सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै अनिश्चित !

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने टुङ्गो अझै लागेको छैन । जेन्जी आन्दोलनमा जलाइएको प्रदेश सभा भवनको मर्मत नसकिएकाले सभा बस्ने ’bout टुंगो नलागेको हो । गत भदौ २४ मा आन्दोलनकारीले सुदूरपश्चिम प्रदेश सभामा समेत आगजनी गरेका थिए ।

अहिले प्रदेश सभाको मर्मतको काम भइरहेको छ । प्रदेश सरकारले भवन निर्माण गर्न २० लाख बजेट निकासा गरेको थियो । उक्त बजेटबाट सभा हल मर्मत भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।

सूचना अधिकारी जैसीले प्रदेश सभा भवन मर्मत गर्दै अझै कम्तिमा दुई हप्ता लाग्ने बताएका छन्। मर्मतको काम सकिएपछि फर्निचर र उपकरण जडानमा थप समय लाग्ने उनले बताए ।

प्रदेश सभाको छैटौं अधिवेशन चलिरहेकै अवस्थामा जेन्जी आन्दोलनमा आगजनी भएको हो । प्रदेश सभा चलाउन नसक्दा प्रदेश सरकारको कानुन निर्माण र ऐन संशोधनको काम प्रभावित भएको छ ।

जलेका फर्निचर र उपकरण जोड्न दातृ संस्थाको सहयोग
प्रदेश सभा मर्मतका लागि २० लाख बजेट दिएको प्रदेश सरकारले फर्निचर र उपकरण जडानका लागि बजेट दिएको छैन ।

जसका कारण प्रदेश सभाले फर्निचर र उपकारणका लागि दातृ संस्थासँग सहयोग मागेको छ । प्रदेश सभामा फर्निचर र आवश्यक उपकरण जडान गर्न युएनडिपी, युएनएफपी दगायतका दातृ संस्थाले सहयोग गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै