उदयपुर । धारिलो हतियार खुकुरी प्रयोग गरी भाईको हत्या गरि फरार भएका युवालाई प्रहरीले १८ घण्टापछि नियन्त्रणमा लिन सफल भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह हाटखोलामा आफ्नै दाईले धारिलो हतियार प्रयोग गरि शनिवार बिहान भाईको हत्या गरेको थियो ।
शनिवार बिहान २ बजे ४३ वर्षिय दाई युवराज राईले ३० वर्षिय भाई धर्मराज राईको खुकुरी प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नाबय उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भिर घाईते भएका धर्मराज राईलाई तत्काल जिल्ला अस्पताल गाईघाटमा उपचारका निम्ति ल्याएकोमा उपचारको क्रमशमा चिकित्सकले बिहान २ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो । हत्या गर्ने दाई युवराज भने फरार भएका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा दाजुले धारिलो हतियार खुकुरीले भाईलाई शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार भएका उनलाई त्रियुगा नगरपालिका– ४ बगाहाबाट १६ घण्टापछि नियन्त्रणमा लिएका छन । युवराजले आमालाई कुटपिट गरेपछि दाजु भाई बीच वादविवाद भएको थियो ।
युवराजको कुटपिटबाट आमा घाईते भएको स्थानीयबासीले बताएका छन । युवराज राईले आमा रुपमायाको समेत हत्याको प्रयास गरी गम्भीर घाइते बनाएका थिए । मादक पदार्थ सेवन गरी घर पुगेका उनले आमासँग पैसाको कुरामा विवाद गरी एक्कासी मरनासन्न हुने गरी कुटपिट गरेका थिए । उनले आमालाई मोवाईल सेटले टाउकोमा प्रहार गरि ढलेपछि घाँटी थिचेर हत्या प्रयास गरेको थियो ।
घरमा होहल्ला भएपछि छरछिमेकी आई घाईते आमालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाएका थिए । कुटपिटबाट आमा घाइते भएपछि उपचारमा गएको मौकाछोपी भाइको हत्या गरेका थिए । आमा र दुई छोरा गरी तीन जना मात्र घरमा बस्दै आएका थिए । घटनास्थल वडा नं. १ र २ को सिमानामा पर्छ ।
प्रहरीले चारै तिर घेरा बन्दी गरि फरार युवराजको खोजतलास गर्ने क्रममा त्रियुगा नगरपालिका– ४ सालघारी बगाहास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले सनिवार साँझ ६ बजेर ३० मिनेटमा बगाहाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
सम्बन्धित समाचार
आन्दोलनमा तोडफोड र आगजनी आरोपमा इलामबाट १५ पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
उदयपुर र दक्षिणी खोटाङबीच पहिलोपटक सीधा यातायात जोडिने
सिन्धुलीमा जेनजी आन्दोलनमा तोडफोड तथा आगजनीमा संलग्न १५ जना पक्राउ
किसान गोठला र खेतालाको सरकार बन्छः अध्यक्ष साम्पाङ
कालीगढ पेसालाई पुस्तान्तरणको खाँचो
धनकुटा आँखा अस्पतालबाट १८ हजारले लिए सेवा
पाख्रीबासमा करेन्ट लागेर किशोरको मृत्यु






