खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने

जडीबुटी भण्डारण तथा प्रशोधन गर्न उक्त केन्द्र स्थापना गर्न लागि दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईलगायत अतिथिहरु ।

खोटाङ । कोशी प्रदेश सरकारले खोटाङमा निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको तीन करोड रुपैयाँ लगानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको हो ।

प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीहरूको वैज्ञानिक ढङ्गले संकलन, भण्डारण तथा प्रशोधन गर्न उक्त केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताए । खोटाङ उद्योग वाणिज्य संघको समन्वयमा बुधबार दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खोटाङमा स्थापना गर्न लागिएको जडीबुटी प्रशोधन केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, संकलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिए ।

प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालन हुने जडीबुटी प्रशोधन केन्द्रले जडीबुटीको अव्यवस्थित संकलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्ने उहाँले बताए । दश स्थानीय तह रहेको खोटाङमा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

मन्त्री राईले प्रशोधन केन्द्र स्थापना भएपछि जडीबुटी उत्पादन गर्ने किसान र संकलकहरूलाई उचित बजार मूल्य दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । जिल्लामा स्थापना गर्न लागिएको जडीबुटी प्रशोधन केन्द्र कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य संघसँग सम्बद्ध कार्यदलले तयार पारेको विस्तृत योजना अनुसार सञ्चालनको तयारी गरिएको छ । प्रशोधन केन्द्र स्थापना भएपछि जडीबुटीको गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ तथा बजार व्यवस्थापन जिल्लामै गरिने जनाइएको छ । कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय सरोकारवाला निकायले जडीबुटी क्षेत्रको सम्भावना र चुनौती’bout आफ्नो धारणा राखेका थिए ।

उनीहरुले प्रदेश सरकारको यो योजनाले जिल्लाको दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । जिल्लामा उत्पादित जडीबुटी अहिलेसम्म व्यवसायीहरुले आफूखुशी सङ्कलन गरेर लाने गरेका छन् । बहुमूल्य जडीबुटीको उचित मूल्य निर्धारण नहुँदा जिल्लाका किसानहरु मर्कामा पर्दै आएका छन् ।

सडक सञ्जाल जोडिएसँगै जिल्लामा उत्पादित जडीबुटी निर्यात हुन थालेपछि व्यवसायिक खेती गर्ने किसानको संख्यासमेत बढ्दै गएको छ । जिल्लाका किसानहरुले चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटो लगायतका जडीबुटीको व्यवसायिक खेती गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट