सर्लाहीको गोडैतामा फेरि थपिए १२ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा फेरी थप १२ जनामा कोरोना संक्रमित भेटिएको छ । योसँगै गोडैतामा मात्र संक्रमित हुनेको संख्या २५ पुगेको छ । शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति अनुसार १२ जना कोरोना भाइरस संक्रमित भेटिएको छ भने शुक्रबार पनि थप १३ जनामा कोरोना संक्रमण देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

त्यस्तै कविलासी नगरपालिका बस्ने वडा नं. १ पिपरीया बस्ने अन्दाजी ४५÷४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । कविलासीका संक्रमित व्यक्तिको काठमाडौंमा नै कोरोना संक्रमण परिक्षण गरिएको थियो र आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ति पुरुषमा कोरोना संक्रमणको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

त्यस्तै गोडैता नगरपालिकामा ६ गने नगरपालिकाको विभिन्न क्वारेन्टाइनका रहेको ८४ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकु काठमाडौ पिसिआर प्रविधिमा कोरोना परिक्षण गर्न पठाइएकोमा आज सम्मा सबैको रिपोर्ट आई नसकेको हुदा कोरोना संक्रमितको संख्या बढन सक्ने नगर प्रमुख देवेन्द्र रायले जानकारी दिए । आज संक्रमित हुनेहरुमा वडा नं. १ मा एक जना, वडा नं. २ मा एक जना, वडा नं. ३ मा एक जना, वडा नं. ५ मा एक जना, वडा नं. ८ मा दुई जना, वडा नं. ११ मा पाँच जना र वडा नं. १२ मा एक जना गरी १२ जनामा कोरोना संक्रमण देखिएको नगर प्रमुख रायले बताए ।

हिजो मात्रै गोडैता नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिय पुरुषा, वडा नं. ८ बस्ने ३४ वर्षीय पुरुष, वडा नं. ९ बस्ने १८ वर्षीया महिला, वडा नं. १२ बस्ने ३८ वर्षीय पुरुष र वडा नं. ११ बस्ने २५, ३२, २७, २५, २२, ३८, ३८, २४, ३५ वर्षीय पुरुषहरु गरी जम्मा १३ जना र एक जना रामनगरको गरी जम्मा १४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको गोडैता नगरपालिकाकोे नगर प्रमुख देवेन्द्र रायले जानकारी दिए । कोरोना संक्रमित व्यक्तिहरु भारतको मुम्बई, दिल्ली, हरियाना र गुजरात बाट नगरपालिकामा केहि दिन पहिला आएको नगर प्रमुख रायले बताए ।

त्यस्तै गोडैता नगरपालिकामा सिसौटिया, गोडैता, सिमरा भगवतीपुर, बेल्वा जब्दी र मधुवनी गरी पाँच ठाउँमा रहेको क्वारेन्टाइनमा भारत बाट आएको १ सय ६४ जना नगरवासीहरु बसिरहेको छ । नगरपालिकाले रामवनमा दुई वटा क्वारेन्टाइन पनि थपने तयारी गरिरहेको छ । थपिएको क्वारेन्टाइन मध्ये एउटा क्वारेन्टाइन महिलाको लागि मात्र हुने नगर प्रमुख रायले बताए ।

यसअघि पनि रामनगर गाउँपालिका बहुअर्वा गाउँकै १८ वर्षीया युवती, धनकौल गाउँपालिकामा एकजना १४ वर्षीय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षीय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरको त्रियुगा नगरपालिका का ३४ वर्षीय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ