काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलबीच ध्रुवीकरण बढ्दै गएको छ । नयाँ र विगतमा कम जनमत पाएका दल एकीकृत हुँदैगर्दा पुराना दलबीच समेत चुनावी तालमेलका लागि आन्तरिक छलफल सुरु भएको छ ।
साना २३ दल बेग्लै मोर्चाबन्दीको गृहकार्यमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि ‘प्रधानमन्त्री हुने’ सहमति गर्दै रास्वपामा आफ्नो समूहलाई विलय गराए । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा ऊर्जा, सहरी र भौतिक पूर्वाधारसहित तीन मन्त्रालयको ‘कमाण्ड’ सम्हालिरहेका मन्त्री कुलमान घिसिङले पनि आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामै विलय गराए ।
रास्वपाले नयाँ पार्टी एवं समूहबीच एकीकरण गर्दै शक्तिशाली बनेको सन्देश दिएपछि विघठित प्रतिनिधिसभामा तीन ठूला दल पनि चुनावी तालमेलको गृहकार्यमा छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका दल चुनावी तालमेलका लागि छुट्टाछुट्टै छलफलमा छन् । एमालेले कांग्रेस र नेकपा दुबैसँग समानान्तर रूपमा छलफल थालेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी तालमेल’bout भेटेरै छलफल गरेका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कांग्र ेस र एमालेबीच ५०–५० सिट बाँडफाँट गरेर चुनावी तालमेल गर्न सकिने अभिव्यक्ति नै दिएका छन् । कांग्र ेस र एमालेबीच चुनावी तालमेलसहित नयाँ र शक्तिशाली भनिएका रास्वपालाई परास्त गर्ने रणनीति बनाइरहेका छन् । उता, एमाले र नेकपाबीचसमेत चुनावी तालमेल गर्ने ’bout छलफल भइरहेको छ ।
एमाले र नेकपाबीच चुनावी तालमेल गर्ने’bout सार्वजनिक रूपमा स्वीकार नगरिए पनि उनीहरूले अस्वीकार भने गरेका छैनन् । एमाले अध्यक्ष ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चुनावी तालमेल’bout दुईपटक छलफलसमेत भएको स्रोतको दाबी छ । नेकपा र नेकपा एमालेबीच २१ फागुनको निर्वाचनमा मोर्चाबन्दीदेखि चुनावपछि पार्टी एकता गर्ने सम्मका विकल्पमा छलफल चलिरहेको निकट नेता बताउँछन् ।
ओली र प्रचण्डबीच भएको पछिल्ला भेटमा समेत यस विषयमा छलफल भएको छ । यी दुई दल प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति ६ माघअघि नै मोर्चाबन्दीको निर्णयमा पुग्ने बताइएको छ । ‘४ वा ५ माघमा दुई दलबीच समझदारी भयो भने अचम्म नमाने हुन्छ,’ एमालेका एक पदाधिकारीले राजधानीलाई भने । नेकपा संयोजक प्रचण्डले आफूहरूले पनि १६ दल तथा समूहबीच एकीकरण गरेको र छिट्टै ‘केही ठुला दलसँग पनि हुने’ भन्दै अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको अभिव्यक्तिले नेकपाको कांग्रेस वा एमालेसँग चुनावी तालमेल हुने पुष्टि गरेको छ । यद्यपि, चुनावी तालमेल’bout पुराना दलका नेताले स्पष्ट रूपमा कुनै जवाफ दिएका छैनन् । साना, नयाँ एवं जेनजी सहभागितामा खुलेका केही दलबीच पनि तेस्रो गठबन्धन निर्माणका लागि छलफल भइरहेको छ । आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साह नेतृत्वमा तेस्रो गठबन्धन निर्माणका लागि कार्यदल गठन गरेरै छलफल भइरहेको छ ।
त्यस्तै, पत्रकार ऋषि धमला नेतृत्वमा कार्यदल गठन गरेर २३ नयाँ दलबीच तेस्रो गठबन्धन निर्माणका लागि छलफल भइरहेको छ । रवि, बालेन, कुलमानलाई खुल्ला रूपमा चुनौती दिँदै आएका हर्क साम्पाङ राईले तेस्रो गठबन्धन निर्माण गर्दै अगाडि बढनुपर्ने आफूनिकटका नेतासँग बताउँदै आएका छन् । ‘पुराना दल र नयाँ बनेका रवि, बालेनको कुनै काम नभएको’ टिप्पणी गर्दै राईले ‘तेस्रो गठबन्धन निर्माण गर्नुपर्ने’मा जोड दिएका छन् ।






