धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका छन् । मंगलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने बताएका हुन् ।

गृहमन्त्री भने– ‘७२७ हातहतियार फिर्ता, ४ हजार ५५२ कैदीबन्दी अझै फरार’

गृहमन्त्री अर्यालले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्दै र सुशासन कायम गर्नु र समयमै निर्वाचन गर्नु रहेको बताएका छन् । ‘यो सरकारको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्नु र निर्वाचन गर्ने हो । सरकारले पाएको म्यान्डेड पनि चुनाव गर्नु नै हो,’ उनले भने, ‘निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा चुनाव तोकिएकै समयमा हुन्छ ।’

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए । उनले राजनीतिक दललाई निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताएका छन् । ‘यो सरकार सबैको साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ। कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन,’ उनले भने, ‘निर्वाचनको वातावरण निर्माण गर्न प्रदेश सरकारको पनि उत्तिकै भूमिका रहेको छ ।’

गृहमन्त्री अर्यालले राज्यका सबै संयन्त्र निर्वाचनको वातावरण निर्माण गर्न क्रियासिल रहेको बताएका छन् । सुरक्षा अवस्थालाई विश्लेषण गरी आवश्यक कदम चाल्न सरकार तयार रहेको उनले बताएका छन् ।

त्यस्तै गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी दिए । उनले भने, कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको छ । सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको भन्दै केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्नु होला । कुशासन र बेथितिविरुद्ध जेन–जी युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनको भनाइ थियो ।

गोष्ठीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुकलाई ठिक बाटोमा हिँडाउन निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । उनले भने, ’फागुन २१ गतेको निर्वाचन हुनैपर्छ। सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्छ ।’ मुख्यमन्त्री शाहले निर्वाचनको वातावरण बनाउन प्रदेश सरकार पूर्णरूपले प्रतिबद्ध रहेको गर्ने बताएका छन् ।

गोष्ठीमा बोल्दै सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले निर्वाचनका लागि भयरहित वातावरण बन्न नसकेको बताएका छन् । उनले पार्टीका गतिविधिमा अवरोध भइरहेको बताएका छन् । ‘निर्वाचनका लागि भयरहित वातावरण बन्न सकेको छैन । पार्टीका गतिविधिमा अवरोध भइरहेको छ,’ उनले भने, ‘गृह मन्त्रालयले राजनीतिक दलहरूसँग संवाद गर्नु जरुरी छ ।’

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीसमेत सहभागी थिए ।

गोष्ठीमा प्रदेशको समग्र सुरक्षाको अवस्था ’bout छलफल हुनेछ भने फागुन २१ गते हुने आम निर्वाचनको सुरक्षा अवस्था’bout छलफल भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैचामा द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को ग्रान्ड फिनाली हुने