काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनका लागि कालिकोटबाट एकल सिफारिस भएका छन् । प्रचण्डको एकल नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेको हो ।
गएको निर्वाचनमा कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित भए थिए । यसअघि नुवाकोट १, सिन्धुली २, रामेछाप, महोत्तरी ४, गोरखा १ रोल्पा, कैलाली ३, काभ्रे र कास्की १ बाट पनि प्रचण्ड उम्मेदवार सिफारिस भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)






