Thursday, June 4, 2020
Home अर्थ दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

सिओल । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।

नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो । कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो ।

(Visited 77 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)