एनपीएलमा आज दुईवटा खेल

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् ।

पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।

हालसम्म ती चार टोलीमध्ये जनकपुरले मात्र उपाधि जित्न सकेको छ । सो टिम यसपालि पहिलो सिजनको इतिहास दोहो¥याउने लक्ष्यमा छ ।

अर्कातर्फ कर्णाली पनि पहिलो उपाधिको खोजीमा छ । आजै हुने पहिलो खेलमा प्रतिस्पर्धा गर्ने चितवन र विराटनगर पनि उपाधि हात पार्ने उद्देश्यले मैदानमा उत्रँदै छन् ।

यस पटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस)को व्यवस्था गरिएको छ ।

यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ ।

प्रतियोगितामा उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलमा आज दुईवटा खेल