टेलिफोन टावर चढे युवक

पत्नी हुँदाहुँदै सालीसँग विवाह गराइदिन दबाब दिन टेलिफोन टावरमा चढेको घटना सार्वजनिक भएको छ। सालीसँग बिहे नगराइदिए आत्महत्या गर्ने चेतावनीसहित ती युवक गाउँकै एक टेलिफोन टावरमा चढेका थिए ।

घटना भारतको उत्तर प्रदेश राज्य अन्तर्गत औरैया जिल्लाको गोपालपुर गाउँमा भएको हो। सहरुद्दीन उर्फ शेरा नाम गरेका युवक सोमबार बिहान करिब ९ बजे टेलिफोन टावरमा चढेर सालीसँग विवाह गराइदिन परिवारलाई दबाब दिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी र स्थानीय प्रशासनको समन्वयमा उनलाई सम्झाइ–बुझाइ गरी सुरक्षित रूपमा टावरबाट तल झारिएको थियो । त्यसपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

घटनाले स्थानीय क्षेत्रमा केही समय तनावको स्थिति सिर्जना भए पनि प्रहरीको सक्रियतापछि अवस्था सामान्य बनेको बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 443 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन