ख्याल ख्यालैमा साथीको हत्या

पछाडिबाट मुक्का हानेपछि सुजन थचक्क भुइँमा बसे । र, पुनः चिच्याउन र कराउन थाले । लगत्तै प्रकाशले जमिनमा रहेको ढुंगो टिपेर सुजनको टाउकोको पछाडि बजारे । ढुंगाको प्रहार सुजनको टाउकोको बायाँ पट्टि लाग्यो । विडम्बना, सुजनको घटनास्थलमै मृत्यु भयो

 

पोखरा । पोखरा–२७, अर्घौमा एक युवकको हत्याकाण्डमा संलग्न रहेको अभियोगमा २ जनालाई कास्की प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन दिएको जानकारी अनुसार सो हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा प्यूठान गौमुखी गाउँपालिका वडा ३ घर भै हाल पोखरा २७, सुन्दरीबजार बस्ने वर्ष २३ का प्रकाश घर्ती मगर र वर्ष २१ का थमन पुनमगर छन् ।

उनीहरुले गत शनिबार कास्कीको मादी घर भै हाल पोखरा–२७ सुन्दरीबजार बस्ने २१ वर्षीय सुजन बिकलाई हत्या गरी खाल्डो खनेर गाडेकोमा प्रहरीले मंगलबारमात्र शव उत्खनन् गरेको थियो । उनीहरुले लेखनाथमा बिजुलीको काम गर्ने गर्दैआएका थिए ।

घटना विवरण अनुसार जेठ ३ गते राति सवा ७ बजेदेखि सुजन, प्रकाश, थमनले रक्सी खाए । उनीहरु रक्सी खाएपछि घरजान भनी निस्के । बाटोमा सुजनले आफूहरुलाई गालीगलौच र होहल्ला गर्दै हिड्न थालेपछि सहकर्मीहरुले निको मानेनन् । एकदुई पटकसम्म हल्ला नगर भनी सम्झाए पनि । पछि अटेर गरेपछि थमनले सुजनलाई मुक्का हाने । पछाडिबाट मुक्का हानेपछि सुजन थचक्क भुइँमा बसे । र, पुनः चिच्याउन र कराउन थाले । लगत्तै प्रकाशले जमिनमा रहेको ढुंगो टिपेर सुजनको टाउकोको पछाडि बजारे । ढुंगाको प्रहार सुजनको टाउकोको बायाँ पट्टि लाग्यो । विडम्बना, सुजनको घटनास्थलमै मृत्यु भयो । सामान्य निहुँमा सहकर्मीकै मृत्युपछि अभियुक्त प्रकाश र थमन कालोनीलो भए । उनीहरुले हाल शव भेटिएको स्थानभन्दा करिब दुई–तीन सय मिटर पूर्वतर्फ सुजनको हत्या गरेका थिए । पछि शव झुण्डाउँदै उनीहरुले बाँझो रहेको खेतको डिलमा ढुंगाको पर्खालबाट शव छिराए । र, घर फर्किए । मिलेर सँगै फेरि गाँजा खाए ।

शव सही व्यवस्थापन नभएकोले हत्याकाण्डको पोल खुल्ने डरले उनीहरु राति पुनः घटनास्थल गए र काठको दाउराले केही भाग खनी खोस्री सामान्य तरिकाले ढुंगाले पुरेर फर्के । उनीहरु घर फर्किदाँ रातको साढे १२ बजेसकेको थियो ।

साथीहरुसँग सँगै गएको छोरो नफर्केपछि सुजनकी आमाले उनीहरुलाई सोधखोज गरिन् । उल्टै उनीहरुले पर चौतारीसम्म गएको पछि अर्को साथीले बोलाएकोले १५ मिनेटमै आउँछु भनी गएका हुन् । हामीलाई थाहा भएन । के अझैसम्म आएका छैनन् र ? भनी उल्टै प्रतिप्रश्न गरेको आफूहरुसमक्ष बयान दिएको घटनाको व्यहोरा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा दिए ।

शव सही व्यवस्थापन नभएकोले हत्याकाण्डको पोल खुल्ने डरले उनीहरु राति पुनः घटनास्थल गए र काठको दाउराले केही भाग खनी खोस्री सामान्य तरिकाले ढुंगाले पुरेर फर्के । उनीहरु घर फर्किदाँ रातको साढे १२ बजेसकेको थियो

घटनाको भोलिपल्टै नै अभियुक्त २जनाले घर जान्छु भन्दै आफूहरुले काम गर्ने ठेकेदारसँग पैसासमेत मागेका थिए । तर पछि काम हुने भन्दै फर्किन दिएनछन् । यता, सुजन हराएपछि घरपरिवारले सोधखोज गरेपनि पत्तो नलागेपछि जेठ ६ गते मंगलबारमा प्रहरीसमक्ष उजुरी गरेका थिए । उजुरी परेकै दिन साँझ ५ बजेतिर कास्की प्रहरी प्रमुख कार्कीसहित डाँडाकोनाक प्रहरी चौकीका प्रमुखर प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाट, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारी सम्मिलित टोलीले स्थानीयले शव भेटिएको सूचना आधारमा घटनास्थल पुगेको थियो ।

सोपछि आगोको फिलिङ्गो झैं हत्याकाण्डको घटना बाहिरियो । प्रहरीले घटनाको अनुसन्धान क्रममा १० जना मानिसलाई पक्राउ गरी बयान लिएर छाडेको थियो । ती १० जनामध्ये अभियुक्त भनिएका प्रकाश र थमन पनि थिए । सुरुवातमा कठिन परेको प्रहरीलाई पछि ‘न्यारो डाउन’ गर्दै जाँदा हत्याको रहस्यसँगै अभियुक्त पहिचान गर्न सहज भएको बताइएको छ । उनीहरुलाई बिहीबार बिहान पुनः पक्राउ गरिएको हो ।

कास्कीमा गत जेठ ३ मा समेत पोखरा १४ मा २२ वर्षीय बिमल रानाभाटको शव प्रहरीले गाडिएकै अवस्थामा फेला पारेको थियो । आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर रानाभाटको हत्या गरेको अनुसनधानमा खुलेको थियो । परियारले १ महिनाअघि रानाभाटलाई घनले हानेर हत्या गरी उनकै घर पछाडि बारीको डिलमा शव गाडेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ