विश्वकै सर्वोच्च बौद्धिक सम्मान मानिन्छ, नोबेल पुरस्कार । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्तिजस्ता विधामा यो पुरस्कार सन् १९०१ देखि दिइँदै आएको छ । अर्थशास्त्र क्षेत्रमा भने यसको सुरुवात पछि मात्रै भएको थियो । आधिकारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानमा ‘स्वेरिजेस रिक्सब्यांक पुरस्कार’का रूपमा चिनिने यो पुरस्कार सन् १९६९ देखि दिइँदै आएको छ । स्वीडेनको केन्द्रीय बैंक स्वेरिजेस रिक्सब्यांकले नोबेलको मृत्युको ३००औं वार्षिकोत्सवका अवसरमा अर्थशास्त्र क्षेत्रमा पनि यो पुरस्कार स्थापना गरेको थियो । अर्थशास्त्रले पनि विज्ञान र साहित्यजस्तै वैश्विक मान्यता प्राप्त गर्न सकेको छ ।
सन् १९६९ देखि २०२५ सम्म अर्थशास्त्रको नोबेल पुरस्कारले आर्थिक सिद्धान्त, नीति र सामाजिक कल्याणमा ठूलो प्रभाव पारेको छ । यसले म्याक्रोइकोनमिक्स, सूक्ष्म अर्थशास्त्र, व्यवहारिक अर्थशास्त्र र विकास अर्थशास्त्रजस्ता क्षेत्रमा नवीन अनुसन्धानलाई प्रोत्साहन दिएको छ । यस पुरस्कारले विश्वका जटिल आर्थिक समस्या सम्बोधन र नीति निर्माणमा सहयोग पु¥याउन महŒवपूर्ण भूमिका खेलेको छ । तसर्थ, भविष्यमा यस पुरस्कारले जलवायु परिवर्तन, प्रविधिक विकास र वैश्विक असमानताजस्ता समकालीन चुनौती सम्बोधन गर्ने अनुसन्धानलाई प्राथमिकता दिने सम्भावना बढी देखिएको छ । सन् १९६९ देखि २०२५ सम्म अर्थशास्त्रको नोबेल पुरस्कारको यात्रा अर्थशास्त्रको विधाकै विकासको प्रतिबिम्ब हो ।
प्रारम्भमा अर्थमिति र समष्टि अर्थशास्त्रको आधारभूत संरचनाकेन्द्रित यो पुरस्कार हाल आएर व्यावहारिक अर्थशास्त्र, संस्थागत अर्थशास्त्र, विकास अर्थशास्त्रमा प्रायोगिक विधि र जलवायु अर्थशास्त्रजस्ता विषय समेट्दै समाजको वास्तविक र जटिल समस्या सम्बोधन गर्न अग्रसर भएको छ । यो पुरस्कार निरन्तर विकसित हुँदै अर्थशास्त्रलाई शक्तिशाली सामाजिक विज्ञानका रूपमा स्थापित गर्दै आएको छ । जसले मानव कल्याण र विश्वव्यापी समृद्धिका लागि महŒवपूर्ण योगदान पु¥याउँछ ।
यद्यपि, यसमा लैंगिक र भौगोलिक विविधताको चुनौती बाँकी नै छ । तर, यसले सम्मानित गरेका सिद्धान्त र अनुसन्धानले विश्वको आर्थिक चिन्तनमा अतुलनीय छाप छ । सन् १९६९ देखि २०२५ सम्म यो पुरस्कार ९९ भन्दाबढी अर्थशास्त्री र सामाजिक वैज्ञानिकलाई प्रदान गरिसकिएको छ । अर्थशास्त्रको परम्परागत सीमा तोड्दै पुरस्कारले अर्थमिति, खेल सिद्धान्त, व्यावहारिक अर्थशास्त्र र विकास अर्थशास्त्रजस्ता नयाँ उपविषयलाई पनि मान्यता दिएको छ । यो पुरस्कार नवीनता र विकासकेन्द्रित छ ।
सन् २०२५ मा अर्थशास्त्र विधामा तीन वैज्ञानिकलाई नोबेल पुरस्कार दिइयो । यसमा जोएल मोकिर (नेदरल्यान्ड्स), फिलिप अघिअन (फ्रान्स) र पिटर होविट (क्यानडा) छन् । उनीहरूले ‘नवप्रवर्तन र आर्थिक वृद्धिबीचको सम्बन्ध’bout गरेको गहन र व्यापक अनुसन्धानको मान्यता’ व्याख्या गरेका थिए । सिद्धान्तले पुरानो प्रविधिलाई नष्ट गर्दै नयाँ सिर्जना गर्छ ।
मोकिरको ऐतिहासिक विश्लेषणले औद्योगिक क्रान्तिलाई जोड दियो । यस पुरस्कारले नीति निर्माणमा मद्दत गर्छ, जस्तै– ‘आर एन्ड डी सब्सिडी’ पनि हो । यसबाट सन् २०२५ ले दिगो वृद्धिलाई प्रोत्साहन दिने अनुमान गरिएको छ । सन् २०२५ को नोबेल पुरस्कारले मानवता कल्याणमा योगदान दिनेलाई सम्मान गरेको छ । यी विजेताले विज्ञानदेखि शान्तिसम्मका क्षेत्रमा प्रेरणा दिन्छ । अल्फ्रेड नोबेलको सपना साकार यसरी हुँदै गएको छ ।
विश्व अर्थव्यवस्थामा प्रभाव
यस पुरस्कारले अर्थशास्त्रसम्बन्धी अनुसन्धान एवं नीति–चिन्तनमा यसप्रकारले भूमिका खेलेको छ । जुन नोबेल पुरस्कार विश्वकै सबैभन्दा प्रतिष्ठित र सम्मानित पुरस्कार मानिन्छ । यो पुरस्कार प्रत्येक वर्ष ६ वटा विधामा प्रदान गरिन्छ र यसले मानवता कल्याणमा अतुलनीय योगदान पु¥याउने व्यक्तित्व वा संस्थालाई सम्मानित गर्छ । सन् १८९५ मा स्वीडिस वैज्ञानिक तथा उद्योगपति अल्फ्रेड बर्नहार्ड नोबेलको अन्तिम इच्छापत्रअनुसार स्थापित पुरस्कारले विज्ञान, साहित्य, शान्ति र अर्थशास्त्र क्षेत्रमा उत्कृष्ट कार्यलाई प्रोत्साहित गर्छ । नोबेलले आफ्नो सम्पत्तिको ठूलो हिस्सा यसका लागि छुट्याएका थिए । आर्थिक रूपमा समृद्ध पुरस्कार प्रत्येक विजेतालाई ११ मिलियन स्वीडिस क्रोनासाथ मेडल र डिप्लोमा पत्रसमेत प्रदान गरिन्छ ।
नीति–निर्माणमा मार्गदर्शन
विभिन्न विजेताले प्रस्तुत गरेका मोडेल तथा विश्लेषणले राष्ट्रस्तरमा आर्थिक नीति निर्माणमा प्रभाव पार्दै आएका छन् । ‘इनपुट–आउटपुट’ विश्लेषणले उत्पादन–उद्योग संरचना निर्धारणमा, विकास अर्थशास्त्रका अध्ययनले गरिबी तथा स्रोत–व्यवस्थापनमा, व्यावहारिक अर्थशास्त्रले नीति–प्रेरणालगायत विषयमा थप वैज्ञानिक आधार दिएको छ ।
शैक्षणिक दिशा र अनुसन्धान
अर्थशास्त्रको यस पुरस्कारले नयाँ विषयवस्तु उजागर गरेको छ । व्यावहारिक अर्थशास्त्र, कारण–प्रभाव विश्लेषण, नवप्रवर्तन अर्थशास्त्र आदि । यसले शैक्षणिक पाठ्यक्रम तथा अनुसन्धान प्रवृत्तिलाई पनि प्रभावित गरेको छ ।
अन्तर्राष्ट्रिय स्वरूप र वैश्विक समृद्धि
अर्थशास्त्रलाई अब राष्ट्रियस्तरमा मात्र नभएर विश्वव्यापी स्वरूपले हेर्नुपर्ने आवश्यकता बढेको छ । देशबीचको समृद्धिको भिन्नता, आर्थिक वृद्धि दरको अन्तर, नवप्रवर्तन–सीमा, संस्था–सुधार आदि विषय पहिलेभन्दा बढी केन्द्रित भएका छन् । पुरस्कारले यसैलाई प्रोत्साहन दिएको छ ।
सामाजिक न्याय र समावेशिता प्रभाव
विशेषगरी महिला श्रम बजार, लैंगिक अन्तर, गरिबी निवारणजस्ता विषयमा अर्थशास्त्रले अनुसन्धान गरेको छ । जस्तै ः अर्थशास्त्रका विभिन्न विद्या अध्ययनले महिला श्रम सहभागितामा ऐतिहासिक रूपमा रहेका अवरोध उजागर गरेको छ । यसले सामाजिक न्यायप्रति अर्थशास्त्रको दायिŒव पनि देखाउँछ ।
चुनौती, आलोचना र छलफलका विषय
यद्यपि यो पुरस्कार ठूलो सम्मानसाथ दिइन्छ । तर, यसको सन्दर्भमा केही आलोचना एवं चुनौती पनि छन् । जुन विचार गर्न योग्य छन् ।
पश्चिम–केन्द्रित र निरुप्त प्रतिनिधित्व
अर्थशास्त्रका नोबेल विजेतामा अमेरिका र पश्चिमी देशको अनुपात निकै बढी छ । उदाहरणका लागि ५०औं वर्ष सम्झौतामा गरिएको अध्ययनअनुसार अर्थशास्त्रका अधिकांश विजेता अमेरिकाको जन्मस्थली वा संस्थागत सम्बन्धित थिए । यसले विकासशील देश, दक्षिण एसिया, अफ्रिका आदि क्षेत्रका अर्थशास्त्रविज्ञको प्रतिनिधित्व कम भएको प्रश्न उठाउँछ ।
नोबेल नामकरणसम्बन्धी विवाद
हाड्र्रिंकका अनुसार यो पुरस्कार अल्फ्रेड नोबेलको मूल इच्छाअनुसार स्थापना गरिएको होइन । किनकि, नोबेलले आफ्नो इच्छापत्रमा अर्थशास्त्रका लागि छुट्टै पुरस्कार उल्लेख गरेका थिएनन् । यसका कारण कतिपय यसलाई ‘नोबेल’ नभएको ‘नोबेल’ भन्छन् ।
विचार–बहस र सामाजिक प्रभाव
अर्थशास्त्रका मोडेलले सधैं वास्तविक समाज परिस्थितिका जटिलता समेट्न सकेका छैनन् भन्ने आलोचना हुन्छ । ‘समृद्धिको मोडेलले सबै समाजका लागि समान रूपमा लागू हुँदैन’ भन्ने प्रश्न उठ्छ । यस पुरस्कारले सम्मानित गरेका केही प्रविधि–निर्मित सिद्धान्त सैद्धान्तिक रूपमा समृद्ध देखिन्छन् । तर, कार्यान्वयनमा विविध चुनौती देखापरेका छन् । जुन अर्थशास्त्रको नोबेल पुरस्कारले ५६ वर्षमा यस विषयलाई सैद्धान्तिक गहिराइदेखि अनुभवजन्य प्रयोगसम्म विस्तार गरेको छ । खेल सिद्धान्त, सूचना असहमति, व्यावहारिक अर्थशास्त्र, गरिबी निवारणका लागि आरसीटी, संस्थागत विश्लेषण, जलवायु अर्थशास्त्रजस्ता क्षेत्रमा यसले क्रान्तिकारी योगदान दिएको छ । आगामी दिन कृत्रिम बुद्धिमत्ता, डिजिटल मुद्रा, असमानता, जलवायु संकटजस्ता नयाँ चुनौती सम्बोधन गर्ने योगदानले पुरस्कार अझै सान्दर्भिक बन्दै जाने निश्चित छ ।
(लेखकको यो निजी विचार हो ।)






