कांग्रेसको खस–आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरणअनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६२३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन् ।

उनलाई जगदीश्वरनरसिंह केसीले ५४५ मतका साथ पछ्याइरहेका छन् । आचार्य र केसीबीच ७८ मतको अन्तर रहेको छ ।

यसैगरी, सोही पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले ११४ मत पाएका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा खस–आर्यसहित विभिन्न क्लस्टरका पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना कार्य तीव्र गतिमा जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

आज थप छ क्लस्टरको गणना भइरहेको छ भने केही क्लस्टरको हिजोदेखि मतगणना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ किन रोकियो ?