छलफल सकारात्मक भएको रविले के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताएका छन् ।

बिहीबार ललितपुरमा दुई नेताबिच छलफल भएको थियो । छलफलपछि बाहिरिँदै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका हुन् ।

बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् भन्दै सञ्चारकर्मी लामिछानेलाई प्रश्न गरेका थिए । सोको जवाफ दिँदै लामिछानेले भने,’समयले बताउला । वार्ता राम्रो भो ।’

यसैबिच बैठकमा सहभागी जेनजीहरु पनि बाहिरएका छन् । उनीहरूले सञ्चारकर्मीसँग प्रतिक्रिया दिन मानेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी