपछि वडाबाट सञ्चालित हुने योजनाको सम्झौता गर्न र भुक्तानी लिन नगरपालिका आउनुपर्ने बाध्यता हटेको छ । थोरै रकमको कामको सम्झौता गर्न र भुक्तानीका लागि नगरपालिका आउने बाध्यता हट्दा नगरवासीलाई सहज भएको नगर प्रमुख गोपाल हमालले बताए ।
‘धनगढीमा वडाबाटै खाता सञ्चालन गर्न थालेको तीन आर्थिक वर्ष भयो । वडाबाटै खाता सञ्चालन गर्दा वडावासीले वडाबाट सञ्चालन हुने विकास निर्माणका कामका लागि सम्झौता गर्न र भुक्तानी लिन नगरपालिका आउने झन्झट हटेको छ,’ उनले भने, ‘उपमहानगरपालिकाले वडामै आर्थिक अधिकार दिँदा वडावासीलाई वडाबाट सञ्चालित विकास निर्माणका कामको भुक्तानी लिन समय बचत हुने तथा यातायातमा हुने खर्च बचेको महसुस गरेका छौँ ।’
धनगढीले वडाबाटै वडाको बजेट खर्च गर्न सहज होस् भनेर खाता सञ्चालन गरिएको जनाएको छ । योजनाको अनुगमन गर्न हरेक वडामा प्राविधिक कर्मचारीसेमत खटाइएको छ । जसले गर्दा वडाले छनोट गरेका योजना वडाबाटै काम गराउन सहज भएको धनगढी–३ का वडा अधयक्ष राजबहादुर ऐरले बताए ।
उनले वडाबाटै योजनाको सम्झौता गर्ने र भुक्तानी दिने व्यवस्था गरिँदा वडा कार्यालयहरूले संस्थागत जिम्मेवारी पाएको अनुभूति गरेको बताए । ‘वडामा आर्थिक अधिकार आउँदा वडा कार्यालयहरूले संस्थागत जिम्मेवारी पाएको अनुभव भएको छ । वडाको बजेट परिचालन गरेर छिटो काम सम्पन्न गर्न सहज भएको छ,’ उनले भने, ‘हामीले वडामै बजेट कार्यान्वयन गर्ने अधिकार मिलेकाले बजेट कार्यान्वयनको अवस्था थाहा पाउन र समयमै योजना फछ्र्यौट गर्न सजिलो भएको छ ।’
आर्थिक अधिकार विकेन्द्रीकरण गरिँदा वडाहरूलाई समयमै योजना कार्यान्वयन गर्न, कामको मूल्याङ्कन गर्न र नयाँ आर्थिक वर्षका लागि योजना तय गर्न सहज भएको वडा अध्यक्ष ऐरले बताएका छन् ।
सम्बन्धित समाचार
पुनर्निमाण गरियो डोटेली राजाको प्राचीन दरबार अजयमेरुकोट
विद्यार्थीलाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याइने
साइकल लेनमै पार्किङः खाली गर्न खोज्दा उद्योग वाणिज्य संघको अवरोध
कैलालीको वन क्षेत्रमा करिब तीन लाख क्युफिट काठ कुहिँदै
सुदूरपश्चिम सरकारका निर्णय जेठदेखि गुपचुप
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला
तिहार र छठमा बस सेवावाट टिकट काट्ने ३० जनाले पाए चाँदीको बिस्कुट
अवैध गतिविधि बढेपछि नेपाल छिरेका विदेशी ‘अनलाइन ट्र्याकिङ’मा






