डाक्टरले राहत दिँदै भने ‘प्रचार नगर्नु’

सप्तरी राजविराज । लकडाउनका बेलामा समस्यामा परेका अति बिपन्न परिवारलाइ यहाँका एक चिकित्सकले बस्तीमै पुगेर खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेका छन । राजविराज–२ निवासी सप्तरीका चर्चित डाक्टर मुरली प्रसाद सिहंले शनिवार राजविराज नगरपालिका वडा नं ६ र १६ का दुई दर्जन अति बिपन्न परिवारलाई घरमै पुगेर एक महिना सम्म पुग्ने गरी चामल,दाल,नुन,खानेतेल,पिठोका साथै साबुन र मास्क लगायतका राहत सामग्री वितरण गरेका हुन् ।

राहत सामग्री वितरण गर्दा फोटो खिचाएर पोष्ट गर्ने परपरालाई त्याग्दै उनले राहत पाउनेहरुको फोटो सामाचार माध्यममा प्रकाशन र प्रसारण नगरी दिन हुन आग्रह समेत गरेका छन् । राहत वितरणको क्रममा उनले केही अस्वस्थ्य विपन्न परिवारका व्यक्तिको निशुल्क स्वास्थ्य परिक्षण गरी कोरोनाको जोखिमवाट बच्न आवश्यक उपाय वारे सुझाव पनि दिए ।

सो वडाका अति विपन्न परिवारको पहिचान गर्न पुर्व मेयर शैलेश चौधरीले सघाएको बताएका उनले सानो सहयोगले विपन्न परिवारलाइ केही राहत मिल्ने विश्वास समेत व्यक्त गरे । सोही अवसरमा पुर्व मेयर चौधरीले मुस्लिम समुदायको महान पर्व रमजान मनाउन सो बस्तीका अति विपन्न १० मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री किन्न आवश्यक रकम प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ