काठमाडौं । लकडाउनमा समस्यामा परेकालाई धेरैले विभिन्न स्थान राहत वितरण गरे । चाहिने ठाउँमा भन्दा नचाहिने स्थानमा राहत वितरण भयो भनेर धेरैतिर आलोचना सुन्नमा पनि आयो । दैनिक ज्यालादारी र श्रमिक बसोबास गर्ने स्थानमा खाद्यन्न र स्वास्थ्य सामग्री वितरण गर्ने स्वयसेवकले भने स्वायबासी पाए ।
यसरी सबैतिरबाट स्याबासी पाउने स्वयसेवकमध्येका एक हुन् बुढानीलकण्ड– १० का किरण गुरुङ । श्रमिकलाई खाद्यन्न, वडावासीलाई मास्क र सेनिटाइजर तथा स्वास्थ्य समस्यामा परेकालाई अस्पतालसम्म पु-याएर किरणले सबैतिरबाट स्वायवासी पाएका हुन् । समाजसेवामा उनी यसरी सक्रिय छन् जसको स्याबासी र प्रशंसाले मात्र पुग्दैन, पुरस्कृत नै गर्नुपर्ने व्यक्तित्व उनले निर्माण गरिसकेका छन् ।

कपन साततले क्षेत्रका गुरुङले सुरुका दिनमा मास्क र सेनिटाइजर वितरण गरे । व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने मास्क र सेनिटाइजर गुरुङले बुढानीलकण्ड– १० नम्बरको लगभग वडाभरि नै निःशुल्क वितरण गरेका थिए ।
त्यसपछि वडा कार्यालय र विभिन्न संघसंस्थासँग समन्वय गरेर उनी राहत वितरणमा सक्रिय भए । काठमाडौं निर्वाचन क्षेत्र ४ मा रहेको कपन साततले र त्यस ’roundको क्षेत्रमा खाद्यन्न, खाना र स्वास्थ्य सामग्री वितरणका लागि उनले धेरै संघसंस्था गुहारे । उक्त निर्वाचन क्षेत्रमा ५ जना नेपाली कांग्रेसका सांसद भएकाले पनि राहत संकलन र वितरणमा सहज भएको गुरुङको अनुभव छ । नेपाली कांग्रेसको कार्यकर्तासमेत रहेका गुरुङले त्यस क्षेत्रबाट प्रतिनिधिसभाका निर्वाचित सांसद गगन थापाको निर्देशनमा आफू संक्रय भएर राहत वितरणमा लागेको उनले बताए ।

वडा कार्यालयको समन्वय, व्यक्तिगत खर्च तथा संघसंस्थाको सहयोगमा आफ्नो टोलमा सबैभन्दा धेरै राहत वितरण गर्न सकेकोमा आफूलाई सन्तुष्टि मिलेको उनले बताए । उनले आफ्नो टोलमा ४ पटकसम्म राहत वितरण गरेको बताए । २१ दिनसम्म खाना वितरण गरिएको थियो, यस अवधिमा २९ हजारभन्दा बढी लाभान्वित भएको तथ्यांक छ ।
खाना र खाद्यन्न वितरण अहिले स्थगित छ, तर उनको समाजसेवा अनवरत रुपमा अघि बढिरहेको छ । समस्यामा परेकालाई अहिले पनि उनी दिन रात नभनी सहयोगका लागि खटिरहेका छन् । विशेषतः टोलमा समस्या आयो भने उनलाई सम्झनेहरु धेरै छन् ।

पाथिभरा नवयुवा क्लबको नेतृत्व उनैले गर्छन् । संस्थागत रुपमा सेवा गर्दा विश्वास आर्जन गर्न सकिने बुझाइ गुरुङको छ । कृषि टिभी, केही युटुबर साथीहरु, सुजन लोप्चन, मिलन लोप्चनलगायतका केही अग्रज व्यक्तित्व उनले सम्झनुपर्ने नाम हो । उनको समाजसेवाको अभियानमा यी व्यक्तित्वहरु सहयोगी बनेका छन् ।






