Tuesday, March 2, 2021
Home प्रदेश रौतहटमा मन्त्री हृदेश त्रिपाठीको पूतला दहन

रौतहटमा मन्त्री हृदेश त्रिपाठीको पूतला दहन

आफताब आलमसंग मिलेर बजेट खर्च गरेको आरोप

गौर । रौतहटको विभिन्न स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको पुतला दहन गरिएको छ ।

मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को संसदीय कोषको बजेट दुरुपयोग गर्न खोजेको भन्दै उक्त क्षेत्रका स्थानीयले नाराबाजीसहित पुतला दहन गरेका हुन् । सारा विश्वसंगै नेपाल पनि अहिले कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रीरहेको समयमा संघीय मन्त्रालयको अग्रसरतामा रौतहट निर्वाचन क्षेत्र नं. २ को सांसद अफताब आलमको अनुपस्थितिमै नियम कानुन विपरीत संसदीय पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन भएको भन्दै विरोध गर्दै पुतला दहन गरिएको हो ।

आर्थिक चलखेल गरेर मन्त्री त्रिपाठी, जेलभित्रबाट सांसद आलम र नेकपाका समानुपातिक सांसद कल्याणी खड्काले मिलेर बजेट दुरुपयोग गरेकाले पुतला दहन गरेको स्थानीय इस्तफाल आलमले बताए । आक्रोशित युवाहरुले मन्त्रीकै संलग्नतामा खर्च भईरहेको अनधिकृत बजेट खर्च नरोकिएकाले लकडाउनको वास्ता नगरी आन्दोलन गर्ने चेतावनी दिए ।

के रौतहट क्षेत्र नम्बर २ को घटना ?

देशमा लकडाउन रहेको बेला मध्य तराईको रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा अहिले संसदीय कोषको विकास कार्यक्रम पूर्णत कानुन विपरीत र गोप्य रुपमा अगाडि बढाइयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाम दिइएको संसदीय कोषको संचालन कार्यविधि विपरीत उक्त क्षेत्रमा आर्थिक हिनामिना गर्ने मनस्थितिबाट बैठक बस्ने र बजेट खर्च गर्न कार्यक्रम संचालन गरेपछी विरोधको आवाज उठ्न थालेको हो ।

कार्यविधि अनुसार उक्त कार्यक्रम संचालनको लागि जारी आर्थिक वर्षको फागुन १५ गतेभित्र सबै बैठक बसेर कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ तर अहिले बैशाख अन्तिम साता बल्ल बैठक बसेको थियो, जुन आफैमा गैरकानुनी हो ।

यसका साथै सम्बन्धित क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा बैठक बस्ने र कार्यक्रम तय गर्ने व्यवस्था छ । तर, रौतहट क्षेत्र नम्बर २ का सांसद अफताब आलम कर्तव्य ज्यान मुद्दामा निलम्बित भई अहिले जेलमा छन् ।

कार्यविधि अनुसार प्रत्यक्ष निर्वाचित सांसद नभएको खण्डमा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद, त्यो पनि नभए राष्ट्रिय सभा सदस्यको संयोजकत्वमा बैठक बसी निर्णय गर्ने व्यवस्था छ । तर उक्त क्षेत्रमा न त समानुपातिक सांसद छ न त राष्ट्रिय सभा सदस्य नै । यहाँ खेल भईरहेको छ जसरी पनि संसदीय बजेट खर्च गर्ने ।

नेपाली कांग्रेसका नेता तथा उक्त क्षेत्रका सांसद अफताब आलम जेल भित्रैबाट संसदीय बजेट खर्च गर्न सक्रिय छन् भने रौतहटकै नेकपाका एउटा गुट उनीसँग तालमेल गरी बजेट खर्च गर्न बैठक बसी कार्य अगाडि बढाइएको छ ।

अनधिकृत रुपले खर्च गर्न खोजिएको उक्त बजेटमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको नजर छ । उनकै मन्त्रालय मातहत रहेको कार्यक्रम गैरकानुनी रुपमा गलत नियतले अगाडि बढाइदा पनि मन्त्रालयको हस्तक्षेप नहुनुले यसको पुष्टि गर्छ ।

कार्यक्रम संचालनका लागि सक्रिय छिन नेकपा सांसद कल्याणी कुमारी खड्का । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद खड्कालाई जेलभित्रबाट अफताब आलमको समर्थन छ भने बाहिर मन्त्री हृदयेश त्रिपाठीले सघाएका छन् ।

गुपचुप रुपमा कार्यविधि विपरीत बैठक बसी कार्यक्रम अगाडि बढाउन थालिएपछी यसको विरोधमा चौतर्फी आवाज उठेको हो । नेकपा सांसद रेखा कुमारी झाले त उक्त कार्य रोक्न लिखित रुपमै उजुरी दिएकी छिन् । रौतहट क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले फेसबूममा स्टाटस राखी यस कार्यको विरोध गरेका छन् ।

(Visited 521 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

ट्रेन्डिङ

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

चौतारा । रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु-याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत...

तिहार र छठमै व्यापारीद्वारा चिनीमा मनलाग्दी रकम असुली, सर्वसाधारण मारमा

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको...

प्रधानमन्त्री ओली जन्मघरमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुगेका...

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत...

रिर्पोट नआउदै क्वारेन्टाईनबाट घर पठाईएका ५८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिकाले क्वारेन्टाईनबाट घर पठाएकाहरुमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउपालिकाले कोरोना परिक्षणका लागि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि...

सुदूरपश्चिममा थपिए १ सय ६३ जना कोरोना संक्रमित

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा शनिबार १ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परिक्षणमा डोटी जिल्लाका ९२ जना,...

इटहरीमा एकैदिन ३४ जनामा कोरोना संक्रमण

इटहरी । इटहरी उपमहानगरपालिकामा आज एकैदिन ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार भदौ ३१ गते गरिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)