सप्तरीमा दोस्रो कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाई

सप्तरी । सप्तरीमा दोस्रो कोरोना संक्रमित ३५ वर्षीय युवक चोर बाटोको प्रयोग गर्दै भारतको हरियाणाबाट फर्कि घरमा लुकी बसेको खुलेको छ । शुक्रबार स्वाब परिक्षणको नतिजा कोरोना पोजेटिभ आएपछि अहिले गजेन्द्र नारायण सिहं अस्पतालको आइसोलेसनमा राखिएका उनी ९ दिनअघि नै खुला सिमाको फाइदा उठाउँदै चोर बाटो हुँदै सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित आफनो घरमा आइ परिवारसंग बसेको खुलेको हो ।

छरछिमेकले सो ’bout जानकारी गराएपछि प्रहरीले स्थानियतहको समन्वयमा जेष्ठ ३ गते ती युवक र परिवारका अन्य सदस्यलाई सोही गाउँपालिका स्थित क्’boutन्टाइन केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष दयानन्द गोईतले जानकारी दिए । उनको सम्पर्कमा आएका परिवारका अन्य सदस्यहरुको स्वाब संकलन गरी परिक्षणका लागी धरान स्थित बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले जानकारी दिए ।

यसअघि गत बैशाख २९ गते डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवामा पनि कोराना सक्रमण भएको पुष्टि भएको थियो । उनको पनि गजेन्द् नारायण सिहं अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको अस्पतालका प्रमुख डा चुमन लाल दासले जानकारी दिए । यता पछिल्लो पटक थप एक जनामा कोरोना संक्रमण देखिएपछि बलान विहुल गाउँपालिका वडा न.–४ सिल गरिएको छ भने लकडाउनमा थप कडाइ गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काँग्रेसले गण्डकी प्रदेश सभाको रिक्त पदमा सुनिता थापालाई पठाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी