मुम्बई । बलिउड अभिनेत्री जान्ह्वी कपूर र उनका पिता एवम निर्माता बोनी कपुरले आफुहरुमा कोरोना संक्रमण नदेखिएको बताएका छन् । आफुहरुको परिवारमा अरुलाई पनि कोरोना नदेखिएको बताएका छन् ।
यी कपूर परिवारमा काम गर्ने एक कामदारलाई कोरोना संक्रमण देखिएको थियो । ती कामदार पछिल्लो समयसम्म पनि जान्ह्वकीको घरमा कार्यरत थिए । खोकीसँगै ज्वारो देखिएपछि ती कामदारको स्वाब परिक्षण गर्दा कोरोना देखिएको हो । ती कामदारलाई अहिले अस्पतालमा राखिएको छ ।
यसरी घरमा काम गर्ने कामदारलाई कोरोना संक्रमण देखिएपछि अभिनेत्री जान्ह्वी निकै तनावमा थिइन् । यी दुईसहित उनीहरुको परिवारको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । घरमा काम गर्नेहरुसँग अहिले पनि आफुहरुले सामाजिक दुरी कायम राखेको निर्माता बोनी कपुरको कथन छ ।
यस्तै आफुहरु घरमा रहेर पनि अहिले अलग बस्ने गरेको अभिनेत्री जान्ह्वीले बताएकी छन् । अहिले कोरोना संक्रमण नदेखिएपछि आफुहरु अझै केही दिन घरमै सुरक्षित क्वारेन्टाइनमै बस्ने पनि अभिनेत्री जान्ह्वीको भनाइ छ ।