के हो नागरिक शिक्षा र किन आवश्यक छ ?

आमूल राजनीतिक परिवर्तन भए पनि नेपालमा लोकतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व र विधिको शासन कायम हुन सकिरहेको छैन । लोकतन्त्रको आधार पारदर्शिता, जवाफदेहिता, स्वतन्त्र न्यायपालिका, सहिष्णुता, भिन्न मतको सम्मान, कानुनी शासनजस्ता विषय हुन् । लोकतन्त्रका यी आधारभूत मूल्य र मान्यताको अवस्था कमजोर छ । यसको अर्थ उल्लिखित ठाउँ र पदमा कार्यरत व्यक्ति एवं व्यक्तित्वमा नागरिक शिक्षा अभाव रहेको बुभ्mनुपर्छ ।

नागरिक शिक्षाले राज्य र नागरिकबीचको सम्बन्ध बुझाउने, देशको संविधान, कानुन, नियम, विनियम तथा राज्यका अंगले प्रदान गर्ने जनसेवा’bout ज्ञान दिन्छ । नागरिकलाई आप्mना हक र अधिकारको कुरा गर्ने मात्र होइन, कर्तव्यबोध भएको जिम्मेवार व्यक्ति तथा समाज निर्माण गर्न नागरिक शिक्षाले महŒवपूर्ण भूमिका खेल्छ । त्यसैले समाज नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित हुनुपर्छ ।

नेपालको संविधान, २०७२ ले नागरिकलाई यथेष्ट अधिकार प्रदान गरेको छ । तर, नागरिकले अधिकारस“गै जोडिएको कर्तव्य पालना गरेको पाइ“दैन । समाजले अधिकार र कर्तव्यलाई एक सिक्काका दुई पाटाका रूपमा नबुझेसम्म घरपरिवार, समाज र देशप्रति गर्नुपर्ने दायिŒव ओझेल पर्छन् । जनतालाई अधिकारमा सचेत र कर्तव्यमा जिम्मेवार बनाउनका लागि नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ । नागरिक शिक्षाले प्रजातान्त्रिक आचरण विकास गर्छ । व्यक्तिगत स्वार्थबाट माथि उठी सामूहिक स्वार्थमा काम गर्ने सामाजिक चेतना विकास गर्न भूमिका खेल्छ ।

नागरिक शिक्षाले प्रशिक्षित व्यक्ति वा समाजले आफ्नो स्वार्थ पूरा गर्दा अरूको स्वार्थमा धक्का दिन नहुने हेक्का राख्नसक्छ । व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थका अगाडि त्याग गर्नसक्ने क्षमता विकास गर्न नागरिक शिक्षाको ज्ञान अनिवार्य सर्त हुन आउँछ । नागरिक शिक्षाको ज्ञानबिना देशका संघसंस्था, राजनीतिक दल, प्रशासनतन्त्रलगायत संयन्त्रले निःस्वार्थ रूपमा जनमुखी काम गर्न सक्दैनन् । अहिले मुलुकमा यस्तै भइरहेको छ ।

आज समाजमा भ्रष्टाचार व्याप्त छ । अनियमितता र दण्डहीनताले सीमा नाघेको छ । सामाजिक जीवन द्वन्द्व र कलहले ग्रस्त छ । आपसी सहिष्णुता र सद्भाव खलबलिएको छ । समाजको यस्तो भद्रगोल अवस्थाका कारण जेनजी आन्दोलन भयो । राजनीतिक दल र राज्यले देश र जनताका लागि काम गर्न नसकेको अनुभूतिले जेनजीले सुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलन गरे । जेनजी आन्दोलन दबाउन सरकारले गोली हान्ने काम ग¥यो । सरकारको यो कार्य लोकतान्त्रिक थिएन । यदि, सरकारका संयन्त्रमा रहेका मानिसले नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित भएको भए यसो हुने थिएन । सरकाले देखाएको गैरजिम्मेवार कार्यले गर्दा गत २४ भदौमा विध्वंशकारी घटना भएको हो । देशका प्रशासनिक, ऐतिहासिक, पुराताŒिवक धरोहर जले । व्यक्तिका घर जलाउने कार्य भयो । यदि, नेपाली समाजमा नागरिक शिक्षाको ज्ञान भएको भए देशमा यति ठूलो क्षति हुने थिएन । सिंहदरबार जल्ने थिएन । सर्वोच्च अदालत खरानी हुने थिएन । व्यक्तिगत बदला लिने काम हुने थिएन । यसकोणबाट नेपाली समाजको चरित्र विश्लेषण गर्दा नागरिक शिक्षा अभाव देखिन्छ । नागरिक शिक्षाको ज्ञानबिना सभ्य तथा जिम्मेवार समाज निर्माण हुन सक्दैन ।

नागरिक शिक्षाले मानिसको अधिकार र कर्तव्यबोध गराउँछ । देशमा अधिकारका धेरै कुरा उठ्ने गरे पनि आप्mनो कर्तव्य न राज्यले पूरा गरेको छ, न त नागरिकले नै † ३५ वर्षको लोकतान्त्रिक अभ्यासमा जनतातामा अधिकारउन्मुख चेतना बढ्यो । अधिकार आत्मबोध हुन सकेन । मुलुकमा हुने गरेको कालोबजारी, भ्रष्टाचार, अनियमितता, मह“गी, प्रशासनिक ढिलासुस्तीजस्ता कार्यविरुद्घ सिंगो समाज एकजुट भएर सरकारलाई दबाब दिन सकेको अवस्था छैन । जनता राजनीतिक दल र कार्यकताका रूपमा बाँडिनाले राज्यका कमी कमजोरीप्रति खरो खबरदारी हुन सकेन । फलतः सरकार जनताप्रति जवाफदेही भएन । त्यसैले, जनताको आक्रोश विद्रोहमा परिणत हुनपुग्यो । समाज सचेत भएको भए राजनीतिक दल र राज्यका कमी कमजोरीमा जनदबाब हुने थियो । सरकार जवाफदेही हुने थियो । समाजमा यति धेरै वेथिति झाँगिने थिएनन् ।

नेपाली समाजमा यसर्थ पनि नागरिक शिक्षा चाहिन्छ कि समाज बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक तथा बहुभाषिक चरित्रको होस् । यस्तो विविधताभित्र एकताको संस्कृति विकास गर्न समाजमा सामाजिक सद्भाव, आपसी सम्मान र सहिष्णुता आवश्यकता हुन्छ । नागरिक शिक्षाले राष्ट्रिय एकताको चेतना र सामाजिक सद्भावको आचरण विकास गर्न मद्दत गर्छ ।

कुनै पनि राष्ट्रमा नागरिक एकता र राष्ट्रियता बलियो हुनका लागि त्यस देशका नागरिक अनुशासित, कर्मशील र सहयोगी हुन जरुरी हुन्छ । नागरिक शिक्षाले समाजमा स“गै बस्न, स“गै काम गर्न, सबैको हितमा सक्रिय हुन, एकअर्काको सम्मान गर्न, हरेक जातजाति, भाषाभाषी समुदायबीच सबैका मूल्य, मान्यता, संस्कृति, चलन र प्रचलनलाई स्वीकार गर्नसक्ने क्षमतामा विकास गर्न सहयोग गर्छ ।

अहिले युवापुस्तालगायत भिन्न उमेर समूहका मानिस सामाजिक सञ्जाल प्रयोग गर्छन् । केही व्यावसायिक सामाजिक सञ्जाल प्रयोगकर्ताबाटै गलत सूचना प्रवाह गर्ने, अफवाह फैलाउने, भ्रामक सूचना प्रचारप्रसार गर्ने कार्य भइरहेको छ । नेपाली समाजमा मिथ्या सूचना धेरै र सत्यतथ्य कम भएको अवस्था छ । अहिले देशमा सयौंको संख्यामा राजनीतिक दल छन् । यी दलले आप्mनो दुनो सोभ्mयाउने, भ्रमपूर्ण प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्नेजस्ता काम गरिरहेका छन् । २१ फागुनमा हुने भनिएको निर्वाचनमा राजनीतिक दललाई ‘फिल्टर’ गर्नसक्ने जनचेतना आवश्यक छ । हल्ला र दुष्प्रचारबाट बचेर देश र जनताका लागि काम गर्नसक्ने राजनीतिक दल र नेता विशेष चयन गर्नसक्ने क्षमता अभिवृद्धिका लागि नागरिक शिक्षाको ज्ञान चाहिन्छ ।

लोकतान्त्रिक समाजको मेरुदण्ड सचेत समाज हो । सचेत समाजले मात्र राज्य, सत्ता, नीति र समाजका प्रश्न बुझेर, सोधेर, छलफल गरेर, सत्यतथ्य केलाएर मात्र निर्णय लिनसक्छ । लोकतान्त्रिक समाजमा सचेत मतदाता नभएसम्म सक्षम नेतृत्व चयन हुन सक्दैन । ‘मत’ भन्नाले सोचविचार गरीकन निर्णयमा पुगिएको विचार हो । हाम्रो संविधानले १८ वर्ष पूरा भएका हरेक नागरिकलाई आपूmले चाहेको राजनीतिक दल वा व्यक्तिलाई निर्वाचनमा स्वतन्त्रपूर्वक मत दिन पाउने अधिकार दिएको छ । यस अधिकारलाई उचित तरिकाले सदुपयोग गर्न राजनीतिक शास्त्रको ज्ञान आवश्यक ठानिन्छ ।

(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासीका घर जर्बजस्ती नभत्काउन सर्वोच्चको आदेश