सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश,जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् ।
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज (शुक्रवार) नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको उपलब्धी,संविधान बचाउन बामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन् ।

आन्दोलनको उपलब्धी,देशका रक्षा र जनता बचाउन बामपन्थी र समाजवादी एकता आवश्यकता भएको उनको भनाइ छ । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । संकटमा परेको राष्ट्रलाई निकास दिन बामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको बताए । हालै देखिएको जेनजी पुस्ताको आन्दोलनले युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थिति’bout नवयुवाहरू सचेत रहेको स्पष्ट पारे ।
दाहालले नेपालका दुवै छिमेकी मुलुकलाई सन्तुलनमा राखेर अघि बढ्नु जरुरी भएको बताए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए । नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको उनको भनाइ थियो ।






