नैतिक जिम्मेवारी लिएर राजीनामा गरेको हुँ : रमेश लेखक

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले गृहमन्त्रीलाई बल प्रयोग गर्न आदेश दिने कुनै अधिकार नै नभएको बताएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगसमक्ष लिखित बयान दिँदै लेखकले लिखित अधिकार नभएको बल प्रयोगको निर्देशन नदिएको बताएका हुन् । बरु गृहमन्त्रालयको नेतृत्वमा बसेकोले नैतिक जिम्मेवारी लिएर राजीनामा गरेको बताएका हुन् ।

‘राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो बिश्वास रहेको छ । त्यसै कारण नैतिकताका आधारमा राजीनामा दिएको हो । अन्यथा यस्ता प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्ने ’bout कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ,’ लेखलले भनेका छन्, ‘गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन । सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यस ’bout ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।’

जेन–जी आन्दोलनका क्रममा २३ भदौमा बानेश्वर संसद भवन परिसरमा १९ जना युवा प्रहरीको गोली लागि मारिएका थिए । सो घटनालगत्तै लेखकले राजीनामा गरेका थिए । दुःखद् घटनापछि आफूले पदीय नैतिकता देखाएको उनको भनाइ छ ।

‘गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यस दुःखद् घटनाबाट म अत्यन्त मर्माहत भएँ । ठूलो पीडावोध भएकाले देशको गृहमन्त्रीको पदमा रहेको व्यक्तिले पदीय नैतिक जिम्मेवारी बोक्नु पर्दछ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल घटनाको नैतिक जिम्मेवारी लिइ राजीनामा गरेको हुँ,’ लेखकले भनेका छन्, ‘म अहिले पनि भन्छु – भाद्र २३ को घटना हुँदा म देशको गृहमन्त्री थिएँ, मैले गृहमन्त्रीका हैसियतले काम गर्दा सदैब नेपालको संविधान, प्रचलित अन्य कानून, गृह मन्त्रालयको जिम्मेवारीसंग सम्वन्धित सरकारका नीति भित्र रहेर असल मनशाय का साथ काम गरेको छु र यि सबै बिषयका साथै मेरो व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै विर्सिएको छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे