उदयपुर । ईलाका प्रहरी कार्यालय बेल्टार र लागु औषध नियन्त्रण ब्यूरो बिराटनगरको संयुक्त टोलीले ठुलो परिणाममा प्रतिबन्धित लागु औषध गाँजा सहित बोलेरो जीप सहित दुई जनालाई सनिवार बिहान नियन्त्रणमा लिएको छ ।
मदन भण्डारी लोकमार्ग अन्र्तगत चौदण्डीगढी नगरपालिका– ३ पैतालिस चोकमा रामपुर देखि गाईघाट तर्फ आउदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडी चेकजाँचको क्रममा प्लास्टिकको बोरामा प्याक गरेको अबस्थामा ७६३.७६ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।
प्रहरीले बोलेरो गाडी सहित चालक बेलका नगरपालिका– ६ का २३ वर्षिय रबिनकुमार राई र गाडीमा सवार अर्का बेलका नगरपालिका– ९ रामपुर बजारका २८ वर्षिय रामबहादुर राईलाई ७६३.७६ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
बिहानको राती ०.३० बजेतिर गाँजा सहित सवारी साधान चालक र त्यसमा सवारलाई नियन्त्रणममा लिएर अनुसन्धान थालेका हुन । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ परेको ब्यक्ति र गाडीलाई ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भैरहेको बताए ।






