Wednesday, July 15, 2020
Home Editor-Picks भारतीय मिडिया मनिषा बुझ्दैन सन्नी लियोनी काफी छ

भारतीय मिडिया मनिषा बुझ्दैन सन्नी लियोनी काफी छ

२०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय ग-यो । यो निर्णयपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गरे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय ।’

यही निर्णय अनुसार सरकारले बुधबार ७ गते दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक ग-यो । यो निर्णयपछि ज्ञवालीको ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री मनिषाले लेखिन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद । अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु ।’

मनिषाले ट्वीट गरे लगत्तै ‘क्याबात मनिषा दिदी’ भन्दै खुलेर प्रसंसा गर्न थाले सर्वसाधरणदेखि विभिन्न निकायमा रहेका नेपाली जनसमुदायले । नेपालमा मनिषाको ट्वीट हेरेर रमाउनेहरु बढ्दै गएपछि भारतीय मिडियाकर्मीको कन्पारो तात्न सुरु भयो ।

बलिउडमा मनिषा मात्रै हैन । अहिले पनि शवाना आज्मी, नन्दिता दास, तब्बु, अजय देवगण, नसरुद्दिन शाह, कंगना रनौत लगायत अभिनयकै प्रभावले स्थापित भएकाहरु धेरै छन् । तर, भारतीय मिडियालाई यी भन्दा प्रिय लाग्छ सन्नी लियोनी

बुटिकमा सिलाएको चम्किलो रंगका पोशाक र अनुहारमा चहकिलो क्रिम पाउडर दलेर चर्को स्वरमा टेलिभिजनको स्क्रिनमा चिच्याउने बानी परेकाहरु बर्बराउन थाले ‘मनिषाले भारतको नुन खाएर चीनको गीत गाई’ भनेर । लकडाउनको अवसरमा घरभित्र बस्न बाध्य भारतीय नागरिकहरु स्क्रिनमा चिच्याइरहनेहरुको कुरा सुन्दै सामाजिक सञ्जालमा मनिषाको विरुद्धमा जोडबलले कराउन थाले । अहिलेसम्म पनि जारी छ ।

भारतीयहरु लामो समय अंग्रेजको अधिनमा बसे । उनीहरुकै शब्द सापटी लिने हो भने एउटा पुस्ता ब्रिटेनको गुलाम बन्यो । ब्रिटेनले शासन गरेको बेलामा शासन मात्रै गरेन । सडक बनायो, रेल कुदायो, खान, लाउन र अंग्रेजी बोल्न पनि सिकायो । जब अंग्रेजहरु अब तिम्रो देशमा तिमीहरु नै शासन गर भनेर फर्किए । अंग्रेजहरु फर्किपछि भारतीयहरुले आफ्नो मुलुकमा आफैं शासक बन्ने हैसियत त बनाए तर दास मानसिकताबाट मुक्त हुन सकेनन् । यो समस्या, राजनीति, प्रशासन र मिडियामा पनि छ । उनीहरु अहिले पनि आफ्ना देशका ३ करोड बढी नागरिक रोजगारका लागि विश्वका अन्य मुलुकमा छन् भन्ने हेक्का राख्दैनन् र कुनै मुलुकमा श्रम बिक्री गर्नु दासत्व होइन भन्ने समेत ज्ञान छैन उनीहरुलाई ।

मनिषा कोइरालाकै सन्दर्भमा यस किसिमको निम्तकोटीको टिप्पणी भारतीय मिडियाले पहिलो पटक गरेको होइन । त्यसकारण मनिषा कोइरालामाथि प्रहार गरे भनेर आश्चर्य मान्न पर्दैन । मणिरत्न निर्देशित र मनिषाको मुख्य भुमिका रहेको चलचित्र बम्बे र दिल से रिलिज हुँदा होस् या अन्य सवालमा सिंगो भारतीय मिडिया मनिषाको विरुद्धमै उभिन्थ्यो । मनिषा आफ्नै प्रतिभा र क्षमताले बलिउडको उचाईमा पुग्न सफल भएकी हुन् भन्ने कुरा भारतीय मिडियाले आजसम्म बुझेको छैन ।

अंग्रेजहरु फर्किपछि भारतीयहरुले आफ्नो मुलुकमा आफैं शासक बन्ने हैसियत त बनाए तर दास मानसिकताबाट मुक्त हुन सकेनन् । यो समस्या, राजनीति, प्रशासन र मिडियामा पनि छ

सन १९९१ मा सुभाष घई निर्देशित हिन्दी चलचित्र ‘सौदागर’ बाट बलिउड प्रवेश गरेकी मनिषाले एउटा समय बलिउडमा एकछत्र राज गरिन् । कुनै निर्माता, निर्देशक वा कुनै प्रोडक्सन हाउसको कृपाको भरमा मनिषाले बलिउडमा राज गरेकी थिइनन् ।

अहिलेका प्रतिभाशाली भनिने बलिउडका कतिपय नायिकाहरु अहिले पनि मनिषालाई अभिनयको आदर्श मान्छन् तर, भारतीय मिडियाले मनिषाको क्षमता कहिल्यै बुझेन । लगभग ८० बढी भारतीय फिल्ममा अभिनय गरेकी मनिषाको अहिले पनि बलिउडमा विशिष्ट महत्व छ । कुनै लाइब्रेरीले भारतका राम्रा फिल्मको सूची बनायो भने मनिषाबिनाका फिल्मले त्यो सूची पुरा हुन्न ।

भारतीय फिल्म उद्योगमा अहिले पनि दुई खालका फिल्म बन्छ । एकथरी निर्देशक छन् जो फिल्म फिल्म जस्तै बनाउँछन् । अर्काथरि निर्देशक छन् जसले फिल्म शीर्षकमा स्टार मिसाएर ‘सर्कस’ बनाउँछन् । बक्स अफिसमा बेला बेलामा फिल्म र सर्कसबिच भिडन्त हुन्छ र फिल्मको तुलनामा सर्कसको व्यापार बढी हुन्छ । तिनै सुकिला मान्छे स्क्रिनमा जोडले चिच्याउँदै भन्छन् ‘फलानो फिल्मले एकदिनमै यतिसय करोड व्यापार ग-यो ।’ वास्तविक फिल्मको स्वरुप कस्तो हुनुपर्छ र फिल्मले समाजमा कस्तो प्रभाव पार्नुपर्छ । कस्तो फिल्मलाई राम्रो र कस्तोलाई खराब भनिन्छ । वर्षौंदेखि जोडले चिच्याइरहेकालाई थाहा छैन । टिआरपी बढाउने ध्याउन्नमा केही पात्र यसरी चिच्याउँछन् । लाग्छ कुनै दिन आफैंले कुनै ठाउँमा बम फिट गरेर ‘हेर्नुस् यहाँ अब बम बिष्फोट हुँदैछ’ भनेर लाइभ गरे भने आश्चर्य नमान्दा हुन्छ ।

एकछिनलाई मानौं मनिषा कोइराला नेपालकी छोरी हुन् । नेपालकी छोरीलाई उनीहरुले सधैँ पराई ठाने, पराइकै व्यवहार गरे । आफ्नै मुलुकमा आफ्नै संघर्षमा स्थापित भएका कलाकारहरुको बारेमा उनीको विश्लेषण कहिल्यै निष्पक्ष भएन ।

अरुका कुरा छाडौं, प्रियंका चोपडाकै कुरा गरौं । निकै मेहनतले बलिउडमा स्टारडम कायम गरेकी प्रियंका चोपडाले हलिउड सिरियल क्वान्टिकोमा अभिनय गर्न थालिन् । जब सिरियल प्रशारण भयो अमेरिकी शहरहरुमा प्रियंका चोपडा मुस्कुराई रहेको ठूला ठूला होडिङ बोर्डहरु राखिन थाले । सिरियल हेर्ने दर्शकले प्रियंकाको अभिनय उत्तिकै मन पराए तर, भारतीय मिडियालाई चित्त बुझेन । अनि लेख्न थाले ‘देखो देशीगर्ल प्रियंकाको रोमान्स् ।’

टिआरपी बढाउने ध्याउन्नमा केही पात्र यसरी चिच्याउँछन् । लाग्छ कुनै दिन आफैंले कुनै ठाउँमा बम फिट गरेर ‘हेर्नुस् यहाँ अब बम बिष्फोट हुँदैछ’ भनेर लाइभ गरे भने आश्चर्य नमान्दा हुन्छ

क्यान्टिकोमा काम गर्दा गर्दै हलिउड चलचित्रमा अभिनय गरेकी प्रियंकाको विषयमा फेरि भद्दा टिप्पणी गर्दै लेखे ‘अपने को–स्टार के साथ इन्टिमेट हुई प्रियंका चोपडा, भाइरल हुवा भिडियो ।’ जबकी क्वान्टिकोमा काम गरेको वर्ष प्रियंका धेरै कमाउने कलाकारको सूचीमा परेको र भारत सरकारलाई धेरै तिरो तिरोको कुराले स्क्रिनमा चिच्याउनेलाई छोएन तर, नायकसंग चुम्बन गरेको रंगिन तस्विर भने पटक पटक छापे ।

सन् २०१८ मा युनिसेफको सद्भावना दुतको हैसियतमा प्रियंका बंगलादेशमा रहेका रोहिंगा शरणार्थी शिबिरमा रहेका बालबालिकालाई भेट्न पुगेकी थिइन् । स्थानिय भाजपा नेताहरुले ट्वीट गर्दै भने, ‘अब प्रियंकाले देश छोड्नु पर्छ ।’ टेलिभिजन प्रस्तोताहरुले भाजपा नेताको स्वरमा स्वर मिलाउँदै चिच्याउन थाले, ‘प्रियंका देश छोडो ।’

यी त केही प्रतिनिधी घटना मात्रै हुन् । भारतीय टेलिभिजनवालाको थेत्तरो शैलीको आलोचना जति गरे पनि सकिँदैन । बलिउडमा मनिषा मात्रै हैन । अहिले पनि शवाना आज्मी, नन्दिता दास, तब्बु, अजय देवगण, नसरुद्दिन शाह, कंगना रनौत लगायत अभिनयकै प्रभावले स्थापित भएकाहरु धेरै छन् । तर, भारतीय मिडियालाई यी भन्दा प्रिय लाग्छ सन्नी लियोनी । ‘पहिलो पटक कति वर्षमा यौन सम्पर्क गरिन् सन्नीले’ यो शीर्षकमा समाचार नलेख्ने न्युज पोर्टल नभेटिएला ।

नेपाल सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक ग-यो । एकथरी विद्वानहरु जोडले कराए ‘नेपाल सरकारले यस्तो महान काम गरिसक्यो खै नेपाली मिडियाले लेखेको ? ती विद्धानहरुलाई मेरो आग्रह छ । मिडियाबाट त्यस किसिमको अपेक्षा नगर्नु होला ।  किसानको समस्याका बारेमा कहिल्यै नबोल्ने भारतीय मिडियाले चुनावताक नरेन्द्र मोदीलाई खेतको बिचमा बसाएर जर्बजस्ती किसानका समस्याका बारेमा बोल्न लगाउदै फोटो शेसन गराए झै सिंहदरवारमा बस्नेहरुकाे बिना कारण भजन गाउँने काम नेपाली मिडियाले गर्ने छैन । क्वारेन्टाइनमा बस्नेहरुले पानी खान पाएनन् भनेर लेख्नेदेखि मुर्मुरिनु भन्दा क्यारेन्टाइनमा खानेपानीको व्यवस्था गर्नमा ध्यान दिनु उचित होला कि ।

(Visited 1,026 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सभामुखलाई बुझाइयो रुकुम पश्चिम घटनाको प्रतिवेदन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटालाई रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले आज घटनाको प्रतिवदेन बुझाएको छ । अन्तरजातीय प्रेम...

दाङमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, नवजात शिशुसहित ११ जना घाइते

तुलसीपुर । सुत्केरी बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगंजबाट पश्चिम...

‘प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदना र भावनामा ठेस पुर्‍याउन लक्षित छैन’

काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना...

समुदायमा कोरोना देखिएपछि जुम्लाको खलंगामा निषेधाज्ञा

जुम्ला । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि मंगलवार दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम...

भर्खरै

कोभिड–१९ विरुद्ध लड्न जुझारु कर्मचारीतन्त्रको खोजी

कोभिड–१९ ले निकै जोरी खोजेको देखिन्छ । यसलाई निस्तेज गर्न मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र आक्रामक हुनुको विकल्प छैन । गत ११ चैत्रदेखिको...

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत...

आईजीपी थापाका चुनौती

बाढीपहिरोको जोखिम, कोरोना संक्रमणको बिगबिगी तथा सत्ताशक्तिभित्रकै चुलिएको स्वार्थको प्रतिस्पर्धाजस्तो असामान्य परिस्थितबीच सहज ढंगले नै शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं आईजीपी बनेका छन्...

उद्धार र राहत सँगै अघि बढाऊ

देशका विभिन्न भागमा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएको छ । हरेक वर्षको वर्षायाम कतिपयको काल...

धेरै पढिएका

कोभिड–१९ विरुद्ध लड्न जुझारु कर्मचारीतन्त्रको खोजी

कोभिड–१९ ले निकै जोरी खोजेको देखिन्छ । यसलाई निस्तेज गर्न मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र आक्रामक हुनुको विकल्प छैन । गत ११ चैत्रदेखिको...

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत...

आईजीपी थापाका चुनौती

बाढीपहिरोको जोखिम, कोरोना संक्रमणको बिगबिगी तथा सत्ताशक्तिभित्रकै चुलिएको स्वार्थको प्रतिस्पर्धाजस्तो असामान्य परिस्थितबीच सहज ढंगले नै शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं आईजीपी बनेका छन्...

उद्धार र राहत सँगै अघि बढाऊ

देशका विभिन्न भागमा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएको छ । हरेक वर्षको वर्षायाम कतिपयको काल...

ई-पेपर

(Visited 42 times, 1 visits today)